• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
सोमबार, कार्तिक १७, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

गाँजा बोकेर भाग्न खोजेपछि प्रहरीले चलायो दुई राउन्ड गोली, २१० किलो गाँजासहित पाँच जना पक्राउ
  • ४ घण्टा 

गाँजाको व्यवसायिक खेति गर्न पाईने, तीन महिनाभित्र कानुनी व्यवस्था गर्न सर्वाेच्चको परमादेश
  • १९ घण्टा 

वाणिज्य बैंकको तीन महिनाकै नाफा १९ अर्ब १४ करोड
  • २० घण्टा 

नागढुंगा सुरुङमार्ग आजदेखि सःशुल्क, कति तिर्नुपर्छ ?
  • २० घण्टा 

इन्स्पेक्टरसहित थुनिएका ३८ सरकारी कर्मचारीको झन्डै दुई घण्टापछि उद्धार
  • २ दिन 

डोल्पा कारागारबाट यसरी ४ मिटर लामो सुरुङ खनेर ८ कैदी फरार (तस्बिर)
  • २ दिन 

बिचौलिया इनम सापकोटाको ‘कनेक्सन’ सार्वजनिक गर्ने पत्रकारमाथि प्रहरीको धरपकड
  • २ दिन 

पोखरिया नगरपालिकामा गलत अपाङ्गता परिचयपत्र जारी गर्ने दुई कर्मचारीसहित तीन जना दोषी ठहर
  • २ दिन 

अर्नब चक्रवातको प्रभावः अपराह्नपछि वर्षा र हिमपात कम हुँदै मौसममा सुधार आउने
  • २ दिन 

लोकप्रिय समाचार

  • १. सरकार परिवर्तनको चर्चा चल्न थाल्नु विडम्बनापूर्ण : बाबुराम

  • २. अर्णब चक्रवातको प्रभाव बिहीबारदेखि शनिबारसम्म, भारी वर्षा र हिमपातको जोखिम

  • ३. चितवनका शिक्षक र कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोगमा सचेत रहन आग्रह

  • ४. कञ्चनपुरमा १० लाखको अवैध सामान बरामद, ३ जना पक्राउ

  • ५. अर्नब चक्रवातको प्रभावः अपराह्नपछि वर्षा र हिमपात कम हुँदै मौसममा सुधार आउने

  • ६. पक्राउ पुर्जी जारी भएका व्यक्तिलाई ३५ दिनभित्र सम्पर्कमा आउन विभागको आग्रह

  • ७. वाणिज्य बैंकको तीन महिनाकै नाफा १९ अर्ब १४ करोड

  • ८. गाँजा बोकेर भाग्न खोजेपछि प्रहरीले चलायो दुई राउन्ड गोली, २१० किलो गाँजासहित पाँच जना पक्राउ

  • ९. डोल्पा कारागारबाट यसरी ४ मिटर लामो सुरुङ खनेर ८ कैदी फरार (तस्बिर)

  • १०. भक्तपुरमा गुडिरहेको बसमा धुवाँ आएपछि

पोखरिया नगरपालिकामा गलत अपाङ्गता परिचयपत्र जारी गर्ने दुई कर्मचारीसहित तीन जना दोषी ठहर


  •   शनिबार, कार्तिक १५, २०८३ मा प्रकाशित
  • १४ कात्तिक,वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकामा गलत विवरण उल्लेख गरी पूर्ण अपाङ्गताको परिचयपत्र जारी गरेको मुद्दामा विशेष अदालतले दुई कर्मचारी र एक सेवाग्राहीलाई दोषी ठहर गरेको छ। अदालतले तीनै जनालाई जनही तीन महिना कैद र १० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ।

    Advertisement

    विशेष अदालतको इजलास नम्बर १ का अध्यक्ष न्यायाधीश बासुदेव आचार्य तथा सदस्य न्यायाधीश हेमन्त रावल र उमेश कोइरालाको इजलासले मुद्दा नम्बर ०८२-CR-०१७४ मा नेपाल सरकार विरुद्ध संजयकुमार पाण्डेयसमेतको मुद्दामा यस्तो फैसला गरेको हो। मुद्दा गलत विवरणका आधारमा परिचयपत्र जारी गरी भ्रष्टाचार गरेको अभियोगमा दायर भएको थियो।

    फैसलाअनुसार, महेन्द्र राउत कुर्मीले २०७८ भदौ १६ गते पोखरिया नगरपालिकामा अपाङ्गता परिचयपत्र पाउँ भनी निवेदन दिएका थिए। नगरपालिकाको अपाङ्गता समन्वय समितिले २०७८ असोज ११ गतेको बैठकबाट उनलाई ‘य’ वर्गको परिचयपत्र जारी गर्ने निर्णय गरेको थियो।

    तर, निर्णयविपरीत २०७८ चैत २३ गते उनलाई पूर्ण अपाङ्गता जनाउने ‘क’ वर्गको परिचयपत्र जारी गरिएको थियो। सोही परिचयपत्रका आधारमा कुर्मीले २०७९ वैशाखदेखि सामाजिक सुरक्षा भत्ता बुझ्न थालेका थिए।

     

    अदालतले पोखरिया नगरपालिकाको अपाङ्ग शाखामा कार्यरत कर्मचारी अम्बिका महतो खुलवटले पूर्ण अपाङ्गताको परिचयपत्र तयार पारेको र अधिकृत संजयकुमार पाण्डेयले त्यसलाई प्रमाणित गरेको ठहर गरेको छ। गलत विवरण उल्लेख गरी परिचयपत्र तयार पारिएको पुष्टि भएकाले दुवै कर्मचारीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ अन्तर्गतको कसुर गरेको अदालतको निष्कर्ष छ।

    त्यस्तै, गलत विवरणका आधारमा परिचयपत्र लिने महेन्द्र राउत कुर्मीलाई मतियारका रूपमा भ्रष्टाचार निवारण ऐनको दफा १२ अन्तर्गतको कसुरमा दोषी ठहर गरिएको छ।

    सजाय निर्धारण गर्दा अदालतले संजयकुमार पाण्डेय र अम्बिका महतो खुलवटलाई दफा ९ बमोजिम तथा कुर्मीलाई दफा २२ को प्रतिबन्धात्मक वाक्यांशबमोजिम जनही तीन महिना कैद र १० हजार रुपैयाँ जरिवाना सुनाएको हो।

    यसका अतिरिक्त अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ को उपदफा (३) बमोजिम तीनै जनाबाट जनही ४०० रुपैयाँ क्षतिपूर्ति शुल्क असुल गरी कोषमा जम्मा गर्न पनि अदालतले आदेश दिएको छ।

    यद्यपि, भ्रष्टाचार निवारण ऐनको दफा ११ र १७ अन्तर्गत लगाइएको आरोप भने अदालतले पुष्टि हुन नसकेको ठहर गरेको छ। कुर्मीले सामाजिक सुरक्षा भत्ताबापत बुझेको रकममध्ये जम्मा दुई लाख १० हजार ६८३ रुपैयाँ राजस्व व्यवस्थापन सूचना प्रणालीमार्फत फिर्ता गरिसकेको तथा निर्णय अभिलेखमा केरमेट गरी सच्याउने कार्य कसले गरेको हो भन्ने यकिन दाबी गर्न नसकिएकाले ती आरोप खारेज भएका हुन्।

    शनिबार, कार्तिक १५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गाँजा बोकेर भाग्न खोजेपछि प्रहरीले चलायो दुई राउन्ड गोली, २१० किलो गाँजासहित पाँच जना पक्राउ
    गाँजाको व्यवसायिक खेति गर्न पाईने, तीन महिनाभित्र कानुनी व्यवस्था गर्न सर्वाेच्चको परमादेश
    वाणिज्य बैंकको तीन महिनाकै नाफा १९ अर्ब १४ करोड
    नागढुंगा सुरुङमार्ग आजदेखि सःशुल्क, कति तिर्नुपर्छ ?
    इन्स्पेक्टरसहित थुनिएका ३८ सरकारी कर्मचारीको झन्डै दुई घण्टापछि उद्धार
    डोल्पा कारागारबाट यसरी ४ मिटर लामो सुरुङ खनेर ८ कैदी फरार (तस्बिर)

    लोकप्रिय

    • १.
      सरकार परिवर्तनको चर्चा चल्न थाल्नु विडम्बनापूर्ण :

    • २.
      अर्णब चक्रवातको प्रभाव बिहीबारदेखि शनिबारसम्म, भारी वर्षा

    • ३.
      चितवनका शिक्षक र कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोगमा

    • ४.
      कञ्चनपुरमा १० लाखको अवैध सामान बरामद, ३

    • ५.
      अर्नब चक्रवातको प्रभावः अपराह्नपछि वर्षा र हिमपात

    • ६.
      पक्राउ पुर्जी जारी भएका व्यक्तिलाई ३५ दिनभित्र

    भर्खरै

    • १.
      गाँजा बोकेर भाग्न खोजेपछि प्रहरीले चलायो दुई राउन्ड गोली, २१० किलो गाँजासहित पाँच जना पक्राउ

    • २.
      गाँजाको व्यवसायिक खेति गर्न पाईने, तीन महिनाभित्र कानुनी व्यवस्था गर्न सर्वाेच्चको परमादेश

    • ३.
      वाणिज्य बैंकको तीन महिनाकै नाफा १९ अर्ब १४ करोड

    • ४.
      नागढुंगा सुरुङमार्ग आजदेखि सःशुल्क, कति तिर्नुपर्छ ?

    • ५.
      इन्स्पेक्टरसहित थुनिएका ३८ सरकारी कर्मचारीको झन्डै दुई घण्टापछि उद्धार

    • ६.
      डोल्पा कारागारबाट यसरी ४ मिटर लामो सुरुङ खनेर ८ कैदी फरार (तस्बिर)

    • ७.
      बिचौलिया इनम सापकोटाको ‘कनेक्सन’ सार्वजनिक गर्ने पत्रकारमाथि प्रहरीको धरपकड

    • ८.
      पोखरिया नगरपालिकामा गलत अपाङ्गता परिचयपत्र जारी गर्ने दुई कर्मचारीसहित तीन जना दोषी ठहर

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation