Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
  • १९ घण्टा 

कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु
  • २० घण्टा 

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला
  • २० घण्टा 

स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
  • ३ दिन 

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
  • ३ दिन 

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
  • ३ दिन 

सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
  • ३ दिन 

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
  • ४ दिन 

एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित
  • ४ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

  • ३. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ४. दास किराना पसललाई दुई लाख जरिवाना

  • ५. एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

  • ६. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • ७. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

  • ८. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

  • ९. रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

  • १०. बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

गरिमा चौधरीको न्यायका लागि माइतीघरमा प्रदर्शन, बलात्कारीलाई फाँसीको माग

  •   शुक्रबार, भदौ ०५, २०८३ मा प्रकाशित
  • काठमाडौं, भदौ ५-

    Advertisement

    तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै स्वतन्त्र आमा नेपालको आयोजनामा शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ ।

    प्रदर्शनमा सहभागीहरूले बालिकामाथि भएको जघन्य अपराधको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन् । उनीहरूले ‘हत्यारालाई फाँसी दे’ लगायतका नारासमेत लगाएका थिए ।

    प्रदर्शनमा सहभागी खोटाङकी निरीक्षा खनालले गरिमा चौधरीको न्यायका लागि आफूहरू सडकमा आएको बताइन् । उनले बालबालिकाको सुरक्षा सुनिश्चित गर्न कानुनलाई थप प्रभावकारी बनाउनुपर्ने माग गरिन् । ‘गरिमा चौधरी तीन वर्षीया बालिका हुन् । उनको बलात्कारपछि हत्या भयो । उनको न्यायका लागि र आगामी दिनमा हाम्रा बालबालिकालाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा आवाज उठाउन हामी विरोध प्रदर्शनमा आएका हौं,’ उ

    नले भनिन्, ‘बलात्कारीलाई कडा सजाय हुनुपर्छ । अब हाम्रो आवाज बन्द हुँदैन । कानुन निर्माण तथा संशोधन नभएसम्म सरकारसमक्ष हाम्रो आवाज पुर्याइरहन्छौं ।’ त्यस्तै, अर्की प्रदर्शनमा सहभागीले बलात्कारजस्तो जघन्य अपराधमा संलग्नलाई कडा कानुनी कारबाही हुनुपर्ने बताइन् । ‘बलात्कारीलाई कडा सजाय हुनुपर्छ । यो कुरा सरकारले सुन्नैपर्छ । सबैका घरमा छोराछोरी छन् । यस्ता घटना दोहोरिन नदिन कानुनलाई बलियो बनाउनुपर्छ,’

    उनले भनिन् । प्रदर्शनमा सहभागी अनु शर्माले महिलामाथि हुने अन्याय अन्त्यका लागि सरकार गम्भीर हुनुपर्ने बताइन् । ‘महिलामाथि असाध्यै अन्याय भइरहेको छ । माइतीघरमा आएर प्रदर्शन गर्दैमा मात्र समस्याको समाधान हुँदैन । सरकारले हाम्रो आवाज सुन्नुपर्छ र कानुनमा आवश्यक परिवर्तन ल्याउनुपर्छ,’ उनले भनिन्, ‘यस्ता जघन्य अपराधका घटनामा कानुन फितलो हुनुहुँदैन ।’ प्रदर्शनकारीहरूले बालबालिका तथा महिलाको सुरक्षा सुनिश्चित गर्न प्रभावकारी कानुन निर्माण, विद्यमान कानुनको संशोधन तथा अपराधीमाथि कडा कारबाहीको माग गरेका छन् ।

    शुक्रबार, भदौ ०५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
    कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु
    चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला
    स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
    बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई

    • ३.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ४.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ५.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ६.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब

    भर्खरै

    • १.
      पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना

    • २.
      कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु

    • ३.
      चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

    • ४.
      स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

    • ५.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    • ६.
      अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    • ७.
      सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

    • ८.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation