Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
  • १ दिन 

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
  • १ दिन 

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
  • १ दिन 

सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
  • १ दिन 

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
  • २ दिन 

एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित
  • २ दिन 

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
  • २ दिन 

१५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान
  • ३ दिन 

दास किराना पसललाई दुई लाख जरिवाना
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

  • ३. नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

  • ४. रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

  • ५. दास किराना पसललाई दुई लाख जरिवाना

  • ६. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

  • ७. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ८. एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

  • ९. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • १०. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

केन्द्रले छाप्यो २६ लाख लाइसेन्स, सकियो चार वर्ष यताको ‘ब्याकलग’


  •   बिहिबार, असार ३२, २०८३ मा प्रकाशित
  • काठमाडौँ । यातायात व्यवस्था विभागमा ४ वर्षदेखि थुप्रिएको करिब २९ लाख स्मार्ट ड्राइभिङ लाइसेन्सको ‘ब्याकलग’ छपाइ अन्ततः पूरा भएको छ । सुरक्षण मुद्रण केन्द्रले असार मसान्तभित्रै छपाइ सक्ने सम्झौता अनुरूप २५ लाख ९२ हजारभन्दा बढी लाइसेन्स छापिसकेको छ ।

    Advertisement

    यद्यपि, एक वर्षभन्दा कम म्याद बाँकी रहेका करिब ३ लाख लाइसेन्स भने तत्काल नछापिने भएका छन् । लाइसेन्स छपाइका लागि यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबिच दुई चरणमा सम्झौता भएको थियो । पहिलो सम्झौता अनुसार २०८३ वैशाख १२ गतेभित्र १२ लाख सवारी लाइसेन्स छापिसक्नुपर्ने थियो, जुन शतप्रतिशत सम्पन्न भइसकेको छ ।

    त्यस्तै, दोस्रो सम्झौताअनुसार थप १७ लाख थान लाइसेन्स २०८३ असार मसान्तभित्र छपाइ सम्पन्न गर्नुपर्ने उल्लेख थियो । सोही सम्झौता बमोजिम विभागले कुल २९ लाख लाइसेन्सको डेटा केन्द्रलाई उपलब्ध गराएको थियो ।

    केन्द्रका अनुसार विभागले पठाएको विवरणमध्ये २५ लाख ९२ हजार ४१७ थान लाइसेन्सको छपाइ कार्य सम्पन्न भइसकेको छ । बाँकी रहेका ३ लाख ७ हजार ५८३ थान लाइसेन्सको म्याद (भ्यालिडिटी) एक वर्षभन्दा कम रहेकाले तत्काल नछाप्ने निर्णय गरिएको हो ।

    यातायात व्यवस्था विभागका निर्देशक केशव खतिवडाका अनुसार एक वर्षभन्दा कम म्याद भएका ती लाइसेन्स सेवाग्राहीले नवीकरण गरेपछि मात्रै छापिनेछन् । रातोपाटीसँगको कुराकानीमा निर्देशक खतिवडाले भने, ‘हामीले सम्झौता अनुसार २९ लाख लाइसेन्सकै यकिन डेटा केन्द्रलाई दिइसकेका छौँ । लामो समयदेखि छाप्न बाँकी रहेकामध्ये जसको लाइसेन्सको म्याद एक वर्षभन्दा कम बाँकी छ, त्यस्ता करिब ३ लाख लाइसेन्स प्रिन्ट हुँदैनन् । प्रिन्ट भएका लाइसेन्सहरू भने उहाँहरूले आज बेलुका वा भोलिसम्ममा विभागमा ल्याइपुर्‍याउनु हुनेछ ।’

    यता, सुरक्षण मुद्रण केन्द्रका उपसचिव गोपालराज तिमिल्सिनाले पनि ब्याकलगको छपाइ सम्पन्न भइसकेको र हाल अन्तिम चरणको ‘कटिङ’ को काम भइरहेको बताए । ‘ब्याकलग कम्प्लिट भइसकेको छ । २९ लाखमध्ये विभागले हामीलाई करिब २६ लाखको मात्रै डाटा दिएको थियो, ती सबै प्रिन्ट भएर कटिङमा गइरहेका छन्,’ उनले भने । उनका अनुसार पुराना ब्याकलग सकिए पनि दैनिक रूपमा आउने नयाँ तथा नवीकरण गरिएका सवारी लाइसेन्स दैनिक ३ देखि ४ हजार छपाइ कार्य भने निरन्तर चलिरहेको छ र निरन्तर छपाइ चलिरहने उनको भनाइ छ ।

    विभागमा विगत ४ वर्षयता ट्रायल पास भएका तर स्मार्ट कार्ड नपाएका सेवाग्राहीका कारण २९ लाख लाइसेन्सको चाङ लागेको थियो । सुरुमा मेसिनको क्षमता र कार्डको अभावले सुस्त बनेको छपाइ कार्य गत वर्ष पूर्ण रूपमा ठप्प बन्न पुग्यो । त्यसमाथि २०८२ भदौमा भएको ‘जेनजी’ आन्दोलनका क्रममा आन्दोलनकारीबाट यातायात व्यवस्था विभागको कार्यालयमा आगजनी हुँदा विभागको लाइसेन्स छपाइ मेसिनमै ठुलो क्षति पुगेको थियो ।

    मेसिन नै जलेपछि विभाग आफैँले लाइसेन्स छाप्न नसक्ने स्थितिमा पुग्यो, जसले गर्दा लाइसेन्स वितरण अनिश्चित बनेको थियो । यसपछि बनेको अन्तरिम सरकारले लाइसेन्स छपाइको सम्पूर्ण जिम्मा सुरक्षण मुद्रण केन्द्रलाई दिने निर्णय गर्‍यो । हुन त यसअघि २०८२ जेठमै यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबिच चालक अनुमतिपत्र छपाइ गर्ने सैद्धान्तिक सम्झौता भइसकेको थियो, तर काम अघि बढ्न सकेको थिएन ।

    जेनजी आन्दोलनका क्रममा मेसिनमा क्षति पुगेपछि बाध्यात्मक अवस्थामा पुनः सम्झौता गरी केन्द्रले २०८२ कात्तिक २१ गतेदेखि आधिकारिक रूपमा लाइसेन्स छपाइ सुरु गरेको थियो । केन्द्रले छोटो समयमै वर्षौँदेखिको लाखौँ ब्याकलग छपाइ सम्पन्न गरेपछि स्मार्ट लाइसेन्सको पर्खाइमा रहेका सेवाग्राहीले ठुलो राहत पाउने भएका छन् । साथै अब सवारी लाइसेन्स निरन्तर केन्द्रबाटै छपाइ हुने भएको छ । सुरक्षण मुद्रण ऐनले सरकारी र संवेदनशील कागजातहरू मुद्रण केन्द्रले मात्र छाप्ने विशेष अधिकार दिएको छ । सोही अनुसार केन्द्रले नै छाप्ने भएको हो ।

    बिहिबार, असार ३२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
    बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
    सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
    संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
    एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

    • ३.
      नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

    • ४.
      रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

    • ५.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ६.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई

    भर्खरै

    • १.
      स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

    • २.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    • ३.
      अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    • ४.
      सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

    • ५.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • ६.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ७.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ८.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation