Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शनिबार, जेठ १६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

गणतन्त्र दिवस समारोहलाई प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने, राष्ट्रपतिले सम्बोधन गर्ने
  • ५ दिन 

सुधन गुरुङको बयान लिने तयारी, समिति भन्छ– हामी बोल्दैनौं, प्रमाण बोल्छ
  • ६ दिन 

पेट्रोलको आयात दुई गुणाले वृद्धि
  • १ हप्ता 

भारतसँग नेपालले ८० हजार मेट्रिकटन रासायनिक मल खरिद गर्दै
  • १ हप्ता 

बागमती सरकारः ४९ अर्बको बजेट सिलिङ वितरण, कुन मन्त्रालयलाई कति ?
  • १ हप्ता 

अर्थमन्त्रीको ‘मिसन मोड’: यस्ता छन् बजेटमा निजी क्षेत्रको सुझाव
  • १ हप्ता 

संसद् छल्ने र बाध्यात्मक पासोमा पार्ने सरकारको नियत देखियोः वर्षमान पुन
  • १ हप्ता 

कागजात जलेपछि यस वर्ष भएन राष्ट्रपति कार्यालयको लेखा परीक्षण
  • २ हप्ता 

सरकारले गरिब होइन, गरिबी भगाउने नीति लिनुपर्छः सांसद विष्णुमाया बिक
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. सुधन गुरुङको बयान लिने तयारी, समिति भन्छ– हामी बोल्दैनौं, प्रमाण बोल्छ

  • २. गणतन्त्र दिवस समारोहलाई प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने, राष्ट्रपतिले सम्बोधन गर्ने

ग्यास्ट्रिक हुँदा के खाने, के नखाने?

  •   मङ्गलबार, चैत २०, २०८० मा प्रकाशित
  • पेटमा प्रकृतिले नै एसिड उत्पादन गराउँछ। हामीले खानासँग खाएको ब्याक्टेरिया मार्नेदेखि लिएर खानेकुरा पचाउने काम यही एसिडले गर्छ। यो एसिड निस्किएपछि यसबाट बच्न शरीरमा आफ्नै ‘मेकानिजम’ हुन्छ।कुनै कारणबस यो मेकानिजममा ह्रास आयो भने ग्याष्ट्रिक हुन्छ। ग्याष्ट्रिक हुँदा पेट पोल्ने, दुख्ने, ढ्याउ–ढ्याउ आउनेदेखि लिएर बढ्दै गएमा अल्सरसम्म हुन्छ।अल्सर बिग्रिँदै गएर रगत नै वान्ता हुनेसम्म हुन्छ। मानसिक तनाव धेरै हुनुका साथै चिया, कफी, चुरोट र रक्सीले पनि एसिड उत्पादन बढाउँछ। जथाभावी दुखाई कम गर्ने औषधि र पिरो खानेलाई ग्यास्ट्रिकले सताउँछ।

    Advertisement

    ग्यास्ट्रिकका लक्षणः – माथिल्लो पेटमा असजिलो महसुस हुन्छ।

    -खाना खाएपछि अप्ठ्यारो हुने

    -पेट दुख्ने -अमिलो पानी आउने

    -ढ्याउ ढ्याउ हुने

    -ग्याष्ट्रिक बढेर अल्सर भएको भए राती अत्यधिक मात्रामा पेट दुख्छ।

    -दिसा कालो र रगत मिसिएको हुन्छ।

    के खाने?के नखाने ? ग्याष्ट्रिक भएपछि उमालेको मात्रै खाने, माछामासु नखाने प्रवृत्ति गलत हो। सन्तुलित भोजन गर्नुपर्छ। लामो समयसम्म भोकै बस्नु हुँदैन। तर, धेरै तातो खानेकुरा भने खानु हुँदैन। मदिरा र सुर्तीजन्य पदार्थबाट बच्नुपर्छ। चिल्लो पदार्थ खानै नहुने भन्ने होइन, आवश्यक मात्रामा खान सकिन्छ। उपचारग्याष्ट्रिकको पहिलो उपचार भनेको सतर्कता अपनाउने नै हो। सुन्तला, कागती, भोगटे लगायतका फलफूल खानुहुँदैन। डाक्टरको सल्लाह लिएर मात्र औषधि खानुपर्छ, जथाभावी गर्नु हुँदैन। जँचाएर कुन किसिमको ग्याष्ट्रिक हो भन्ने पत्ता लगाउनुपर्छ। ग्याष्ट्रिकको प्रकृति हेरेर उपचार गर्नुपर्छ। अल्सर भएको छ भने त्यसको उपचार अलि फरक ढंगले गर्नुपर्छ। ‘एचपाइरल’ भन्ने जिवाणु छ भने त्यो पेटको क्यान्सरसँग पनि जोडिएको हुन्छ। यसको निदान दीर्घकालीन तरिकाले गर्नुपर्छ। भित्र घाउ भएर रक्तश्राव भएको छ भने यस्तो अवस्थामा रगत समेत दिनुपर्ने हुन्छ। इन्डोस्कोपी गरेर अल्सरमा भएको घाउ उपचार गर्नुपर्छ। औषधिले पनि ग्याष्ट्रिक ठीक नभए शल्यक्रिया गर्नपर्ने हुन सक्छ।

    (लेखक वरिष्ठ ग्यास्ट्रोलोजिस्ट हुन्।)

    डा. अजित खनाल

    मङ्गलबार, चैत २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गणतन्त्र दिवस समारोहलाई प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने, राष्ट्रपतिले सम्बोधन गर्ने
    सुधन गुरुङको बयान लिने तयारी, समिति भन्छ– हामी बोल्दैनौं, प्रमाण बोल्छ
    पेट्रोलको आयात दुई गुणाले वृद्धि
    भारतसँग नेपालले ८० हजार मेट्रिकटन रासायनिक मल खरिद गर्दै
    बागमती सरकारः ४९ अर्बको बजेट सिलिङ वितरण, कुन मन्त्रालयलाई कति ?
    अर्थमन्त्रीको ‘मिसन मोड’: यस्ता छन् बजेटमा निजी क्षेत्रको सुझाव

    लोकप्रिय

    • १.
      सुधन गुरुङको बयान लिने तयारी, समिति भन्छ–

    • २.
      गणतन्त्र दिवस समारोहलाई प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने,

    भर्खरै

    • १.
      गणतन्त्र दिवस समारोहलाई प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने, राष्ट्रपतिले सम्बोधन गर्ने

    • २.
      सुधन गुरुङको बयान लिने तयारी, समिति भन्छ– हामी बोल्दैनौं, प्रमाण बोल्छ

    • ३.
      पेट्रोलको आयात दुई गुणाले वृद्धि

    • ४.
      भारतसँग नेपालले ८० हजार मेट्रिकटन रासायनिक मल खरिद गर्दै

    • ५.
      बागमती सरकारः ४९ अर्बको बजेट सिलिङ वितरण, कुन मन्त्रालयलाई कति ?

    • ६.
      अर्थमन्त्रीको ‘मिसन मोड’: यस्ता छन् बजेटमा निजी क्षेत्रको सुझाव

    • ७.
      संसद् छल्ने र बाध्यात्मक पासोमा पार्ने सरकारको नियत देखियोः वर्षमान पुन

    • ८.
      कागजात जलेपछि यस वर्ष भएन राष्ट्रपति कार्यालयको लेखा परीक्षण

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation