Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
  • २ दिन 

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
  • २ दिन 

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
  • २ दिन 

सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
  • २ दिन 

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
  • ३ दिन 

एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित
  • ३ दिन 

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
  • ३ दिन 

१५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान
  • ४ दिन 

दास किराना पसललाई दुई लाख जरिवाना
  • ४ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

  • ३. नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

  • ४. रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

  • ५. दास किराना पसललाई दुई लाख जरिवाना

  • ६. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

  • ७. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

  • ८. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ९. एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

  • १०. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

सुधन गुरुङको बयान लिने तयारी, समिति भन्छ– हामी बोल्दैनौं, प्रमाण बोल्छ


  •   आइतबार, जेठ १०, २०८३ मा प्रकाशित
  • १० जेठ, काठमाडौं । तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङमाथि छानबिन गर्न बनेको समितिले गुरुङको बयान लिने भएको छ । मन्त्रिपरिषद्को २८ वैशाखको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहने गरी गुरुङमाथि छानबिन गर्न समिति गठन गरेको थियो । उक्त समितिले आधा जति काम सकिसकेको छ । समिति स्रोतका अनुसार अब गुरुङमाथि बयान लिने काम अघि बढाइने छ । अहिलेसम्म समितिले उनीमाथि लागेको आरोपका विषयमा सम्बन्धित क्षेत्रसँग बुझ्नेदेखि सम्पत्ति विवरणसमेत केलाएर अध्ययन गरेको छ । छानबिन आधा जति सकिएकाले अब गुरुङको बयान लिने तयारी समितिले गरेको हो । ‘अब हामी प्रश्न उठेका विषयहरूमा माननीयज्यू (सुधन गुरुङ)सँग सोधपुछ गर्छौं,’ समिति स्रोतले अनलाइनखबरसँग भन्यो । समितिका अध्यक्ष भण्डारीका अनुसार गुरुङ मन्त्री भएका बेला उठेका विषयमा छानबिन गर्ने कार्यक्षेत्र तोकिएकाले अहिले त्यहीअनुसार काम भइरहेको छ ।

    Advertisement

    ‘हाम्रो कार्यक्षेत्र भनेकै मन्त्री हुँदा उठेका विषयहरूको छानबिन गर्न प्रतिवेदन तयार गर्ने र सुझाव दिने भन्ने छ । सोहीअनुसार हामीले काम गरिरहेका छौं,’। स्पष्ट किटान गरेर प्रतिवेदन बुझाइने समितिले स्पष्ट किटान गरेर प्रतिवेदन बुझाउने बताएको छ । यसमा यस्तो, उस्तो, इफ, बटभन्दा पनि दोषी भए प्रष्ट रूपमा दोषी, निर्दोष भए स्पष्ट रूपमा यो कारण निर्दोष भनेर प्रतिवेदन बुझाइने समितिले जनाएको छ ।

    समितिका अध्यक्ष भण्डारी भन्छन्, ‘हामी बोल्दैनौं । हाम्रो प्रमाण बोल्छ । डकुमेन्ट बोल्छ । स्पष्ट किटान गरेर कारण र प्रमाणसहित रिपोर्ट आउँछ ।’ उनका अनुसार हरेक विषयलाई तथ्य र प्रमाणसँग जुधाएर अध्ययनको काम भइरहेको छ । सफाइ पाउने भए पनि स्पष्ट रूपमै र गैरकानुनी वा कारबाही गर्नुपर्ने भए पनि प्रमाण र तथ्यसहित आउने भएकाले आम मान्छेले विश्वास गर्ने रिपोर्ट समितिले बुझाउने उनको दाबी छ । ‘जसरी अदालतले स्पष्ट रूपमा कारण, प्रमाणसहित फैसला गर्छ, त्यसैगरी रिपोर्ट आउने हो । जे आए पनि यसमा प्रमाण र तथ्यमा आधारित हुन्छ । हामी बोल्नेभन्दा पनि हाम्रो प्रमाण बोल्छ,’ उनी भन्छन् । तोकिएकै समयमा प्रतिवेदन बुझाइने समितिले तोकिएकै समयमा प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

    अहिले त्यहीअनुसार काम भइरहेको समितिले बताएको छ । काम सुरु गरेको दिनबाट समितिलाई १५ दिनको समय दिइएको थियो । अहिले एक हप्ताको समय बितिसकेको र अबको बाँकी समयमै प्रतिवेदन बुझाउने गरी काम गरिएको समितिले बताएको छ । ‘तोकिएकै समयमा प्रतिवेदन बुझाउने गरी काम गरेका छौं । तलमाथि केही नभएर यही स्पिरिटमा गयो भने तोकिएकै समयमा प्रतिवेदन बुझाउँछौं,’ अध्यक्ष भण्डारीले भने । गुरुङ मन्त्री हुँदा उठेका विषयका साथै राय–सुझावसहितको प्रतिवेदन समितिले पेस गर्नु पर्नेछ । के हो सुधनमाथिको आरोप ? सम्पत्ति शुद्धीकरणको कसुरमा व्यवसायी दीपक भट्ट १९ चैतमा काठमाडौंबाट पक्राउ परे । उनी अहिले पनि प्रहरी हिरासतमै छन् । हिरासतमा रहेका व्यवसायी भट्टसँग साझेदार देखिएपछि गुरुङ विवादमा तानिएका थिए । सम्पत्ति विवरण सार्वजनिक गर्दा सेयर लुकाएको, विवादास्पद व्यापारीको कम्पनीमा सेयर देखिएको जस्ता विषय सार्वजनिक भएपछि ९ वैशाखमा गुरुङले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका थिए ।

    उनले बुझाएको सम्पत्ति विवरण, जग्गा, सुन लगायतका विषयमा अनेक टीकाटिप्पणी भएका थिए । राजीनामा दिँदै गुरुङले फेसबुकमा लेखेका थिए, ‘पछिल्ला दिनहरूमा नागरिक स्तरबाट सेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु । मेरा लागि पदभन्दा ठूलो नैतिकता हो । जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन । मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् ।’ छानबिन होस् भन्दै गुरुङले राजीनामा दिएको २० दिनपछि ३१ वैशाखमा सरकारले छानबिन समिति बनाएको थियो । अबको गृहमन्त्री को ? शनिबार सशस्त्र प्रहरी अस्पताल बलम्बु पुगेर तालिमका क्रममा घाइते भएका प्रशिक्षार्थी जवानहरूलाई भेटेपछि धेरैले पुन: गुरुङ नै गृहमन्त्री बन्न लागेको आशंका गरेका छन् । उनी अहिले छाया गृहमन्त्रीको हैसियतमा बलम्बु पुगेको हुन सक्ने आशंका पनि गरिएको छ । तर, त्यसो नभएर गुरुङ एउटा मानवीय नाताले त्यहाँ पुगेको उनको सचिवालयले बताएको छ ।

    तालिम गर्दागर्दै बेहोस भएको समाचार सार्वजनिक भएपछि निकै दु:ख लागेको भन्दै पूर्वमन्त्री गुरुङ फलफूल बोकेर बिरामी भेट्न अस्पताल पुगेका थिए । त्यहाँ उनले बिरामीको बारेमा जानकारी लिनुका साथै आफूले व्यक्तिगत रूपमा गर्नुपर्ने केही सहयोग भए गर्न पनि तयार रहेको बताएको सशस्त्र प्रहरी स्रोतले बतायो । उनले अस्पतालका निर्देशकसँग पनि बिरामीको बारेमा जानकारी लिएका थिए । गुरुङमाथि छानबिन नसकिएको र महिना बित्दा पनि गृहमन्त्री नियुक्त नगरिनुले अब गृहमन्त्री को बन्छ भन्ने चासोका साथ हेरिएको छ । यसबारे रास्वपाले अहिलेसम्म केही निर्णय गर्न सकेको छैन । निर्णय नगर्नु र छानबिनसमेत नसकिनुले गृहमन्त्रीमा पुन: गुरुङ नै आउने सम्भावना रहेको आकलन पनि गरिएको छ ।

    यदि छानबिन समितिले उनलाई निर्दोष ठहर गरेको अवस्थामा पुन: गृहमन्त्री बन्ने सम्भावना कायमै रहेको रास्वपाका नेताहरू पनि स्वीकार्छन् । तर यसका लागि अन्तिम निर्णय भने प्रधानमन्त्री बालेन शाहको हातमा रहेको उनीहरूको बुझाइ छ । यसअघि पनि बालेनकै रोजाइमा गुरुङ गृहमन्त्री बनेकाले छानबिन समितिबाट सफाइ पाएको अवस्थामा बालेनले पुन: गुरुङलाई नै गृहमन्त्री बनाउने सम्भावना कायमै रहेको बताइन्छ ।

    आइतबार, जेठ १०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
    बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
    सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
    संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
    एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

    • ३.
      नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

    • ४.
      रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

    • ५.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ६.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई

    भर्खरै

    • १.
      स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

    • २.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    • ३.
      अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    • ४.
      सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

    • ५.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • ६.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ७.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ८.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation