Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
  • २ दिन 

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
  • २ दिन 

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
  • २ दिन 

सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
  • २ दिन 

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
  • ३ दिन 

एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित
  • ३ दिन 

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
  • ३ दिन 

१५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान
  • ४ दिन 

दास किराना पसललाई दुई लाख जरिवाना
  • ४ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

  • ३. नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

  • ४. रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

  • ५. दास किराना पसललाई दुई लाख जरिवाना

  • ६. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

  • ७. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

  • ८. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ९. एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

  • १०. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

पेट्रोलको आयात दुई गुणाले वृद्धि


  •   बिहिबार, जेठ ०७, २०८३ मा प्रकाशित
  • बारा । नेपाल आयल निगम अम्लेखगञ्ज डिपोमा पेट्रोलको आयात दुई गुणाले वृद्धि भएको छ । गत वर्षको तुलनामा चालु आर्थिक वर्ष पेट्रोलको आयात दोब्बर बढेको हो । पाइपलाइनबाट पेट्रोल आयात हुन थालेसँगै परिमाण पनि बढेको हो । गत आर्थिक वर्ष १ लाख ८४ हजार किलोलिटर पेट्रोल आयात भएकोमा चालु आर्थिक वर्ष ४ लाख किलोलिटर पेट्रोल आयात भएको निगमको प्रादेशिक डिपो अम्लेखगञ्जले जनाएको छ । डिजेलमा भने सामान्यमात्रै वृद्धि भएको छ ।

    Advertisement

    चालु आर्थिक वर्ष ९ लाख १५ हजार ६१३ किलोलिटर डिजेल आयात भएकोमा गत आर्थिक वर्ष ९ लाख किलोलिटर आयात भएको निगमले जनाएको छ ।  गत वर्ष फागुनदेखि पाइपलाइनबाट पेट्रोल आयात भइरहेको छ । डिजेल भने २०७६ सालदेखि नै पाइपलाइनबाट आयात भइरहेको छ ।

    ‘यसअघि ट्याङ्करबाट स्थानीय बजारका लागि मात्रै पेट्रोल आयात हुन्थ्यो भने अहिले देशभरका ठुला सहरहरूको लागि यहीँबाट लोड भएर ढुवानी हुन्छ,’ अम्लेखगञ्ज डिपो प्रमुख अशोक साहले भने, ‘गत वर्षको तुलनामा तेलको आयात र बिक्री वितरण राम्रो अवस्थामा छ ।’अम्लेखगञ्ज डिपोबाट थानकोट, पोखरा, भैरहवा, विराटनगर, जनकपुर, वीरगञ्ज लगायत देशभरका २० जिल्लाका सरकारी तथा निजी पम्पहरूमा बिक्री वितरण हुने गर्दछ ।

    प्रादेशिक डिपो प्रमुख साहले सरकारी पम्पहरूका लागि दैनिक पेट्रोल १२५ देखि १५० ट्याङ्कर र डिजेल २ सयदेखि २५० ट्याङ्कर लोड हुने गरेको बताए ।  निजी पम्पहरूका लागि भने दैनिक १५० ट्याङ्कर पेट्रोलियम पदार्थ लोड हुने गर्दछ । अम्लेखगञ्जमा भारतको मोतिहारीबाट पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात हुने गर्दछ

    अम्लेखगञ्जबाट मोतिहारी ७० किलोमिटर दुरीमा पर्छ । मोतिहारीबाट तेल छोडेको ४ दिनमा अम्लेखगञ्ज डिपोमा आइपुग्छ । अम्लेखगञ्ज डिपोमा पेट्रोल ४ देखि ५ दिन र डिजेल ६ देखि ७ दिनका लागि पुग्ने भण्डारण क्षमता रहेको निगमले जनाएको छ । ‘हाम्रो सबैभन्दा धेरै बिक्री थानकोट डिपोमा हुन्छ,’ प्रमुख साहले भने, ‘पेट्रोल १७ हजार ७४७ किलोलिटर र डिजेल २५ हजार ८४३ किलोलिटर भण्डारण क्षमता छ ।’ निगमले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्दा आयात केही कम गर्ने गर्दछ । अम्लेखगञ्जमा भारतको मोतिहारीबाट पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात हुने गर्दछ ।

    ट्याङ्करमार्फत भारतको बरौनीबाट पेट्रोल आयात हुँदै आएको थियो । हाल ती ट्याङ्करलाई आन्तरिक ढुवानीमा व्यवस्थापन गरेर पाइपलाइन पूर्ण रूपमा सञ्चालन गरिएको छ । ‘बजारमा सहज तरिकाले तेल पठाएका छौँ । अभाव हुने अवस्था छैन । हामीसँग पर्याप्त भण्डारण छ,’ प्रादेशिक डिपो प्रमुख साहले भने, ‘गत वर्षको तुलनामा तेलको आयात र बिक्री वितरणको अवस्था राम्रो छ ।’ पाइपलाइनबाट इन्धन आयात हुन थालेपछि तेलको अवैध चोरी, तस्करी, सडक दुर्घटना, वातावरण प्रदूषण कम भएको छ भने अतिरिक्त खर्चसमेत कटौती भएको निगमले जनाएको छ ।

    ढुवानी खर्चमा समेत प्रतिलिटर ३ रुपैयाँ बचत हुँदा राज्यको वार्षिक १ अर्ब रुपैयाँभन्दा बढी ढुवानी भाडा जोगिएको छ । इन्धनको खपत घट्न थाल्यो पछिल्लो समय इन्धनको खपत घट्न थालेको प्रादेशिक डिपो कार्यालय अम्लेखगञ्जले जनाएको छ । अम्लेखगञ्ज डिपोबाट मात्रै विगतमा दैनिक औसत ५ हजार किलोलिटर डिजेल र २ हजार किलोलिटर पेट्रोल बिक्री हुने गरेकामा अहिले दैनिक औसत ३ हजार ५ सय किलोलिटर डिजेल र करिब १ हजारदेखि १ हजार ५ सय किलोलिटर पेट्रोल बिक्री भइरहेको डिपो प्रमुख साहले बताए । ‘सामान्य अवस्थामा दैनिक ५ हजार किलोलिटर डिजेल र २ हजार किलोलिटर पेट्रोल अमलेखगन्ज डिपोबाट बिक्री हुन्थ्यो अहिले घटेको छ,’ उनले भने, ‘अमेरिका र इरानबिच बढ्दो तनावका कारण इन्धनको मूल्य चर्किएसँगै सबैखाले इन्धनको खपत घटेको छ ।’ त्यसैगरी मटीतेलको बिक्री पनि ह्वात्तै घटेको निगमले जनाएको छ । मटीतेल विशेष गरी निर्माण व्यवसायीले खपत गर्ने गर्छन् । पछिल्लो समय निर्माण आयोजनाहरू पनि इन्धनको मूल्यवृद्धिले प्रत्यक्ष र अप्रत्यक्ष रूपले प्रभावित छन् ।

    बिहिबार, जेठ ०७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
    बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
    सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
    संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
    एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

    • ३.
      नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

    • ४.
      रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

    • ५.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ६.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई

    भर्खरै

    • १.
      स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

    • २.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    • ३.
      अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    • ४.
      सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

    • ५.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • ६.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ७.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ८.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation