काठमाडौं, भदौ ९-
Advertisement
नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको हो ।
महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ३ लाख २२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला ३ लाख २२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ९ सय ६५ रुपैयाँ थियो ।
