Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
  • १ दिन 

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
  • १ दिन 

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
  • १ दिन 

सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
  • १ दिन 

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
  • २ दिन 

एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित
  • २ दिन 

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
  • २ दिन 

१५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान
  • ३ दिन 

दास किराना पसललाई दुई लाख जरिवाना
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

  • ३. नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

  • ४. रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

  • ५. दास किराना पसललाई दुई लाख जरिवाना

  • ६. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

  • ७. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ८. एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

  • ९. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • १०. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

नक्कली शरणार्थी प्रकरणमा कसरी सजाय निर्धारण भयो ?


  •   बुधबार, असार ३१, २०८३ मा प्रकाशित
  • जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुख्य योजनाकार ठहर भएकासहित अधिकांश दोषीलाई चार–चार वर्ष कैद हुने गरी सजाय निर्धारण गरेको छ । न्यायाधीश तेजबहादुर खड्काको इजलासले दोषी ठहर भएका १६ जनामध्ये ९ जनालाई चार–चार वर्ष कैद सजाय तोकेको हो ।

    Advertisement

    अदालतले लिखत किर्ते, ठगी, संगठित अपराध तथा राज्यविरुद्धको कसुरमा उनीहरूलाई दोषी ठहर गर्दै प्रत्येक कसुरमा छुट्टाछुट्टै कैद र जरिवाना निर्धारण गरेको छ । त्यसपछि ‘एकीकृत कसुर’ सम्बन्धी कानुनी व्यवस्था अनुसार अन्तिम सजाय निर्धारण गरिएको हो । जिल्ला अदालत काठमाडौंका फैसला कार्यान्वयन अधिकारी धनबहादुर कार्कीका अनुसार मुलुकी अपराध संहिता, २०७४ को दफा ४३ मा रहेको ‘एकीकृत कसुरबापत थप सजाय हुने’ व्यवस्था अनुसार सजाय निर्धारण गरिएको हो ।

    उक्त व्यवस्थाअनुसार कुनै व्यक्तिले एउटै घटनामा एकभन्दा बढी कसुर गरेको अवस्थामा त्यसलाई ‘एकीकृत कसुर’ मानिन्छ । यस्तो अवस्थामा सबैभन्दा बढी सजाय भएको कसुरमा दोस्रो ठूलो सजाय भएको कसुरको आधा हिस्सा थपेर अन्तिम कैद र जरिवाना निर्धारण गरिन्छ । जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी शिव खतिवडाका अनुसार विभिन्न कसुरमा छुट्टाछुट्टै कैद र जरिवाना तोकिए पनि अन्तत: एकीकृत कसुरबापत निर्धारण भएको कैद र जरिवाना मात्रै कार्यान्वयन हुन्छ ।

    उदाहरणका रूपमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई ठगी कसुरमा दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना, संगठित अपराधमा तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना तथा राज्यविरुद्धको कसुरमा एक वर्ष छ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना निर्धारण गरिएको छ । एकीकृत सजाय निर्धारण गर्दा सबैभन्दा बढी सजाय भएको संगठित अपराधको तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवानालाई आधार बनाइएको छ ।

    त्यसमा दोस्रो ठूलो सजाय भएको ठगी कसुरको दुई वर्ष कैदमध्ये आधा अर्थात् एक वर्ष कैद तथा २० हजार रुपैयाँ जरिवानामध्ये आधा अर्थात् १० हजार रुपैयाँ थपिएको छ । यसरी रायमाझीमाथि अन्तिम रूपमा चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना निर्धारण गरिएको हो । सूचना अधिकारी खतिवडाका अनुसार अन्तिम अदालतबाट कायम भएको एकीकृत सजाय नै कार्यान्वयन हुनेछ ।

    अब कसरी कार्यान्वयन हुन्छ ? जिल्ला अदालतको फैसला तत्काल कार्यान्वयन हुँदैन । वादी र प्रतिवादी दुवै पक्षले उक्त फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन गर्न पाउने व्यवस्था छ । अन्तिम अदालतबाट फैसला भएपछि मात्रै कैद र जरिवाना कार्यान्वयन हुन्छ ।

    फैसलाको पूर्णपाठ सार्वजनिक भएपछि हाल थुनामा रहेका प्रतिवादीहरूले थुनामै बसेर उच्च अदालतमा पुनरावेदन गर्न पाउनेछन् । पूर्वउपप्रधानमन्त्री रायमाझीदेखि पूर्वसचिव टेकनारायण पाण्डे तथा मुख्य योजनाकार भनिएका सानु भण्डारी र केशव दुलालले पनि थुनामै बसेर पुनरावेदन गर्नुपर्ने हुन्छ । तर पुनरावेदनको प्रक्रिया चलिरहेकै अवस्थामा उनीहरूले तोकिएको चार वर्ष कैद अवधि पूरा गरेमा थुनाबाट छुट्न पाउनेछन् ।

    त्यसपछि उनीहरूले बाहिरै बसेर मुद्दाको प्रक्रिया अघि बढाउन सक्नेछन् । अधिकांश प्रतिवादी २०८० साल वैशाखतिर पक्राउ परेकाले २०८४ साल चैततिर उनीहरू थुनामुक्त हुने सम्भावना छ । धरौटीमा छुटिसकेका पूर्वगृहमन्त्री बालकृष्ण खाँडले भने पुनरावेदन गर्दा पुन: थुनामा बस्नुपर्ने छैन । कानुनी व्यवस्थाअनुसार तोकिएको कैदबापत प्रतिदिन ३०० रुपैयाँका दरले धरौटी राखेर उनी थुनाबाहिरै बसेर पुनरावेदन गर्न सक्नेछन् ।

    अन्तिम अदालतबाट कैद कायम भएमा उनले पहिले थुनामा बिताएको अवधि कट्टा गरी बाँकी अवधि मात्रै कैद भोग्नुपर्ने हुन्छ । जिल्ला अदालतले दोषी ठहर गरेका डा. इन्द्रजीत राईको हकमा भने फरक व्यवस्था लागू भएको छ । चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना निर्धारण भए पनि ७५ वर्ष उमेर नाघिसकेकाले उनलाई कैद सजायमा ७५ प्रतिशत छुट हुनेछ ।

    यसअनुसार उनले करिब एक वर्ष मात्र कैद भोगे पुग्नेछ । पुनरावेदन गर्दा पनि उनी थुनामा बस्नुपर्ने छैन। त्यही सुविधा शरणार्थी नेता टेकनाथ रिजाललाई पनि लागू हुनेछ । यता, ठगीको प्रयास गरेको कसुरमा मात्रै दोषी ठहर भएका बेचन झालाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना निर्धारण गरिएको छ । वृद्धावस्थाका कारण धरौटीमा छुटिसकेका उनले पनि धरौटी राखेर थुनाबाहिरै बसेर उच्च अदालतमा पुनरावेदन गर्न पाउनेछन् ।

    बुधबार, असार ३१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
    बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
    सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
    संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
    एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

    • ३.
      नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

    • ४.
      रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

    • ५.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ६.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई

    भर्खरै

    • १.
      स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

    • २.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    • ३.
      अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    • ४.
      सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

    • ५.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • ६.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ७.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ८.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation