Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
  • १ दिन 

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
  • १ दिन 

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
  • १ दिन 

सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
  • १ दिन 

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
  • २ दिन 

एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित
  • २ दिन 

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
  • २ दिन 

१५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान
  • ३ दिन 

दास किराना पसललाई दुई लाख जरिवाना
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

  • ३. नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

  • ४. रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

  • ५. दास किराना पसललाई दुई लाख जरिवाना

  • ६. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

  • ७. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ८. एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

  • ९. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • १०. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

मनिष झाले भने- राज्यले नागरिकलाई आतंकित बनाउने होइन, यस्तो बचपना देखाएर राजकाज चल्छ ?


  •   बुधबार, असार ३१, २०८३ मा प्रकाशित
  • ३१ असार, काठमाडौं । रास्वपाका नेता पूर्वमहामन्त्री मनिष झाले सञ्चार गृह र अन्य ठाउँमा गाडी राखेर अवरोध गरिएको प्रति घोर आपत्ति प्रकट गरेका छन् । उनले राज्य आफैंले आतङ्कित बनाउन नहुने धारणा राखेका छन् ।

    Advertisement

    नेता झाले बुधबार बिहान सामाजिक सञ्चार फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै लेखेका छन्, ‘सञ्चार गृह र अन्य स्थानमा गाडी राखेर अवरोध गर्ने काम गलत हो । यसमा जो संलग्न छ, अनुसन्धान र कारबाही हुनुपर्छ ।’ नागरिकको चिन्ता निराकरण गर्न सुझाव दिँदै उनले थप लेखेका छन्, ‘राज्यले नागरिकको चिन्ता निराकरण गर्ने हो। राज्यले आफैं थप आतङ्कित बनाउने हैन ।’ राज्यकै संरक्षणमा सञ्चार माध्यम र अन्य ठाउँमा अव्यवस्थित पार्किङ गरिएको तर्फ संकेत गर्दै उनले यस्तो बचपना देखाएर राजकाज चल्छ ? भन्दै प्रश्न गरेका छन् ।

    ‘यस्तो बचपना देखाएर राजकाज चल्छ ?’ उनले लेखेका छन्, ‘के यस्तै स्तरहीन र गलत प्रयोग गर्न GenZ सहादत भएको हो ? यस किसिमको कामप्रति घोर आपत्ति छ ।’ गत सोमबार कान्तिपुर, अनलाइनखबर, हिमालय टेलिभिजन, कांग्रेस सभापति गगन थापाको निवास अगाडि र अन्य विभिन्न ठाउँमा शंकास्पद ढंगले सवारीसाधन पार्क गरेर चालक सम्पर्कविहीन भएका थिए । कान्तिपुर अगाडि पार्क गरेको गाडी रास्वपा नेताको भएको खुलेको थियो ।

    कान्तिपुर पब्लिकेसन्स्को गेटमा शंकास्पद रुपमा छाडिएको बा ०१–०३४ च ८४८० नम्बरको गाडी रास्वपाका नेता रवि जयसवालको हो । यस्तै अनलाइनखबर अगाडि राखिएको शंकास्पद गाडी भने काठमाडौं ठेगाना भएका सुनिल पौडेलको नाममा रहेको भेटिएको छ । हिमालय टेलिभिजनको गेटमा पार्किङ गरिएको गाडी डीआर अटो मोबाइल्सको नाममा रहेको पाइएको छ ।

    १ कात्तिक २०६९ यो गाडी सानिमा विकास बैंकबाट ऋण लिएको देखिन्छ । सवारी दर्ता किताबमा राजीवकाजी श्रेष्ठको नाम समेत उल्लेख छ । ती गाडीहरु प्रहरीले क्रेनले उठाएर लगेको थियो । यसरी सञ्चार गृहको गेटमा गाडी पार्किङ गरेको विषयले अहिले सरकारको सर्वत्र आलोचना भएको छ ।

    संसदीय सिमिति, संसद र रास्वपाकै नेता एवं सांसदहरुले पनि यसको आलोचना गर्दै कारबाहीको माग गरेका छन् । रास्वपाले पनि यो घटनामा संलग्नलाई कारबाही गर्न माग गरिसकेको छ । सभापति लामिछानेले रास्वपाकै व्यक्ति संलग्न भए पनि कारबाही गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन् ।

    बुधबार, असार ३१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
    बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
    सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
    संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
    एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

    • ३.
      नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

    • ४.
      रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

    • ५.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ६.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई

    भर्खरै

    • १.
      स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

    • २.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    • ३.
      अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    • ४.
      सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

    • ५.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • ६.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ७.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ८.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation