चितवनको कालिका नगरपालिकाबाट लागुऔषधसहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । कालिका नगरपालिका वडा नम्बर ७ आदर्श टोल बस्ने ३० वर्षका मिलन तमाङलाई सोही वडामा बुधबार राति नौ बजे शंकास्पद रुपमा हिंडिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
Advertisement
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता श्रीराम भण्डारीका अनुसार तामाङको साथबाट डाईजेपाम १९७ एम्पुल, बुप्रिनोर्फिन २१० एम्पुल, फेनार्गन १८६ एम्पुल गरि जम्मा ५९३ एम्पुल वरामद गरिएको छ । लागुऔषध सहित नियन्त्रणमा लिई प्रहरीले उनको थप अनुसन्धान गरिरहेको छ।