Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
  • २३ घण्टा 

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
  • १ दिन 

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
  • १ दिन 

सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
  • १ दिन 

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
  • २ दिन 

एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित
  • २ दिन 

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
  • २ दिन 

१५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान
  • ३ दिन 

दास किराना पसललाई दुई लाख जरिवाना
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

  • ३. नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

  • ४. रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

  • ५. दास किराना पसललाई दुई लाख जरिवाना

  • ६. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ७. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • ८. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

  • ९. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

  • १०. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

अर्जेन्टिना विश्वकपको फाइनलमा, इंग्ल्यान्डको ६० वर्ष लामो सपना चकनाचुर


  •   बिहिबार, असार ३२, २०८३ मा प्रकाशित
  • साबिक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ। आज विहान अटलान्टा स्टेडियममा भएको रोमाञ्चक तथा सनसनीपूर्ण सेमिफाइनल खेलमा इंग्ल्यान्डलाई २–१ गोल अन्तरले स्तब्ध पार्दै अर्जेन्टिनाले फाइनलमा स्पेनसँगको भेट पक्का गरेको हो।

    Advertisement

    ४० वर्षअघि सन् १९८६ को विश्वकपमा म्याराडोनाले खेलका क्रममा यी दुई टोलीबीच जुन २-१ को नतिजा निस्किएको थियो, ठीक त्यही स्कोरलाइनमा अर्जेन्टिनाले जित दर्ता गरेको छ। यो जितसँगै अर्जेन्टिना सातौँ पटक विश्वकपको फाइनलमा पुग्न सफल भएको छ भने ६० वर्षपछि फाइनल पुग्ने इंग्ल्यान्डको सपना अन्तिम मिनेटहरूमा खोसिएको छ। खेलको पहिलो हाफ निकै प्रतिस्पर्धात्मक र रक्षात्मक रह्यो।

    दुवै टोलीले सुरुवाती समयमा गोलका खासै ठूला अवसरहरू सिर्जना गर्न सकेनन्। तर, दोस्रो हाफको ५५ औँ मिनेटमा मोर्गन रोजर्सको उत्कृष्ट क्रसमा एन्थोनी गोर्डनले आकर्षक गोल गर्दै इंग्ल्यान्डलाई १–० को अग्रता दिलाए। गोल खाएपछि अर्जेन्टिनाले इंग्ल्यान्डमाथि लगातार आक्रमण बुन्यो। खेल सकिन ५ मिनेट मात्र बाँकी रहँदा लियोनेल मेसीको पासमा एन्जो फर्नान्डेजले बक्स बाहिरबाट उत्कृष्ट प्रहार गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। खेल अतिरिक्त समयतर्फ धकेलिने निश्चित देखिँदै गर्दा, इन्जुरी समयको दोस्रो मिनेट (९०+२) मा फेरि मेसीकै पासमा वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई सनसनीपूर्ण जित दिलाए।

    ३९ वर्ष २१ दिनका मेसी विश्वकपको सेमिफाइनल खेल्ने इतिहासकै सबैभन्दा पाका खेलाडी बनेका छन् । उनले सन् १९५८ मा फ्रिट्ज वाल्टर र गुनार ग्रेनले राखेको कीर्तिमान (३७ वर्ष २३६ दिन) लाई तोडेका हुन्। खेलमा २ असिस्ट गरेका मेसी ‘प्लेयर अफ दि म्याच’ समेत चुनिए।  इंग्ल्यान्डका कप्तान ह्यारी केनले आफ्नो देशका लागि १२१ औँ खेल खेल्दै इंग्ल्यान्डको इतिहासमा सबैभन्दा बढी अन्तर्राष्ट्रिय खेल खेल्ने आउटफिल्ड खेलाडीको कीर्तिमान बनाए।

    दुवै टोलीका सुरुवाती ११ मा ३२ वर्षभन्दा माथिका ७ जना खेलाडी सामेल थिए, जुन विश्वकप सेमिफाइनलको इतिहासमा सबैभन्दा बढी उमेर पाका खेलाडीहरू मैदान उत्रिएको रेकर्ड हो। खेलपछि म्यान अफ द म्याच चुनिएका मेसीले भने, ‘मसँग शब्दहरू नै छैनन् । यो हाम्रो देश र जनताका लागि ठुलो खुसीको क्षण हो । यो टोलीले मलाई सधैँ अचम्ममा पार्छ ।

    हामी अद्वितीय छौँ, र यो घमन्ड होइन, मुटुदेखिको आवाज हो।’ बेलायतका प्रशिक्षक थॉमस टुचेलले भने, “हामी निकै निराश छौँ, जितको निकै नजिक थियौँ। गोल गरेपछि हामी रक्षात्मक र निष्क्रिय भयौँ। हामीले बल नियन्त्रणमा राख्न सकेनौँ र उनीहरूका तर्फबाट लगातार क्रस र प्रहारहरू भइरहे, जसले गर्दा हामीले नतिजा गुमाउनुपर्‍यो।” अब उपाधिका लागि आगामी आइतबार न्युयोर्क न्यू जर्सी (मेटलाइफ स्टेडियम) मा अर्जेन्टिनाले स्पेनको सामना गर्नेछ।

    बिहिबार, असार ३२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
    बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
    सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
    संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
    एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

    • ३.
      नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

    • ४.
      रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

    • ५.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ६.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    भर्खरै

    • १.
      स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

    • २.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    • ३.
      अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    • ४.
      सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

    • ५.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • ६.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ७.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ८.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation