Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने
  • ५४ मिनेट 

परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना
  • १ घण्टा 

बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ
  • १ घण्टा 

पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
  • १ दिन 

कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु
  • १ दिन 

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला
  • १ दिन 

स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
  • ३ दिन 

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
  • ३ दिन 

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. दास किराना पसललाई दुई लाख जरिवाना

  • ३. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

  • ४. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ५. एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

  • ६. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

  • ७. रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

  • ८. बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

  • ९. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • १०. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना

  •   आइतबार, असोज ०४, २०८३ मा प्रकाशित
  • काठमाडौँ,असोज ४-

    Advertisement

    जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना गरेको छ । पछिल्लो समय बढ्दो जलवायु परिवर्तन र यसले पारिरहेको प्रभावलाई मध्यनजर राख्दै अहिलेको आवश्यकता अनुसार मन्त्रालयले यो शाखा स्थापना गर्ने निर्णय गरेको हो ।

    मन्त्रालयले गरेको संगठन तथा व्यवस्थापन सर्वेक्षण ९ओएन्डएम० का आधारमा संयुक्त राष्ट्रसंघ तथा विशिष्टीकृत संघसंस्था महाशाखाअन्तर्गत ‘आर्थिक, सामाजिक विकास तथा वातावरण कूटनीति शाखा’को संरचनाअन्तर्गत उक्त शाखा रहने व्यवस्था गरिएको हो ।

    शाखाको नेतृत्व उपसचिवले गर्नेछन् । नेपालले जलवायु परिवर्तन तथा वातावरण संरक्षणका विषयमा राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा निरन्तर रूपमा सक्रिय सहभागिता जनाउँदै आएको छ । यसै प्रयासलाई थप समन्वित र संस्थागत रूपमा अघि बढाउन परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना गरिएको हो ।

    परराष्ट्र मन्त्रालयमा स्थापना गरिएको नयाँ शाखाले जलवायु तथा वातावरणसम्बन्धी अन्तर्राष्ट्रिय कूटनीतिक पहलमा सहजीकरण गर्नुका साथै सम्बन्धित राष्ट्रिय निकायहरूसँग समन्वय गर्नेछ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु कूटनीतिलाई अन्तर्राष्ट्रिय सम्मेलन तथा कार्यक्रमहरूमा सहभागितामा मात्र सीमित नराखी दीर्घकालीन र संस्थागत प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने बताए । ‘नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु कूटनीतिका बारेमा लगातार रूपमा काम गर्दै आएको छ ।

    अब यसलाई थप संस्थागत रूपमा अघि बढाउन आवश्यक छ,’ उनले भने, ‘संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तन सम्मेलन ९कोप० देखि कोपसम्म वा अन्य कार्यक्रमहरूमा सहभागिता जनाउनेमा मात्र केन्द्रित गरेर जलवायु कूटनीति अघि बढाएर पुग्दैन ।’ उनले यसलाई संस्थागत रूपमा अघि बढाउनैपर्ने बताए । मुलुकको दीर्घकालीन हितलाई केन्द्रमा राखेर हालका लागि मन्त्रालयमा वातावरण कूटनीति शाखा खडा गरिएको बताए ।

    मन्त्री खनालले हालका लागि शाखामार्फत काम अघि बढाइने र भविष्यमा आवश्यकता तथा कार्यबोझका आधारमा यसको संस्थागत संरचनालाई थप सुदृढ गर्न सकिने बताए । उनले जलवायु परिवर्तनका प्रभाव तथा विपद्का घटनासँग सम्बन्धित विषयमा मात्र नभई नियमित रूपमा जलवायु कूटनीतिका प्राथमिकता र पहललाई अघि बढाउँदै लैजानुपर्नेमा जोड दिए ।

    आइतबार, असोज ०४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने
    बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ
    पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
    कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु
    चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला
    स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ३.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई

    • ४.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ५.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ६.
      अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

    भर्खरै

    • १.
      नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने

    • २.
      परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना

    • ३.
      बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ

    • ४.
      पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना

    • ५.
      कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु

    • ६.
      चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

    • ७.
      स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

    • ८.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation