Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
बुधबार, बैशाख ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

गोरखा सहकारीका अध्यक्षसहित ४ जना पक्राउ
  • २ हप्ता 

गृहमन्त्री सुदन गुरुङका स्वकीय सचिव बने जेम्स कार्की
  • २ हप्ता 

आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अर्थ मन्त्रालयले मार्गदशन तयार पारेको छ
  • २ हप्ता 

सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान
  • २ हप्ता 

फेरि पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि (सूचीसहित)
  • ३ हप्ता 

नवनिर्वाचित सांसदको शपथ आज
  • ३ हप्ता 

यसपाली एसइई परीक्षा दिनेको संख्या झण्डै ११ हजारले बढ्यो
  • ३ हप्ता 

‘पश्चिम एसियाको तनावले रेमिट्यान्समा ठूलो धक्का, नेपालीहरू फर्किए व्यवस्थापनमा ठूलो चुनौती’
  • ३ हप्ता 

सुशासन र विकासमा रास्वपालाई पूर्ण साथ रहन्छ : थापा
  • ३ हप्ता 

लोकप्रिय समाचार

तापक्रम बढ्दै ,जटिल स्वास्थ्य समस्या आउन सक्ने


  •   शुक्रबार, जेठ ०४, २०८१ मा प्रकाशित
  • देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा बढ्दै गइरहेको छ। जल तथा मौसम विज्ञान विभागको विवरणअनुसार शुक्रवार काठमाडौँ उपत्यकाकै अधिकतम तापक्रम ३३ डिग्री सेल्सियस रहेको छ।

    Advertisement

    विभागले आगामी दुई दिन अत्यधिक गर्मी हुने र तातो हावा चल्ने जोखिम रहेको जनाउँदै सावधानी अपनाउन सर्वसाधारणसँग अनुरोध गरेको छ।

    विभागले जारी गरेको ‘तातो दिन तथा तातो लहरसम्बन्धी विशेष बुलेटिन’ अनुसार तराईमा धेरै गर्मी र हावासमेत तातो हुनेछ।

    ‘विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको देखिन्छ’, बुलेटिनमा भनिएको छ, ‘सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ।’

    लूले सामान्यदेखि जटिल स्वास्थ्य समस्या आउन सक्ने

    काठमाडौँ उपत्यकामा भन्दा यतिखेर तराईमा तापक्रम अत्यधिक बढेको छ। जसले गर्दा त्यहाँको जनजीवन नै प्रभावित भएको छ भने दिउँसो मानिसहरु घरबाहिर निस्कन मुस्किल छ। अत्यधिक गर्मी बढ्ने सम्भावना अझै केही दिन रहेको हुनाले सतर्कता अपनाउनसमेत सरकारले आग्रह गरेको छ।

    अत्यधिक गर्मीका कारण स्वास्थ्यमा सामान्यदेखि जटिल खालका स्वास्थ्य समस्या देखिन सक्छन्।

    विशेषगरी मुटुको चाल तीव्र हुने, श्वासप्रश्वासमा समस्या हुने, रक्तचाप घट्ने, पसिना निस्कने, टाउको अत्यधिक दुख्ने, चक्कर लाग्ने, ज्वरो आउनेजस्ता समस्या देखिने गर्छ।

    गर्मी बढेसँगै तराईमा तातो हावा चलेर ‘लू’ लाग्ने गरेको छ। धेरै तातो हावाले मस्तिष्कमा असर गर्ने भएकाले तातो हावा चलेका वेला दिउँसो घरबाहिर ननिस्कन सरकारले सबैसँग आग्रह गरेको छ।

    जनस्वास्थ्यविद् डा समीर अधिकारीले तातो हावाका कारण मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यमा असर पुग्नसक्ने भन्दै ‘लू’ बाट बच्ने उपाय अवलम्बन गर्न आवश्यक रहेको बताए।

    “लूका कारण श्वास फेर्न गाह्रो हुन्छ। रगतजन्य समस्या आउन सक्छ। शरीरमा घाउ हुनसक्छ, ब्लड प्रेसरको समस्या बढ्न सक्छ, आँखाको समस्या हुन सक्छ र कालान्तरमा मानिसको मृत्यु हुनसक्छ,” डा अधिकारीले भने‚ “धेरै तातो हावा चल्यो भने मस्तिष्कलाई असर गर्छ, मानिसलाई बेचैन बनाउने गर्छ। शरीरमा पानीको मात्रा कम हुन जान्छ र मिर्गौला तथा मुटुमा समेत असर गर्छ।”

    उनले पनि व्यापक जनचेतना र जनसहभागिता तथा समन्वय गरेर लू व्यवस्थापन गर्नुपर्नेमा जोड दिए।

    अत्यधिक गर्मीले औषधिको प्रभावमा समेत असर गर्छ

    “अत्यधिक गर्मी अर्थात लू ले हामीले नियमित खाइरहेका उच्च रक्तचाप तथा मधुमेहजस्ता स्वास्थ्य समस्या नियन्त्रणका लागि खाइरहेका औषधिहरुको प्रभावलाई पनि असर गरिरहेको हुन्छ। जसले गर्दा गर्मी उच्च भएको समयमा हाम्रो शरिरको रक्तचाप कहिले ह्वात्तै कम र बढी हुने समस्या समेत हुन्छ‚” डा अधिकारीले भने‚ “ अत्यधिक गर्मीले हाम्रो शरीरको तापक्रम घटबढ हुन्छ, रक्तचाप कहिले ह्वात्तै कम र कहिले बढी हुने समस्या हुन्छ भने अत्यधिक गर्मी भयो भने रगत जम्नेजस्ता समस्या पनि देखिन सक्छ। त्यसैले यस्तो मौसममा सतर्कता अपनाउनु आवश्यक हुन्छ।”

    गर्मी मौसममा बढ्ने अर्को स्वास्थ्य समस्या कीटजन्य रोग (डेंगु, मलेरिया, स्क्रबटाइफस) जस्ता संक्रमण बढ्ने हुँदा विशेष सावधानी अपनाउनुपर्ने बताउँछन् संक्रामक रोग विशेषज्ञ डा शेरबहादुर पुन।

    ‘यो मौसममा खानेपानी पर्याप्त मात्रामा खानु त पर्छ नै त्योभन्दा महत्वपूर्ण कुरा खानेपानी शुद्ध हुनु पर्छ नत्र हामीलाई झाडापखालाजस्ता पानीजन्य संक्रमण हुन सक्छ भने गर्मी बढ्दै गएको समयमा डेंगुजस्ता कीटजन्य समस्या पनि बढ्ने हुँदा विशेष सावधानी अपनाउन आवश्यक छ‚’ डा पुनले भने।

    लू बाट जोगिन यसो गर्ने

    विभागले तातो लहर (लू) को असरबाट जोगिन अत्यधिक गर्मीमा घरभित्र नै रहन, घरबाहिर नजान, हलुका र सुतीका कपडा लगाउन, घरबाहिर निस्कँदा टाउको छोप्न, टोपी लगाउन, नियमित र पटकपटक पानी तथा झोल पदार्थ पिउनु राम्रो हुने जनस्वास्थ्यविद डा अधिकारीले बताए।

    तातो हावा तथा तातो लहर (लू) बाट  थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता हुनसक्ने भएकाले यस्ता लक्षण देखिए तत्कालै स्वास्थ्यकर्मीकहाँ जानुपर्ने उनले बताए।

    लूबाट बच्न धेरै पानी पिउने, चिसो पानीले नुहाउने, बाहिर निस्कनै परे छाता ओढ्ने वा पातलो कपडाले टाउको छोप्ने, हलुका खालको शीतल हुने कपडा लगाउनु पर्छ।

    घरबाहिरको काम विहान वा बेलुका मात्र गर्ने, कागती पानी, नरिबल पानी तथा फलफूलको रस पिउने, फलफूल, काँक्रोजस्ता रसिला र ताजा खानेकुरा खानु पर्छ।

    शुक्रबार, जेठ ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गोरखा सहकारीका अध्यक्षसहित ४ जना पक्राउ
    गृहमन्त्री सुदन गुरुङका स्वकीय सचिव बने जेम्स कार्की
    आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अर्थ मन्त्रालयले मार्गदशन तयार पारेको छ
    सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान
    फेरि पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि (सूचीसहित)
    नवनिर्वाचित सांसदको शपथ आज

    लोकप्रिय

    भर्खरै

    • १.
      गोरखा सहकारीका अध्यक्षसहित ४ जना पक्राउ

    • २.
      गृहमन्त्री सुदन गुरुङका स्वकीय सचिव बने जेम्स कार्की

    • ३.
      आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अर्थ मन्त्रालयले मार्गदशन तयार पारेको छ

    • ४.
      सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान

    • ५.
      फेरि पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि (सूचीसहित)

    • ६.
      नवनिर्वाचित सांसदको शपथ आज

    • ७.
      यसपाली एसइई परीक्षा दिनेको संख्या झण्डै ११ हजारले बढ्यो

    • ८.
      ‘पश्चिम एसियाको तनावले रेमिट्यान्समा ठूलो धक्का, नेपालीहरू फर्किए व्यवस्थापनमा ठूलो चुनौती’

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation