Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
आइतबार, असार ०७, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो
  • १ घण्टा 

रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
  • ३ घण्टा 

वडा नम्बर ५ को वडा भेला सम्पन्न, स्थानीय विकास तथा जनचासोका विषयमा छलफल
  • ३ घण्टा 

उदयपुरमा स्कुल बस दुर्घटना, ३२ जना घाइते
  • १ दिन 

जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ : मन्त्री रावल
  • १ दिन 

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा
  • १ दिन 

रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने
  • १ दिन 

अमेरिका नकआउट चरणमा प्रवेश, अस्ट्रेलिया २–० गोलअन्तरले पराजित
  • १ दिन 

राष्ट्रिय सभाबाट पनि चार अध्यादेश स्वीकृत
  • २ दिन 

लोकप्रिय समाचार

  • १. काठमाडौं महानगरमा विपन्न तथा असहायलाई नि:शुल्क उपचार

  • २. परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान्

  • ३. चितवनमा ४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो

  • ४. विश्वकप फुटबलमा स्वीडेनले ट्युनिसियालाई ५–१ गोलले हरायो

  • ५. बर्डफ्लु पुष्टि भएका सात लाख पन्छी नष्ट, किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने

  • ६. माडीको वैकुण्ठ क्षेत्रमा बन्ने भयो बुद्ध पार्क

  • ७. भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ

  • ८. रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

  • ९. भिरबाट टेम्पो खसालिएको घटना : वन निर्देशक बिष्टको संयोजकत्वमा छानबिन समिति गठन

  • १०. मधेसमा एक करोड रुपैयाँभन्दा कमका योजनामा बजेट नराखिने, नयाँ सवारी साधन खरिदमा रोक

कमला पुल निरीक्षण गरी फर्किए मन्त्री, स्पष्ट कार्ययोजना नआएको भन्दै स्थानीयले गरे नाराबाजी


  •   आइतबार, जेठ २४, २०८३ मा प्रकाशित
  • २४ जेठ, सिरहा । करिब १५ वर्षदेखि अलपत्र कमला पुलको स्थलगत निरीक्षणमा पुगेका भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले ‘काम गरेर देखाउने’ प्रतिबद्धता जनाए पनि स्पष्ट कार्ययोजना नआएको भन्दै स्थानीयले नाराबाजी गरेका छन् ।

    Advertisement

    सिरहा र धनुषा जिल्लालाई जोड्ने हुलाकी राजमार्गमा पर्ने कमला पुलको स्थलगत निरीक्षण गर्न मन्त्री लम्साल शनिबार साँझ करिब ६ बजे पुगेका थिए । स्थानीय केही युवाहरु पनि त्यहाँ पुगेका थिए । उनीहरुले पुल कहिले बन्छ भनेर मन्त्री लम्साललाई प्रश्न गरेका थिए । तर जवाफ नदिई हिँडेको भन्त्री केही युवाहरुले नाराबाजी गरेका थिए । हुलाकी कमला पुल संघर्ष समितिका संयोजक इन्जिनियर प्रविन यादवका अनुसार मन्त्री लम्सालले ‘हामी बोल्न होइन, काम गर्न आएका हौं, काम गरेर देखाउँछौं,’ भनेका थिए ।

    संघर्ष समितिका संयोजक यादवका अनुसार मन्त्रीबाट पुल निर्माणको भविष्यबारे कुनै स्पष्ट धारणा नआएपछि स्थानीयवासी आक्रोशित हुँदै नाराबाजीमा उत्रिएका थिए । तर स्थानीय नरेशचन्द्र बरबरियाका अनुसार मन्त्री लम्सालले पुल निर्माणमा संलग्न ठेकेदार तथा सम्बन्धित अधिकारीहरूसँग छलफल गर्दै निर्माण प्रक्रिया छिटो अघि बढाउन निर्देशन दिएका थिए । मन्त्री निरीक्षणका लागि आउने खबरले स्थानीयमा आशा जगाए पनि उनले कुनै सार्वजनिक धारणा वा प्रतिबद्धता व्यक्त नगरेको भन्दै केही स्थानीय आक्रोशमा आएका थिए ।

    भिडियोमा केही युवाहरुले मन्त्रीतर्फ मोबाइल तेर्स्याउँदै पुल कहिले बन्छ भनेर प्रश्न गरेको सुनिन्छ । तर मन्त्री बालेको आवाज सुनिँदैन । त्यसपछि पछाडिबाट केही युवाले हात माथि उठाँदै नाराबाजी गरेको आवाज सुनिन्छ । संघर्ष समितिका संयोजक यादवले भने, ‘कमला पुल कहिले बन्छ, पुरानै संरचनालाई निरन्तरता दिइन्छ कि नयाँ योजना ल्याइन्छ भन्ने विषयमा मन्त्रीले केही पनि स्पष्ट पार्नुभएन । त्यही भएर स्थानीय आक्रोशमा आए ।’ मन्त्रीको टोली फर्किने क्रममा स्थानीयले नाराबाजी गर्दै ‘फोटो खिचाउन मात्र होइन, जवाफ दिन पनि आउनुपर्छ,’ ‘मधेशलाई उपेक्षा गर्न पाइँदैन’ जस्ता नारा लगाएका थिए ।

    लम्सालबाट सार्वजनिक रुपमा स्पष्ट प्रतिबद्धता नआउँदा पुलबारे जनतामा झन् अन्योल र निराशा बढाएको भन्दै आक्रोशमा आएका केहीले मन्त्री सवार गाडीको बाटो छेक्ने प्रयास समेत गरेको प्रत्यक्षदर्शी बताउँछन् । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक बासुदेव पाठकले भने मन्त्रीको निरीक्षणपछि सामान्य नाराबाजी भएको स्वीकार गरे तर गाडी नै अवरोध भने नभएको जानकारी दिए ।

    मन्त्रीको सवारी फर्किने क्रममा बाटो व्यवस्थापनका लागि प्रहरीले सामान्य सहजीकरण मात्र गरेको उनले बताए । मन्त्री लम्सालसहित अहिलेसम्म १८ जना मन्त्री कमला पुल निरीक्षणका लागि आएको तर निर्माणको काम वर्षौंदेखि अधुरो रहेको भन्दै स्थानीय आक्रोशित छन् ।

    आइतबार, जेठ २४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
    वडा नम्बर ५ को वडा भेला सम्पन्न, स्थानीय विकास तथा जनचासोका विषयमा छलफल
    उदयपुरमा स्कुल बस दुर्घटना, ३२ जना घाइते
    जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ : मन्त्री रावल
    ‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा

    लोकप्रिय

    • १.
      काठमाडौं महानगरमा विपन्न तथा असहायलाई नि:शुल्क उपचार

    • २.
      परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान्

    • ३.
      चितवनमा ४५ वर्षमा २३ सयभन्दा बढी गोही

    • ४.
      विश्वकप फुटबलमा स्वीडेनले ट्युनिसियालाई ५–१ गोलले हरायो

    • ५.
      बर्डफ्लु पुष्टि भएका सात लाख पन्छी नष्ट,

    • ६.
      माडीको वैकुण्ठ क्षेत्रमा बन्ने भयो बुद्ध पार्क

    भर्खरै

    • १.
      ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

    • २.
      रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

    • ३.
      वडा नम्बर ५ को वडा भेला सम्पन्न, स्थानीय विकास तथा जनचासोका विषयमा छलफल

    • ४.
      उदयपुरमा स्कुल बस दुर्घटना, ३२ जना घाइते

    • ५.
      जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ : मन्त्री रावल

    • ६.
      ‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा

    • ७.
      रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

    • ८.
      अमेरिका नकआउट चरणमा प्रवेश, अस्ट्रेलिया २–० गोलअन्तरले पराजित

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation