Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने
  • २० घण्टा 

परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना
  • २१ घण्टा 

बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ
  • २१ घण्टा 

पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
  • २ दिन 

कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु
  • २ दिन 

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला
  • २ दिन 

स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
  • ४ दिन 

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
  • ४ दिन 

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
  • ४ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. दास किराना पसललाई दुई लाख जरिवाना

  • ३. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

  • ४. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ५. एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

  • ६. बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

  • ७. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

  • ८. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

  • ९. सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

  • १०. चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

ब्लड डोनर्स सोसाइटी नेपाल राजनीतिक कब्जामा, प्रतिनिधिहरुले गरे बहिष्कार


  •   शनिबार, बैशाख ०५, २०८३ मा प्रकाशित
  • चितवन, वैशाख ५– बिरामीलाई आवश्यक समयमा सहज रुपमा रगत व्यवस्थापन गर्ने उद्देश्यले स्थापना भएको ब्लड डोनर्स सोसाइटी नेपालमा राजनीतिकरण भएपछि भाडभैलो मच्चिएको छ ।

    Advertisement

    शनिबार गैंडाकोटमा आयोजित पाँचौं वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनमै संस्थामा राजनीतिकरण भएपछि ब्लड डोनर्स सोसाइटीको भविष्य माथि नै प्रश्न उब्जिएको छ ।

    सोसाइटीको वरिष्ठ उपाध्यक्ष हरिप्रसाद न्यौपाने अध्यक्षका प्रत्यासी थिए । तर महासचिव अञ्जन दवाडीले अध्यक्षमै दावी गरेपछि संस्था जोगाउन भन्दै वरिष्ठ उपाध्यक्ष न्यौपाने पछि हट्न बाध्य भए ।

    ‘वरिष्ठ उपाध्यक्ष भएकाले मेरो अध्यक्ष बन्ने बाहेक अर्को ठाउँ थिएन, महासचिव अब कार्यकारिणी उपाध्यक्ष हुने ठाउँ थियो, तर राजनीतिकरण गरेर संस्थालाइ नै बदनाम गर्ने कोशिस भएपछि पछि हटे, शुभेच्छा दिएर फर्किए’–न्यौपानेले भने । संस्थामा जम्मा ५० जना मात्रै मतदाता रहेका थिए ।

    थोरै मतदातामा चुनाव गर्न नहुने पक्षमा न्यौपाने थिए । तर अर्को पक्ष जसरी पनि अध्यक्ष बन्ने ढिपि कसेपछि संस्था जोगाउन भन्दै न्यौपाने पछि हटे । बहुसंख्यक मतदाताले वरिष्ठ उपाध्यक्षलाई अघि नबढाएको भन्दै रुष्ट हुन पुगे । फलस्वरुप सानो संस्थालाई विधिसम्मत र सर्वसम्मत नबनाई राजनीतिकण भएपछि ब्लड डोनर्स सोसाइटी भरतपुर र माडी नगर कमिटीसहितका प्रतिनिधिहरुले निर्वाचन पक्रिया नै बहिष्कार गरेका छन् ।

    ‘भर्खर पाइला सार्दै गरेको सामाजिक संस्थामा राजनीतिकण गर्न थालियो, सर्वसम्मत रुपमा सबैलाई मिलाएर लैजानुपर्नेमा एकलौटी गर्न थालिएपछि माडी कमिटीले बहिष्कार गरेको हो’–माडी नगरकमिटी अध्यक्ष डोलराज आचार्यले भने । भरतपुर महानगर कमिटी अध्यक्ष दीपक घिमिरेले पनि सामाजिक संस्थामा गुटउपगुट बन्न थालेपछि महाधिवेशन छाडेर निस्किएको बताए ।

    ‘रगत नपाएर छटपटिएका रगत व्यवस्थापन गर्छौ भनेर संस्थामा लागेको हो, तर गुटउपगुट राजनीति अहिले नै देखिन थालेपछि बस्न उचित नलागेर हामी निस्कियौं’–महानगर कमिटी अध्यक्ष घिमिरेले भने । अध्यक्ष बन्न कस्सिएका अञ्जन दवाडी र यसअघिका केन्द्रीय सदस्य रामचन्द्र लम्साल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सक्रिय कार्यकर्ता हुन् । सोसाइटीका जिल्ला अध्यक्ष एकराज बुर्लाकोटी रास्वपाका कोषाध्यक्ष हुन् । ब्लड डोनर्स सोसाइटीलाई राजनीतिकरण गर्दै रास्वपाको एकलौटी गर्न थालेपछि लामो समयदेखि सामाजिक सेवामा सक्रिय प्रतिनिधिहरु निराश हुँदै बहिष्कार गर्न पुगेको स्रोतले बताएको छ ।

    स्रोतका अनुसार जिल्ला समितिका केही पदाधिकारी, केन्द्रीय सदस्यहरुले पनि निर्वाचन बहिष्कार गरेका छन् ।

    शनिबार, बैशाख ०५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने
    परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना
    बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ
    पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
    कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु
    चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ३.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई

    • ४.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ५.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ६.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री

    भर्खरै

    • १.
      नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने

    • २.
      परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना

    • ३.
      बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ

    • ४.
      पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना

    • ५.
      कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु

    • ६.
      चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

    • ७.
      स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

    • ८.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation