Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
सोमबार, साउन १८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते
  • ३ घण्टा 

दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल छाड्न मा
  • ५ घण्टा 

‘गौँथली’को व्यापार साढे १३ करोडमाथि
  • ५ घण्टा 

सुनकोशी नदीमा कार खस्यो
  • ५ घण्टा 

निर्मल पुर्जासहित पर्वतारोहीको शव आज क्याम्प-१ मा ल्याउने तयारी
  • १ दिन 

जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ
  • १ दिन 

संसद्‌मा सम्बोधन गर्दै प्रचण्ड
  • ४ दिन 

जनकपुर बजार बन्द, गृहमन्त्रीको राजीनामा माग
  • ४ दिन 

फिर्केखोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता
  • ४ दिन 

लोकप्रिय समाचार

  • १. सुनसरी घटना छानबिन टोली विराटनगरमा

  • २. चितवनका अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा बन्द, बिरामी मर्कामा

  • ३. सिद्धबाबा सुरूङमार्गको ७० प्रतिशत काम सकियो, कात्तिकसम्म सञ्चालनमा ल्याउने तयारी

  • ४. असारमा तिरिएको भ्याट भदौको बिलमा समायोजन हुने

  • ५. स्वास्थ्य सेवामा अवरोध नगर्न आग्रह

  • ६. एमबीएसको प्रश्नपत्र आउट प्रकरणमा थप २ जना पक्राउ

  • ७. कांग्रेसले विपद् व्यवस्थापनसम्बन्धी तीन दिने प्रशिक्षण आयोजना गर्ने

  • ८. अशान्त बनेको कप्तानगञ्जमा पुग्यो छानबिन समिति

  • ९. एकै दिन विपद्का ४२ घटना, तीन जनाको मृत्यु

  • १०. फिर्केखोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता

सांसद थापाको प्रश्नः ‘नागरिकको मृत्युमा सरकार किन मौन ?’


  •   बिहिबार, साउन १४, २०८३ मा प्रकाशित
  • काठमाडौं, साउन १४ – नेपाली कांग्रेसकी सांसद बासना थापाले प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा सुनसरीको देवानगञ्ज नगरपालिका–३ कप्तानगञ्जमा भएको घटनाबारे सरकारसँग जवाफ माग गर्दै निष्पक्ष छानबिनको माग गरेकी छन् ।

    Advertisement

    सांसद थापाले घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिन् । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिन् । उनले नेपालको विविधताभित्रको एकता राष्ट्रिय शक्ति भएको उल्लेख गर्दै कुनै पनि बहानामा साम्प्रदायिक द्वन्द्व फैलाउने प्रयास संविधान, लोकतान्त्रिक मूल्य र नेपाली समाजको आत्मामाथिको आक्रमण भएको बताइन् ।

    नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन सिर्जना भयो भन्ने प्रश्न उठाउँदै उनले घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने र निष्पक्ष तथा विश्वसनीय छानबिन गर्नुपर्ने माग गरिन् । सांसद थापाले उक्त घटनापछि आफूलाई प्रधानमन्त्री बालेन्द्र शाहले विगतमा सामाजिक सञ्जालमा लेखेको टिप्पणी स्मरण भएको बताइन् । उनले प्रधानमन्त्रीको विगतको अभिव्यक्ति र वर्तमान मौनतामाथि प्रश्न उठाउँदै पद परिवर्तनसँगै व्यवहार पनि परिवर्तन भएको हो भन्ने जिज्ञासा व्यक्त गरिन् । उनले सन्तान गुमाउने पीडा सबै अभिभावकका लागि समान हुने उल्लेख गर्दै कप्तानगञ्ज घटनामा एक युवाको मृत्यु र दर्जनौँ नागरिक घाइते हुँदा पनि सरकार मौन बसेको आरोप लगाइन् ।

    प्रधानमन्त्री र गृहमन्त्री दुवैको मौनताले सरकारको संवेदनशीलतामाथि प्रश्न उठेको उनको भनाइ थियो । थापाले नेतृत्व प्रशासन सञ्चालनमा मात्र सीमित नभई संकटका बेला राष्ट्रको मनोबल सम्हाल्ने दायित्व पनि भएको बताइन् । राज्य आफ्नै नागरिकको मृत्युमा मौन बस्दा न्याय प्रणालीप्रतिको विश्वास र राज्यप्रतिको भरोसा कमजोर हुने उनको भनाइ थियो ।

    नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो दायित्व भएकाले त्यसबाट सरकार कुनै पनि अवस्थामा विमुख हुन नहुने उनले उल्लेख गरिन् । उनले सम्पूर्ण नेपालीलाई पहिचानको साझा आधार नेपालीत्व, सहअस्तित्व र भाइचारालाई मजबुत बनाउन आग्रह गर्दै अफवाह, घृणाको राजनीति र सामाजिक विभाजनबाट टाढा रहन आह्वान गरिन् । नेपालको भविष्य हिंसामा नभई सहनशीलता, सद्भाव र राष्ट्रिय एकतामा रहेको उनको भनाइ थियो ।

    बिहिबार, साउन १४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते
    दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल छाड्न मा
    ‘गौँथली’को व्यापार साढे १३ करोडमाथि
    सुनकोशी नदीमा कार खस्यो
    निर्मल पुर्जासहित पर्वतारोहीको शव आज क्याम्प-१ मा ल्याउने तयारी
    जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ

    लोकप्रिय

    • १.
      सुनसरी घटना छानबिन टोली विराटनगरमा

    • २.
      चितवनका अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा बन्द, बिरामी

    • ३.
      सिद्धबाबा सुरूङमार्गको ७० प्रतिशत काम सकियो, कात्तिकसम्म

    • ४.
      असारमा तिरिएको भ्याट भदौको बिलमा समायोजन हुने

    • ५.
      स्वास्थ्य सेवामा अवरोध नगर्न आग्रह

    • ६.
      एमबीएसको प्रश्नपत्र आउट प्रकरणमा थप २ जना

    भर्खरै

    • १.
      गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते

    • २.
      दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल छाड्न मा

    • ३.
      ‘गौँथली’को व्यापार साढे १३ करोडमाथि

    • ४.
      सुनकोशी नदीमा कार खस्यो

    • ५.
      निर्मल पुर्जासहित पर्वतारोहीको शव आज क्याम्प-१ मा ल्याउने तयारी

    • ६.
      जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ

    • ७.
      संसद्‌मा सम्बोधन गर्दै प्रचण्ड

    • ८.
      जनकपुर बजार बन्द, गृहमन्त्रीको राजीनामा माग

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation