Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

भीमादबाटै राष्ट्रिय परिचयपत्रको सेवा प्रदान
  • ५२ मिनेट 

पर्सामा गोली चलाएर ३० किलो गाँजासहित ३ जना पक्राउ
  • २ घण्टा 

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
  • २ घण्टा 

नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने
  • १ दिन 

परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना
  • १ दिन 

बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ
  • १ दिन 

पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
  • २ दिन 

कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु
  • २ दिन 

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला
  • २ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. दास किराना पसललाई दुई लाख जरिवाना

  • ३. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ४. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

  • ५. एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

  • ६. बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

  • ७. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

  • ८. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

  • ९. चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

  • १०. सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट


  •   सोमबार, जेठ २५, २०८३ मा प्रकाशित
  • सम्पत्ति विवरण सार्वजनिक भएसँगै विवादमा तानिएर गृहमन्त्री पदबाट राजीनामा दिएका सुधन गुरुङलाई सरकारद्वारा गठित छानबिन समितिले सफाइ दिएको छ। गुरुङका सबै सेयर र सम्पत्ति मगाएर अध्ययन गर्दा उनीमाथिको आरोप पुष्टि हुन नसकेको निष्कर्ष समितिले निकालेको हो।

    Advertisement

    यो पनि गोरखामा सुधन गुरुङले भने– ‘फेरि गृहमन्त्री भएँ भने दुई महिना तस्बिर खिच्न नआउनु’  पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा बनेको समितिले बुझाएको ४५ पृष्ठ लामो प्रतिवेदनले गुरुङको चल-अचल सबै सम्पत्तिलाई ‘वैध’ ठहर्‍याएको छ। प्रतिवेदनले सम्पत्ति विवरणमा देखिएका त्रुटिलाई व्यक्तिको नभई ‘राज्यको कमजोर प्रणाली’ को रूपमा व्याख्या गरिदिएको छ।

    यस प्रतिवेदनसँगै गुरुङलाई पुनः गृह मन्त्रालयमा शक्तिशाली रूपमा फर्कने ढोका खुलेको छ भने अर्कोतर्फ सरकारी समितिको निष्पक्षतामाथि उब्जिएका राजनीतिक प्रश्नहरू झनै पेचिलो बनेका छन्। सार्वजनिक रूपमा सबैभन्दा बढी प्रश्न उठेको ८९ तोला सुनलाई समितिले ‘पैत्रिक सम्पत्ति’ मानेको छ।

    सुन खरिदका लागि बैंकबाट पैसा नगएको र परिवारमा पहिलेदेखि नै रहेको आधार देखाउँदै यसलाई वैध मानिएको हो। समितिसँगको बयानमा गुरुङले उक्त सुन पैत्रिक भएको बताएपछि बैंक स्टेटमेन्ट केलाउँदा सुन खरिदका लागि बैंकबाट पैसा नबाहिरिएको पाइएकाले समिति सो निष्कर्षमा पुगेको हो।

    विवादास्पद व्यवसायी दीपक भट्टसँग गुरुङको व्यावसायिक साझेदारी रहेको आशंकालाई पनि प्रतिवेदनले अस्वीकार गरेको छ। सेयर खरिद गर्दा उनले ऋण लिएको कागजात फेला परेको र भट्टसँगको सम्बन्ध केवल चिनजानमा मात्र सीमित रहेको निष्कर्ष निकालिएको छ।

    चिनजान भएकै आधारमा साझेदार रहेको भन्नु गलत हुने समितिको ठहर छ। त्यस्तै, ‘जेनजी’ आन्दोलनको समयमा विदेशबाट आएको भनिएको ५० लाख रुपैयाँ बैंकिङ प्रणालीबाटै आएको र त्यो व्यक्तिगत खर्चमा प्रयोग भएको देखिएकाले त्यसलाई पनि समितिले स्वाभाविक मानेको छ।

    समितिले गुरुङको दोषभन्दा पनि राज्यको प्रणालीमा समस्या देखाएको छ। धनकुटाको जग्गा रजिस्ट्रेसन पास गर्दा कम मूल्य कायम गर्नु वा सम्पत्ति विवरण फरक पर्नुलाई गुरुङको नियतभन्दा पनि नेपालको प्रशासनिक कमजोरी भनिएको छ। यो उनको हकमा मात्रै नभएर अरूको हकमा पनि हुन सक्ने भएकाले प्रणाली सुधारका लागि समितिले सुझाव दिएको छ। सम्पत्ति विवरण फरक पर्नुलाई सामान्य त्रुटि औंल्याउँदै समितिले यस्ता सामान्य त्रुटिका आधारमा कानुनी कारबाही गर्न जरुरी नभएको सुझाव सरकारलाई दिएको छ। बरु, जग्गा मूल्यांकन र सुनको ट्रयाकिङ गर्ने प्रणाली सुधार्न सरकारलाई भनिएको छ।

    समितिका एक सदस्यले भेटिएका यथेष्ट प्रमाण जे हो त्यही प्रतिवेदनमा राखिदिएको र आवश्यक सुझाव दिएको  बताए। ‘सरकारलाई आउँदो दिनमा प्रणालीगत सुधारका लागि सुझाव दिएका छौं,’ ती सदस्यले भने, ‘प्रतिवेदन बुझाइसकेकाले सरकारले के-कसरी लिन्छ अब हाम्रो हातमा छैन।’ ती सदस्यका अनुसार गुरुङले सम्पत्ति विवरण बुझाउँदा देखिएको सामान्य त्रुटि मात्रै हो, जुन राज्य प्रणालीका कारणबाट भएको हो र त्यसमा गुरुङको दोष देखिन्न। मन्त्रिपरिषद्को वैशाख २८ गतेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको थियो।

    समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य थिए। प्रतिनिधिसभा सदस्यसमेत रहेका पूर्वगृहमन्त्री गुरुङसँग सम्बन्धित सार्वजनिक रूपमा उठेका विषयको सत्यतथ्य अध्ययन तथा छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी समितिलाई दिइएको थियो। पछि समय अपुग भएपछि थप पाँच दिन म्याद थपिएको थियो। व्यापारी दीपक भट्टसँग व्यापारिक साझेदारी रहेको विषय सार्वजनिक भएपछि गुरुङ विवादमा तानिएका थिए।

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको थुनामा रहेका भट्टको लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सको सेयर खरिद गरेको विषयमा प्रश्न उठेपछि गुरुङमाथि दबाब बढेको थियो। रकमको स्रोतबारे प्रश्न उठेपछि गुरुङले आफूले सापटी लिएर करिब ५० लाख रुपैयाँ बराबरको सेयर खरिद गरेको दाबी गर्दै आएका थिए। चौतर्फी आलोचनापछि उनले वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए।

    उनी जम्मा २६ दिनमात्रै गृहमन्त्रीको जिम्मेवारीमा रहेका थिए।

    सोमबार, जेठ २५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भीमादबाटै राष्ट्रिय परिचयपत्रको सेवा प्रदान
    पर्सामा गोली चलाएर ३० किलो गाँजासहित ३ जना पक्राउ
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
    नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने
    परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना
    बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ३.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ४.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई

    • ५.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ६.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री

    भर्खरै

    • १.
      भीमादबाटै राष्ट्रिय परिचयपत्रको सेवा प्रदान

    • २.
      पर्सामा गोली चलाएर ३० किलो गाँजासहित ३ जना पक्राउ

    • ३.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ४.
      नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने

    • ५.
      परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना

    • ६.
      बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ

    • ७.
      पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना

    • ८.
      कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation