Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
  • २२ घण्टा 

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
  • १ दिन 

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
  • १ दिन 

सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
  • १ दिन 

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
  • २ दिन 

एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित
  • २ दिन 

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
  • २ दिन 

१५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान
  • ३ दिन 

दास किराना पसललाई दुई लाख जरिवाना
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

  • ३. नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

  • ४. रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

  • ५. दास किराना पसललाई दुई लाख जरिवाना

  • ६. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ७. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • ८. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

  • ९. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

  • १०. एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

  •   शनिबार, भदौ २७, २०८३ मा प्रकाशित
  • काठमाडौं, भदौ २७ –

    Advertisement

    पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउन भौतिक तथा डिजिटल सम्पर्क सञ्जाल विस्तार, सहमति भएका विकास परियोजनाको समयमै कार्यान्वयन र विज्ञान–प्रविधि तथा नवप्रवर्तनमा सहकार्य बढाउनुपर्नेमा जोड दिएका छन् ।

    काठमाडौंमा शनिबारदेखि सुरु भएको काष्ठमण्डप संवाद, शृङ्खला–३ अन्तर्गत ‘नेपाल–चीन सम्बन्धः सहकार्यका क्षितिजहरूको विस्तार’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै खनालले बदलिँदो विश्व व्यवस्थाबीच नेपालले आफ्नो सार्वभौमिकता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर विदेश नीतिको रणनीतिक दिशा तय गर्नुपर्ने बताए ।

    नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७१औँ वर्षगाँठको स्मरण गर्दै उनले काष्ठमण्डप संवादलाई नेपाल–चीन सम्बन्धको समीक्षा, विदेश नीतिका प्राथमिकतामाथि बहस र भावी सहकार्यका व्यावहारिक क्षेत्र पहिचान गर्ने महत्वपूर्ण मञ्चका रूपमा व्याख्या गरे । हालैको आकस्मिक बाढीबाट प्रभावित व्यक्ति तथा समुदायप्रति दुःख व्यक्त गर्दै खनालले विपद्का समयमा प्राविधिक तथा मानवीय सहायता उपलब्ध गराएकोमा चीनप्रति आभार व्यक्त गरे ।

    उनले नेपाललाई समृद्धि र संकट दुवै अवस्थामा साथ दिने भरपर्दो मित्रका रूपमा चीनको भूमिका रहेको बताए । नेपालको सार्वभौमिकता, स्वतन्त्रता र भौगोलिक अखण्डताप्रति चीनले निरन्तर समर्थन जनाउँदै आएको उल्लेख गर्दै खनालले नेपाल एक–चीन नीतिप्रति प्रतिबद्ध रहेको स्पष्ट पारे । नेपालको भूमि चीन तथा उसका वैध सुरक्षा हितविरुद्ध हुने कुनै पनि गतिविधिका लागि प्रयोग हुन नदिने नेपालको नीति रहेको उनले बताए ।

    आपसी विश्वास, सार्वभौमिकताको सम्मान र एकअर्काका मूलभूत चासोप्रतिको संवेदनशीलतालाई नेपाल–चीन सम्बन्धका आधारभूत पक्षका रूपमा उल्लेख गर्दै उनले सम्बन्धलाई पारस्परिक हितका आधारमा थप विस्तार गर्नुपर्नेमा जोड दिए । बदलिँदो अन्तर्राष्ट्रिय व्यवस्थाको चर्चा गर्दै खनालले चीनको बढ्दो प्रभाव, शाङ्घाई सहयोग सङ्गठनको महत्त्व, डलरमाथिको निर्भरता घटाउने विश्वव्यापी प्रवृत्ति तथा विश्वशक्तिको प्रभाव क्रमशः ग्लोबल साउथतर्फ सर्दै गएको अवस्थालाई नेपालले गम्भीरतापूर्वक अध्ययन गर्नुपर्ने बताए ।

    उनले उदीयमान विश्व व्यवस्थामा नेपालको रणनीतिक स्थान सुनिश्चित गर्दा राष्ट्रिय स्वार्थ र सार्वभौमिकताको संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे । अन्तर्राष्ट्रिय विकास पहलको प्रसङ्गमा खनालले मिलेनियम च्यालेन्ज कर्पोरेसनअन्तर्गतका कार्यक्रम अघि बढिरहँदा बेल्ट एन्ड रोड इनिसिएटिभअन्तर्गतका परियोजना कार्यान्वयनमा ढिलाइ भएकोप्रति चिन्ता व्यक्त गरे ।

    विशेषगरी पार–हिमालय बहुआयामिक सम्पर्क सञ्जालसँग सम्बन्धित सहमति भएका परियोजना गम्भीरतापूर्वक र समयमै कार्यान्वयन गर्नुपर्ने उनको भनाइ थियो ।

    शनिबार, भदौ २७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
    बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
    सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
    संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
    एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

    • ३.
      नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

    • ४.
      रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

    • ५.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ६.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    भर्खरै

    • १.
      स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

    • २.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    • ३.
      अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    • ४.
      सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

    • ५.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • ६.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ७.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ८.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation