Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
  • २३ घण्टा 

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
  • १ दिन 

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
  • १ दिन 

सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
  • १ दिन 

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
  • २ दिन 

एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित
  • २ दिन 

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
  • २ दिन 

१५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान
  • ३ दिन 

दास किराना पसललाई दुई लाख जरिवाना
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

  • ३. नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

  • ४. रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

  • ५. दास किराना पसललाई दुई लाख जरिवाना

  • ६. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ७. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • ८. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

  • ९. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

  • १०. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

इरानी आक्रमणमा दुई अमेरिकी सैनिकको मृत्यु, अमेरिकाले थाल्यो नयाँ चरणको आक्रमण


  •   आइतबार, साउन ०३, २०८३ मा प्रकाशित
  • काठमाडौंः जोर्डनमा भएको इरानी आक्रमणमा परी दुईजना अमेरिकी सैनिकको मृत्यु भएको छ। अमेरिकी सेनाका अनुसार त्यसको जवाफमा नयाँ चरणको सैन्य कारबाही थालिएको छ।

    Advertisement

    अमेरिकी सेनाले लगातार आठौँ रात इरानका विभिन्न सैन्य लक्ष्यहरूमा हवाई आक्रमण गरेको जनाएको छ। सेनाका अनुसार यो कारबाही जोर्डनमा दुई अमेरिकी सैनिक मारिने गरी भएको आक्रमणको प्रतिशोधस्वरूप गरिएको हो।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैनिकहरूको मृत्यु दुःखद भएको बताउँदै इरानलाई कुनै पनि हालतमा आणविक हतियार विकास गर्न नदिइने बताए।

    अमेरिकी सेनाले शनिबार युद्ध सुरु भएयता पहिलोपटक इरानी आक्रमणमा आफ्ना सैनिकको मृत्यु भएको औपचारिक रूपमा पुष्टि गरेको हो। शुक्रबार भएको ड्रोन र मिसाइल आक्रमणमा ती सैनिक मारिएका थिए भने एकजना अझै बेपत्ता छन्।थप चारजना सैनिक घाइते भई उपचाररत छन्। यस वर्ष फेब्रुअरी २८ देखि सुरु भएको युद्धयता हालसम्म १६ अमेरिकी सैनिकको मृत्यु भएको र ४३० भन्दा बढी घाइते भएको अमेरिकी सेनाले जनाएको छ।

    इरानका सर्वोच्च नेता मुज्तबा खामेनीईले ट्रम्पको अभिव्यक्तिलाई अस्वीकार गर्दै उनको हस्ताक्षरको कुनै अर्थ नरहेको टिप्पणी गरेका छन्। उनले अमेरिका नै हालै भएको सम्झौता उल्लंघन गर्ने पक्ष भएको आरोप पनि लगाए।कुवेतले इरानी हवाई आक्रमणका कारण आफ्नो सरकारी तेल कम्पनीअन्तर्गतको एक इकाइमा क्षति पुगेको जनाएको छ। यसअघि पनि विद्युत् तथा समुद्री पानीलाई पिउने योग्य बनाउने प्लान्टमा इरानी आक्रमण भएको आरोप लगाइएको थियो।

    इराकको अर्बिलस्थित अमेरिकी वाणिज्य दूतावासलाई ड्रोनमार्फत निशाना बनाउने प्रयास भएको बताइएको छ। त्यसलगत्तै त्यहाँको हवाई सुरक्षा प्रणाली तत्काल सक्रिय पारिएको थियो।अमेरिकी सेन्ट्रल कमान्डका अनुसार जोर्डनमा शुक्रबार मारिएका दुई अमेरिकी सैनिकको मृत्युको बदला लिन राष्ट्रपति ट्रम्पको स्वीकृतिमा नयाँ हवाई आक्रमण सुरु गरिएको छ।

    अमेरिकी सेनाले यी आक्रमणहरूको मुख्य उद्देश्य होर्मुज जलमार्गमा व्यावसायिक जहाजहरूको आवागमनमा इरानले सिर्जना गरेको खतरालाई कम गर्नु रहेको जनाएको छ।

    केही दिनअघि ट्रम्पले इरानका सबै पुल र विद्युत् गृहहरू ध्वस्त पार्ने चेतावनी दिएका थिए। यद्यपि अमेरिकी सेनाले हालसम्म हतियार भण्डारण स्थल र सैन्य अड्डाहरूलाई मात्र निशाना बनाइएको पुष्टि गरेको छ। पुल वा विद्युत् पूर्वाधारमाथि आक्रमण गरिएको विषयमा भने कुनै आधिकारिक पुष्टि गरिएको छैन।

    अमेरिका र इरानबीचको तनाव चर्किएको छ। अमेरिकाले विगत आठ दिनदेखि लगातार इरानमाथि हवाई आक्रमण गरिरहेको छ।शनिबार अमेरिकी सेनाले इरानको रिभोलुसनरी गाड्र्सविरुद्ध पनि नयाँ हवाई आक्रमण गरेको जनाएको छ। अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार यसको उद्देश्य होर्मुज जलमार्गहुँदै तेल ट्यांकरहरूको आवागमन अवरुद्ध गर्ने इरानको क्षमतालाई थप कमजोर बनाउनु हो।

    आइतबार, साउन ०३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
    बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
    सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
    संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
    एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

    • ३.
      नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

    • ४.
      रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

    • ५.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ६.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    भर्खरै

    • १.
      स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

    • २.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    • ३.
      अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    • ४.
      सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

    • ५.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • ६.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ७.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ८.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation