Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
  • १ दिन 

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
  • १ दिन 

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
  • १ दिन 

सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
  • १ दिन 

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
  • २ दिन 

एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित
  • २ दिन 

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
  • २ दिन 

१५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान
  • ३ दिन 

दास किराना पसललाई दुई लाख जरिवाना
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

  • ३. नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

  • ४. रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

  • ५. दास किराना पसललाई दुई लाख जरिवाना

  • ६. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ७. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • ८. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

  • ९. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

  • १०. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

ओलीलाई प्रचण्डको फोनपछि कोशीमा मिल्यो भागबन्डा

  •   शुक्रबार, साउन २९, २०८३ मा प्रकाशित
  • २९ साउन, विराटनगर ।

    Advertisement

    नयाँ सत्तासमीकरणको सहमतिपछि कोशी प्रदेशमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले मन्त्रालय भागबन्डामा सहमति गरेका छन् । केन्द्रीय नेतृत्वको हस्तक्षेपछि ९ वटा मन्त्रालय रहेको कोशीमा ५–४ को सहमति गरेका हुन् ।

    कोशी प्रदेशमा नेकपाले ४ वटा मन्त्रालय र एउटा राज्यमन्त्रीमा दाबी गरेको थियो । तर, नेकपा एमाले भने ३ वटा मन्त्रालय र एउटा राज्यमन्त्रीको जिम्मेवारी दिन तयार थियो । प्रदेश तहमा नेताहरूबीच छलफल हुँदा सहमति नभएपछि केन्द्रीय तहबाटै सहमति भएको हो ।

    नेकपा एमाले स्रोतका अनुसार, कोशीमा मन्त्रालय भागबन्डा मिलाउन नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीलाई फोन गरेका थिए । ‘साथीहरूले साह्रै चित्त दुखाए भनेपछि उहाँ (केपी शर्मा ओली)ले मिलाउला भन्नु भएछ,’ एमाले स्रोतले भन्यो, ‘त्यसपछि ४ वटा दिएर मिलाउनु भनेर मुख्यमन्त्रीलाई भन्नु भएको छ ।’ मन्त्रालयको संख्या टुङ्गो लागेपनि कुनकुन मन्त्रालय लिने भन्ने टुङगिन बाँकी छ ।

    नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँगको छलफलपछि सबै विषय टुङ्गो लाग्ने बताए । नेकपाले नेपाली कांग्रेस सरकारबाट बाहिरिँदा छाडेको मन्त्रालय बाहेक आर्थिक मामिला तथा योजना मन्त्रालय माग गरिरहेको छ । कांग्रेसले भौतिक पूर्वाधारसहित चार वटा मन्त्रालय पाएको थियो । नेकपाले आर्थिक मामिलासहित चार वटा मन्त्रालय खोजिरहेको हो । आइतबारसम्म भागवण्डा टुङ्गो लगाएर सोमबार नयाँ मन्त्रीको शपथ गराउने तयारी दुई दलको छ ।

    नेकपा दलका नेता आङ्बोले सोमबारसम्म सरकार विस्तार गर्ने तयारी भएको बताए । प्रदेशमा चार वटा मन्त्रालय पाउने भएपछि नेकपाले पनि आन्तरिक भागबन्डा गरेको छ । नेकपाभित्र रहेको माओवादी केन्द्र पक्षले ३ र पूर्वनेकपा एकीकृत समाजवादीले १ मन्त्रालय लिने सहमति गरेका हुन् । कोशी प्रदेशसभामा हाल नेपाली कम्युनिस्ट पार्टीका कुल १७ जना सांसद छन्, जसमा पूर्व माओवादी केन्द्रका १३ र पूर्व एकीकृत समाजवादीका ४ जना रहेका छन् ।

    मन्त्रीको नामावली टुङ्गो लगाउन नेकपाले शनिवार दिउँसो २ बजे संसदीय दलको बैठक बोलाएको छ ।

    शुक्रबार, साउन २९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
    बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
    सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
    संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
    एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

    • ३.
      नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

    • ४.
      रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

    • ५.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ६.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    भर्खरै

    • १.
      स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

    • २.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    • ३.
      अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    • ४.
      सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

    • ५.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • ६.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ७.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ८.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation