Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
बुधबार, साउन २०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

जनताका आशा–अपेक्षा फेरि टुट्न थालेः विप्लव
  • ४ घण्टा 

इन्जिनियरिङ प्रवेश परीक्षामा विराटनगरका मनन श्रेष्ठ बने नेपाल प्रथम
  • ५ घण्टा 

विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह
  • ६ घण्टा 

धनुषामा सम्बन्धविच्छेदका घटना बढे
  • ७ घण्टा 

पर्सामा २०७ किलो गाँजासहित एक जना पक्राउ
  • ७ घण्टा 

नेपालमा ६० हजार एनजीओ र २५० आईएनजीओ
  • ७ घण्टा 

हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद
  • ८ घण्टा 

फरार प्रतिवादी पक्राउ
  • ८ घण्टा 

गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते
  • २ दिन 

लोकप्रिय समाचार

  • १. फिर्केखोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता

  • २. फरार प्रतिवादी पक्राउ

  • ३. सांसद थापाको प्रश्नः ‘नागरिकको मृत्युमा सरकार किन मौन ?’

  • ४. विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह

  • ५. जनकपुर बजार बन्द, गृहमन्त्रीको राजीनामा माग

  • ६. संसद्‌मा सम्बोधन गर्दै प्रचण्ड

  • ७. जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ

  • ८. निर्मल पुर्जासहित पर्वतारोहीको शव आज क्याम्प-१ मा ल्याउने तयारी

  • ९. सुनकोशी नदीमा कार खस्यो

  • १०. ‘गौँथली’को व्यापार साढे १३ करोडमाथि

चितवनका तीन दर्जन अग्रज पत्रकारलाई सम्मान,नौजना युवा पत्रकार पुरस्कृत


  •   शनिबार, चैत २४, २०८० मा प्रकाशित
  • पत्रकार महासङ्घ चितवन शाखाले एक समारोहका बीच चितवनका झण्डै ३ दर्जन अग्रज पत्रकारहरुलाई सम्मान गरेको छ। भने नौजना युवा पत्रकारहरुलाई पुरस्कृत पनि गरेको छ । विसं २०५६ अगाडि नेपाल पत्रकार महासङ्घको सदस्यता लिएर क्रियाशील एवम् पूर्वअध्यक्ष गरी ३४ जना पत्रकारलाई सम्मान एवम् विभिन्न विधामा पत्रकारलाई पुरस्कृत गरिएको हो ।

    Advertisement

    महासंघले भरतपुर स्थित क्यान्सर अस्पतालको सभाहलमा आज शनिबार अग्रज पत्रकार सम्मान तथा पुरस्कार वितरण समारोहको आयोजना गरी पत्रकारितामा २५ वर्ष पूरा गरेका पत्रकारलाई सम्मान गरेको हो। कार्यक्रमका प्रमुख अतिथि एवं भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल, नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेल लगायतले संयुक्त रुपमा पत्रकारहरुलाई सम्मान तथा पुरस्कार वितरण गरेका थिए।

    कार्यक्रममा जेष्ठ पत्रकार गणेशशेखर शर्मा, रेशम बिरही, गोविन्दराजविनोदी, बाबुराम घिमिरे, गोपाल परियार, विष्णु छिमेकी, महेन्द्रराज श्रेष्ठ देखि युवा पत्रकार सुमन गैरेसम्म सम्मानित भएका छन् । विगत २७ वर्षदेखि पत्रकारितामा अनवरत रुपमा लागेका गैरेले स्थानीय तथा राष्ट्रिय पत्रपत्रिकाहरूमा लामो समयसम्म कलम चलाउँदै आएका थिए। उनी अहिले चित्रवन सन्देश तथा चित्रवन न्यूजडटकमका सम्पादक हुन्।

    महासङ्घले स्थापना गरेको ५१ हजार १११ रुपैयाँ राशिको मैयादेवी पत्रकारिता पुरस्कार–२०८० बाट सृजना अर्याल, ५० हजार ५१ रुपैयाँ राशिको अनन्त गङ्गा पत्रकारिता पुरस्कार–२०८० बाट चाँदनी हमाल पुरस्कृत भएका छन् । त्यस्तै, ११ हजार ३११ रुपैयाँ राशिको तिलचन साँखी पत्रकारिता पुरस्कारबाट तीन जना पत्रकारलाई पुरस्कृत गरिएको छ । यो पुरस्कार शालिग्राम नेपाल, विमल खतिवडा र टीकादत्त तिमिल्सिनालाई प्रदान गरियो ।
    त्यसैगरी, औद्योगिक पत्रकारिता पुरस्कारबाट दुई जना पत्रकार पुरस्कृत भएका छन् । ११ हजार १११ रुपैयाँ राशिको यस पुरस्कारबाट सन्तकुमार चौधरी र हीरालाल गुरुङ पुरस्कृत भएका अधिकारीले जानकारी दिए । त्यस्तै ११ हजार १११ रुपैयाँ राशीको बालकुमारी विष्णुकुमारी अभ्युदय पत्रकारिता पुरस्कारबाट केशु लामिछाने र १० हजार १११ रुपैयाँ राशिको श्रुजश्री मैयादेवी पत्रकारिता पुरस्कारबाट प्रतिमा कुमाल सम्मानित भएको चितवन शाखाका सचिव दिपेन्द्र अधिकारीले बताए ।

    सम्मान एवम् पुरस्कार बितरण कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अग्रज पत्रकारहरुले पु-याएको योगदानको स्मरण गर्दै उनीहरुलाई सम्मान गर्नु ऐतिहासिक काम भएको बताइन् । दाहालले पत्रकारहरुलाई सत्य र तथ्यमा आधारित खोजमूलक पत्रकारिता गर्न आग्रह गर्दै पत्रकारहरुले गलत हुन नदिन खबरदारी गर्नुपर्ने धारणा राखिन् । पत्रकारहरुबाट महानगरपालिकाका काम कारबाहीप्रति सचेत बनाउने र खबरदारी गर्ने काम भइरहेको भन्दै आफू सधै स्वतन्त्र प्रेसको पक्षमा रहेको बताइन् ।
    भरतपुर महानगरपालिकाले पत्रकार तथा सम्बद्ध सङ्घसंस्थालाई विभिन्न पक्षबाट सहयोग गर्दै आइरहेको भन्दै पत्रकार सक्षम भएमा देश समृद्ध हुने बताइन् । पछिल्लो समय समाज नकारात्मकतातर्फ उन्मुख भइरहेको भन्दै दाहालले समाजमा केही हुन सकेन भन्ने भाष्य स्थापित गर्न खोजिएको बताइन् । समाजमा भ्रम छर्नेहरुको विरुद्धमा पत्रकारहरुले यथार्थ विषयवस्तु बाहिर ल्याउन मद्दत गर्नुपर्ने दाहालको भनाइ छ ।

     

    शनिबार, चैत २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनताका आशा–अपेक्षा फेरि टुट्न थालेः विप्लव
    इन्जिनियरिङ प्रवेश परीक्षामा विराटनगरका मनन श्रेष्ठ बने नेपाल प्रथम
    विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह
    धनुषामा सम्बन्धविच्छेदका घटना बढे
    पर्सामा २०७ किलो गाँजासहित एक जना पक्राउ
    नेपालमा ६० हजार एनजीओ र २५० आईएनजीओ

    लोकप्रिय

    • १.
      फिर्केखोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता

    • २.
      फरार प्रतिवादी पक्राउ

    • ३.
      सांसद थापाको प्रश्नः ‘नागरिकको मृत्युमा सरकार किन

    • ४.
      विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा

    • ५.
      जनकपुर बजार बन्द, गृहमन्त्रीको राजीनामा माग

    • ६.
      संसद्‌मा सम्बोधन गर्दै प्रचण्ड

    भर्खरै

    • १.
      जनताका आशा–अपेक्षा फेरि टुट्न थालेः विप्लव

    • २.
      इन्जिनियरिङ प्रवेश परीक्षामा विराटनगरका मनन श्रेष्ठ बने नेपाल प्रथम

    • ३.
      विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह

    • ४.
      धनुषामा सम्बन्धविच्छेदका घटना बढे

    • ५.
      पर्सामा २०७ किलो गाँजासहित एक जना पक्राउ

    • ६.
      नेपालमा ६० हजार एनजीओ र २५० आईएनजीओ

    • ७.
      हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद

    • ८.
      फरार प्रतिवादी पक्राउ

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation