Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
  • १ दिन 

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
  • १ दिन 

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
  • १ दिन 

सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
  • १ दिन 

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
  • २ दिन 

एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित
  • २ दिन 

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
  • २ दिन 

१५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान
  • ३ दिन 

दास किराना पसललाई दुई लाख जरिवाना
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

  • ३. नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

  • ४. रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

  • ५. दास किराना पसललाई दुई लाख जरिवाना

  • ६. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ७. एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

  • ८. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • ९. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

  • १०. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

सुदूरपश्चिमका मुख्यमन्त्री भन्छन्– पार्टी निर्णयको प्रतीक्षामा छु

  •   शुक्रबार, साउन ०१, २०८३ मा प्रकाशित
  • १ साउन, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पार्टी केन्द्रको निर्णयअनुसार अघि बढ्ने बताएका छन् । एमालेले समर्थन फिर्ता लिएर अल्पमतमा परेको र नेकपाले समेत मार्गप्रशस्त गर्न सुझाव दिएका बेला मुख्यमन्त्री शाहले पार्टी निर्णय अनुसार अघि बढ्ने बताएका हुन् ।

    Advertisement

    संविधानअनुसार कुनै दलले सरकारलाई दिएको सर्मथन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभामा विश्वासको मत लिनुपर्ने व्यवस्था छ । सोही व्यवस्थाका कारण शाह अल्पमतमा परेपनि सरकारको नेतृत्वमै छन् । प्रदेश सभामा रहेको ठूलो दल नेकपाले शाहलाई मार्ग प्रशस्त गर्न अनुरोध गर्दै आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय नै गरिसकेको छ । कांग्रेसले सबै प्रदेशमा एमालेसँगको सत्ता सहकार्य तोड्ने निर्णय गरिसकेको छ ।

    यस्तो अवस्थामा शाहले निकास दिनुपर्ने आवाज उठ्न थालेको छ । तर उनी भने अहिले राजनीतिक परस्थिति विकसित नभइसकेका कारण तत्काल पदबाट राजीनामा नदिने बताउँछन् । ‘राजनीतिक रुपमा सत्ता सहकार्यका लागि अहिले नै कुनै परस्थिति बनिसकेको अवस्था छैन । पार्टी नेतृत्वले ठोस निर्णय दिनुपर्छ,’ शाहले अनलाइनखबरसँग भने, ‘केन्द्रमा नेकपासँग कुराकानी भइरहेको कुरा सुनेको छु । त्यसैले अर्को टुंगो नलाग्दा सम्म पर्खिन्छु ।’

    एमालेले आफू नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि अहिले नै दोस्रो समीकरण नबेको कारण पनि तत्काल पदबाट छाड्नुपर्ने स्थिति नभएको बताउँछन् । प्रमुख प्रतिपक्षी दल नेकपाले मार्गप्रशस्त गर्न गरेको अनुरोधलाई भने स्वाभाविक रुपमा लिएको उनको भनाइ छ ।

    शाहले केन्द्रीय तहमा हुने छलफल र निर्णयअनुसार आफूले पनि राजनीतिक निर्णय लिने उल्लेख गरे । प्रदेश सरकारले ल्याएको बजेट सभाबाट पारित हुन नसके पनि प्रदेशमा बजेट शून्यताको अवस्था नभएको उनी बताउँछन् । खासगरी राजस्व संकलन सम्बन्धीका काम नरोकिने गरी यसअघि नै कानुनी व्यवस्था गरेकाले बजेट शून्यता नहुने शाहले बताएका छन् ।

    शुक्रबार, साउन ०१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
    बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
    सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
    संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
    एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

    • ३.
      नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

    • ४.
      रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

    • ५.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ६.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    भर्खरै

    • १.
      स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

    • २.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    • ३.
      अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    • ४.
      सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

    • ५.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • ६.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ७.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ८.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation