Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

भीमादबाटै राष्ट्रिय परिचयपत्रको सेवा प्रदान
  • ५४ मिनेट 

पर्सामा गोली चलाएर ३० किलो गाँजासहित ३ जना पक्राउ
  • २ घण्टा 

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
  • २ घण्टा 

नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने
  • १ दिन 

परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना
  • १ दिन 

बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ
  • १ दिन 

पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
  • २ दिन 

कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु
  • २ दिन 

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला
  • २ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. दास किराना पसललाई दुई लाख जरिवाना

  • ३. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ४. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

  • ५. एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

  • ६. बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

  • ७. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

  • ८. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

  • ९. चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

  • १०. सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

सुधन गुरुङले हिरासत पुगेर जेनजीलाई दिएका हुन् धम्की ?


  •   शुक्रबार, जेठ २२, २०८३ मा प्रकाशित
  • जेठ, काठमाडौं । सीमा विवादको विषयमा आन्दोलन गर्दै भारतीय दूतावास घेर्न पुगेका केही युवाहरूलाई २० जेठमा प्रहरीले पक्राउ गर्‍यो । लैनचौरस्थित दूतावास क्षेत्रबाट पक्राउ परेकाहरूलाई प्रहरी वृत्त स्रोहखुट्टेमा राखियो । तर, त्यहाँ राखिएका जेनजी युवाहरूलाई पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङले हिरासतमै पुगेर धम्की दिएको आरोप जेनजीहरूले लगाएका छन् ।

    Advertisement

    राष्ट्रिय जेनजी नागरिक अभियानले बिहीबार एक विज्ञप्ति जारी गर्दै हिरासतमा सुधनले दुर्व्यवहार गरेको दाबी गरेका छन् । ‘शान्तिपूर्ण रूपमा पम्पलेट प्रदर्शन गर्ने उद्देश्यले हामी भारतीय दूतावास नजिक पुगेका थियौं । तर कार्यक्रम सुरु हुनुअघि नै प्रहरीले बल प्रयोग गरी चार जना जेनजी अभियन्ता अजय सोडारी, प्रकाश बम, सुजन पौडेल र स्तुल जेम्स नेपालीलाई नियन्त्रणमा लिई सोह्रखुट्टेमा राख्यो । हिरासतमा राखिएको एक घण्टापछि सुधन गुरुङ दलबलसहित थुनुवा कक्षमा प्रवेश गरी हामीसँग अस्वाभाविक, अमर्यादित दबाबमूलक व्यवहार गर्नुभयो,’ विज्ञप्तिमा उल्लेख छ । यति मात्रै होइन, अर्को धम्की पनि दिएको दाबी विज्ञप्तिमा उल्लेख छ । ‘तपाईंहरू कोबाट परिचालित हुनुहुन्छ, यो अन्तिम मौका हो । अब सरकार र प्रहरीले समाते भने छोड्दैनौं ।

    सरकारविरुद्ध बोल्न बन्द गर्नुस् भन्दै हामीमाथि मानसिक दबाब सिर्जना गर्ने र थर्काउने प्रयास भयो,’ विज्ञप्तिमा भनिएको छ । प्रहरी हिरासतमा रहेका व्यक्तिलाई अनधिकृत व्यक्ति गएर धम्क्याउनु गम्भीर विषय भन्दै यो घटनाको छानबिन हुनुपर्ने मागसमेत उनीहरूले गरेका छन् । अनधिकृत व्यक्तिले प्रहरी हिरासतमा थुनेको व्यक्तिलाई धम्क्याउनु गैरजिम्मेवारी काम हो । राष्ट्रिय जेनजी नागरिक अभियानले भने जस्तै सुधन गुरुङले सोह्रखुट्टे प्रहरीको हिरासत पुगेर थुनुवालाई धम्क्याएका हुन्/होइनन् भन्नेबारे  खोज्ने प्रयास गरेको छ । सो क्रममा माथि उल्लेखित जेनजीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर थुनेको समयमा गुरुङ सोह्रखुट्टे प्रहरी वृत्त पुगेको भने पुष्टि भएको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले सुधन गुरुङ त्यहाँ पुगेको पुष्टि गरेका छन् । ‘उहाँ (सुधन गुरुङ) त्यहाँ पुग्नु भएको हो । जेनजी भाइहरूलाई त्यहाँ राखिएको छ भनेपछि उहाँ भेट्न जानु भएको रहेछ,’ एसपी भट्टराईले भने । प्रहरी वृत्त सोह्रखुट्टेमा सुधन गुरुङ पुगेको पुष्टि भए पनि त्यहाँ गएर उनले जेनजीहरूलाई धम्क्याएका हुन्/होइनन् वा भएको के हो भन्नेबारे प्रहरीले औपचारिक रूपमा केही बताएको छैन । एसपी तथा प्रवक्ता भट्टराईले गुरुङ भेट्न गएको तर त्यहाँ उनले के भने भन्नेबारे केही जानकारी नभएको बताए ।

    केही समय भेटघाट गरेर सुधन त्यहाँबाट बाहिर निस्केको बताइएको छ । तर जेनजीहरूले भने उनले धम्क्याएको दाबी गर्दै आएका छन् । यसबारे हामीले प्रहरी वृत्त सोह्रखुट्टेसँग पनि बुझ्ने प्रयास  गरेका छौं । सोह्रखुट्टे वृत्तले पनि सुधन आएर केहीबेर भेटेर गएको बताए पनि धम्क्याएकोबारेमा भने केही बोलेन । ‘उहाँ आउनुभएको हो । भेटेर जानुभएको हो । तर उहाँहरूबीच के कुराकानी भयो भन्नेबारे हामीलाई थाहा भएन,’ सोह्रखुट्टे वृत्त स्रोत भन्छ । आफ्नै काम विशेष प्रहरी कार्यालय जानुलाई भने स्वाभाविक रूपमा लिइन्छ । तर सुधन आफ्नो व्यक्तिगत कुनै समस्या वा कामका लागि सोह्रखुट्टे नगएको पुष्टि भएको छ । त्यहाँ उनले कुनै उजुरी वा गुनासो नगरेको प्रहरी स्रोतले बतायो । उनी थुनामा रहेका जेनजीहरूलाई मात्रै भेटेर फिर्ता भएको प्रहरीको भनाइ छ ।

    उनी आफ्नो व्यक्तिगत कामले नभई जेनजीलाई भेट्न हिरासत गएको र केहीबेर कुराकानी भएको भने प्रहरी स्रोतबाट पुष्टि भएको छ ।

    शुक्रबार, जेठ २२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भीमादबाटै राष्ट्रिय परिचयपत्रको सेवा प्रदान
    पर्सामा गोली चलाएर ३० किलो गाँजासहित ३ जना पक्राउ
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
    नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने
    परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना
    बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ३.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ४.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई

    • ५.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ६.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री

    भर्खरै

    • १.
      भीमादबाटै राष्ट्रिय परिचयपत्रको सेवा प्रदान

    • २.
      पर्सामा गोली चलाएर ३० किलो गाँजासहित ३ जना पक्राउ

    • ३.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ४.
      नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने

    • ५.
      परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना

    • ६.
      बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ

    • ७.
      पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना

    • ८.
      कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation