Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
सोमबार, साउन १८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते
  • ८ घण्टा 

दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल छाड्न मा
  • १० घण्टा 

‘गौँथली’को व्यापार साढे १३ करोडमाथि
  • १० घण्टा 

सुनकोशी नदीमा कार खस्यो
  • १० घण्टा 

निर्मल पुर्जासहित पर्वतारोहीको शव आज क्याम्प-१ मा ल्याउने तयारी
  • १ दिन 

जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ
  • १ दिन 

संसद्‌मा सम्बोधन गर्दै प्रचण्ड
  • ४ दिन 

जनकपुर बजार बन्द, गृहमन्त्रीको राजीनामा माग
  • ४ दिन 

फिर्केखोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता
  • ४ दिन 

लोकप्रिय समाचार

  • १. सुनसरी घटना छानबिन टोली विराटनगरमा

  • २. चितवनका अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा बन्द, बिरामी मर्कामा

  • ३. एमबीएसको प्रश्नपत्र आउट प्रकरणमा थप २ जना पक्राउ

  • ४. सिद्धबाबा सुरूङमार्गको ७० प्रतिशत काम सकियो, कात्तिकसम्म सञ्चालनमा ल्याउने तयारी

  • ५. असारमा तिरिएको भ्याट भदौको बिलमा समायोजन हुने

  • ६. स्वास्थ्य सेवामा अवरोध नगर्न आग्रह

  • ७. अशान्त बनेको कप्तानगञ्जमा पुग्यो छानबिन समिति

  • ८. कांग्रेसले विपद् व्यवस्थापनसम्बन्धी तीन दिने प्रशिक्षण आयोजना गर्ने

  • ९. एकै दिन विपद्का ४२ घटना, तीन जनाको मृत्यु

  • १०. फिर्केखोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता

घुसकाण्डमा दोषी ठहर भएका पूर्वसभासद कार्की एमाले प्रवेश


  •   बिहिबार, असार २५, २०८३ मा प्रकाशित
  • चार लाख रुपैयाँ घुस खाएको आरोपमा दोषी ठहर भएका पूर्वसभासद डोलबहादुर (डिबी) कार्की एमालेमा प्रवेश गरेका छन् । पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले कार्कीलाई पार्टी प्रवेश गराएका हुन् ।

    Advertisement

    एमालेमा प्रवेश गर्नुअघि उनी नेपाली कम्युनिस्ट पार्टी(नेकपा)को पोलिटब्यूरो सदस्य थिए । कार्की सहित नेकपाका ६ जना नेताहरू एमालेमा प्रवेश गरेका हुन् । चार लाख रुपैयाँ घुस एमाले सांसद डिबी कार्की पहिलो संविधानसभाको सभासद् भएका बेला एक व्यक्तिलाई इन्सपेक्टर बनाइदिने भनी चार लाख रुपैयाँ घुस खाएको आरोपमा दोषी ठहर भएका थिए ।

    उनले दुई चरणमा चार लाख रुपैयाँ घुस लिएकोमा अदालतले दोस्रो चरणमा लिएको एक लाख रुपैयाँ घुसका लागि मात्रै उनलाई जिम्मेवार ठहर्‍याएको थियो । भदौ २०६७ सालमा नेपाल प्रहरीमा इन्टपेक्टर भर्ना चलिरहेको थियो । सभासद डोल बहादुर(डीबी) कार्कीले इन्सपेक्टरको जागिर लगाइदिने भनी दुई जनासँग ५ लाख रुपैयाँ मागेका थिए । त्यसक्रममा डिल भएर उनले उनले ३ लाख लगिसकेका थिए । उनीहरूले थप दुई लाख रुपैंया दिने तय भएको थियो, तर मोलमोलाईका क्रममा थप एक लाख रुपैंया मात्रै बुझाए हुने सहमती बन्यो ।

    कार्कीले घुस मागेका व्यक्तिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा खबर गरे र रकम सनाखत गरेर कार्कीलाई बुझाए । अख्तियारको टोलीले सभासद कार्कीलाई पक्राउ गर्‍यो । एक लाख बरामद भएको थियो । कार्कीसँगै स्वामी ब्रम्हानन्द उदासीन नामले चिनिने हर्कनाथ गौतम पनि पक्राउ परेका थिए । चिट पनि बरामद अख्तियारले खानतलासी गर्दा सभासद कार्कीले ‘अन्तर्वार्ता, आज १० गतेका लागि । मा. डीबी कार्की, एक मात्रै अनुरोध छ, जसरी पनि पास गरिदिन अनुरोध छ’ भनेर लेखिदिएको चिट पनि फेला परेको थियो । उनीहरूको कल डिटेल रेकर्डमा पनि बारम्बार सम्पर्क र कुराकानी भएको भेटियो ।

    अख्तियारले कार्कीले लेखेको चिटमा हस्ताक्षर मिल्ने भनेर प्रमाणित समेत भयो । मुद्दा दायर भएपछि विशेष अदालतले सभासद् कार्की र उनीसँगै पक्राउ परेका ब्रम्हानन्द उदासीन दुवैलाई ४/४ महिना कैद र एक एक लाख रुपैयाँ जरिवाना जर्‍यो । अनि डिबी कार्की संविधानसभा सदस्य भएकाले थप दुई महिना कैद पनि भयो । मुद्दा सर्वोच्च अदालत पुग्यो । सर्वोच्चमा मुद्दा पुग्दा ब्रम्हानन्द दिवंगत भइसकेका थिए ।

    सर्वोच्चले असार, २०७६ मा विशेष अदालतको फैसला सदर गरेको हो । त्यतिबेला अख्तियारले शुरुमा बुझाएको तीन लाख र पछि बरामद समेत भएको एक लाख गरी सभासद् कार्कीले चार लाख रुपैयाँ घुस लिएको आरोप लगाएको थियो । तर सर्वोच्च अदालतले भने तीन लाख रुपैंया बुझाएको कुनै दसी वा प्रमाण फेला नपरेको भन्दै बरामद भएको एक लाख रुपैयाँलाई नै घुसको बिगो कायम गरेको थियो ।

    सर्वोच्च अदालतले समेत दोषी ठहर गरेकाले पूर्वसभासद कार्कीको मुद्दा अन्तिम भएर बसेको थियो । कुनैपनि तहको जनप्रतिनिधिमूलक तहमा उम्मेद्वार बन्न नपाउने भएपनि कार्की राजनीतिक क्रियाकलापमा भने संलग्न हुँदै आएका थिए ।

    बिहिबार, असार २५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते
    दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल छाड्न मा
    ‘गौँथली’को व्यापार साढे १३ करोडमाथि
    सुनकोशी नदीमा कार खस्यो
    निर्मल पुर्जासहित पर्वतारोहीको शव आज क्याम्प-१ मा ल्याउने तयारी
    जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ

    लोकप्रिय

    • १.
      सुनसरी घटना छानबिन टोली विराटनगरमा

    • २.
      चितवनका अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा बन्द, बिरामी

    • ३.
      एमबीएसको प्रश्नपत्र आउट प्रकरणमा थप २ जना

    • ४.
      सिद्धबाबा सुरूङमार्गको ७० प्रतिशत काम सकियो, कात्तिकसम्म

    • ५.
      असारमा तिरिएको भ्याट भदौको बिलमा समायोजन हुने

    • ६.
      स्वास्थ्य सेवामा अवरोध नगर्न आग्रह

    भर्खरै

    • १.
      गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते

    • २.
      दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल छाड्न मा

    • ३.
      ‘गौँथली’को व्यापार साढे १३ करोडमाथि

    • ४.
      सुनकोशी नदीमा कार खस्यो

    • ५.
      निर्मल पुर्जासहित पर्वतारोहीको शव आज क्याम्प-१ मा ल्याउने तयारी

    • ६.
      जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ

    • ७.
      संसद्‌मा सम्बोधन गर्दै प्रचण्ड

    • ८.
      जनकपुर बजार बन्द, गृहमन्त्रीको राजीनामा माग

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation