Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
बिहिबार, साउन २१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

जनताका आशा–अपेक्षा फेरि टुट्न थालेः विप्लव
  • १ दिन 

इन्जिनियरिङ प्रवेश परीक्षामा विराटनगरका मनन श्रेष्ठ बने नेपाल प्रथम
  • १ दिन 

विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह
  • १ दिन 

धनुषामा सम्बन्धविच्छेदका घटना बढे
  • १ दिन 

पर्सामा २०७ किलो गाँजासहित एक जना पक्राउ
  • १ दिन 

नेपालमा ६० हजार एनजीओ र २५० आईएनजीओ
  • १ दिन 

हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद
  • १ दिन 

फरार प्रतिवादी पक्राउ
  • १ दिन 

गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल छाड्न मा

  • २. जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ

  • ३. विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह

  • ४. गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते

  • ५. फरार प्रतिवादी पक्राउ

  • ६. धनुषामा सम्बन्धविच्छेदका घटना बढे

  • ७. निर्मल पुर्जासहित पर्वतारोहीको शव आज क्याम्प-१ मा ल्याउने तयारी

  • ८. इन्जिनियरिङ प्रवेश परीक्षामा विराटनगरका मनन श्रेष्ठ बने नेपाल प्रथम

  • ९. सुनकोशी नदीमा कार खस्यो

  • १०. जनताका आशा–अपेक्षा फेरि टुट्न थालेः विप्लव

अबको सरकारले औषधि ऐनमा आवश्यक संशोधन गर्छः तोसिमा कार्की


  •   बुधबार, फागुन २७, २०८२ मा प्रकाशित
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट ललितपुर क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद डा।तोसिमा कार्कीले अब बन्ने सरकारले प्राथमिकताका साथ पूरानो औषधि ऐनमा आवश्यक संशोधन गर्ने विश्वास व्यक्त गरेकी छिन् ।

    Advertisement

    मंगलबार काठमाडौंमा आयोजित ‘नेपाल फार्म एक्सपो तथा औषधिमा आत्मनिर्भरताः नीतिगत सवाल’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले ४७ वर्ष पुरानो औषधि ऐन बोकेर आधुनिक र समयसापेक्ष चिकित्सा सेवा दिन सम्भव नहुने भन्दै आवश्यक संशोधन गर्ने आश्वासन दिएकी हुन् । उनले भनिन्, ‘आज भन्दा ४७ वर्ष पूरानो औषधि ऐन बोकेर आजको समयसापेक्षित मेडिकल उपचार हामी दिन सक्छौं भन्ने ग्यारेन्टी सरकारले गर्न सक्दैन । त्यसैले अब बन्ने सरकारले प्राथमिकतामा राखेर यो ऐनमा गर्नुपर्ने संशोधन गर्छ ।’ स्वास्थ्य क्षेत्रका साधारण कुराहरु पनि आजसम्म अड्किनुको पछाडि इच्छा शक्ति नहुनु र अनैतिक खेल रहेको उनको भनाइ छ । रास्वपाको सरकारले स्वास्थ्य क्षेत्रमा सेवक सरकारको भूमिका निर्वाह गर्ने उनको दाबी छ । ‘स्वास्थ्य क्षेत्रका साधारण कुराहरु पनि आजसम्म अड्किनुको पछाडि इच्छा शक्ति नहुनु र अनैतिक खेलले हो । जब नेतृत्व नैतिकताको बलमा इच्छा शक्ति बोकेर सेवामा लाग्छ तब यो सबै समस्या समाधान हुन्छ ।

    अब बन्ने रास्वपाको सरकारले स्वास्थ्य क्षेत्रमा सेवक सरकारको भूमिका निर्वाह गर्छ’ उनले भनिन् । कार्कीले औषधिमा आत्मनिर्भरता केवल व्यवसायिक विषय मात्र नभई नागरिकको सुरक्षासँग जोडिएको संवेदनशील मुद्दा भएको बताइन् । प्रत्येक नागरिकले सुलभ, सस्तो र गुणस्तरीय औषधि प्राप्त गर्न पाउनुपर्ने भन्दै यसको सुनिश्चितता राज्यले गर्नुपर्ने उनले जोड दिइन् । उनले भनिन्,‘औषधिमा आत्मनिर्भरता भन्ने विषय एउटा व्यवसायिक पाटो मात्र होइन् । यो नागरिकको सुरक्षासँग जोडिएको विषय हो । प्रत्येक नागरिकले सुलभ ,सस्तो र गुणस्तरीय औषधि प्राप्त गर्नुपर्छ । यसको सुनिश्चितता राज्यले गर्नुपर्छ ।

    संवेदनशील पाटो भएकाले यसलाई व्यापार व्यवसायको रुपमा मात्र राज्यका निकायले हेर्ने छुट छैन ।’ उनको अनुसार औषधि उत्पादन गर्दा मात्र गुणस्तर परीक्षण गरेर पुग्दैन, बिरामीले सेवन गर्ने अवस्थासम्म त्यसको गुणस्तर कायम छ वा छैन भन्ने विषयमा पनि निगरानी आवश्यक हुन्छ । औषधिको भण्डारण (स्टोरेज)देखि वितरणसम्मका सबै प्रक्रियामा गुणस्तर परीक्षण र प्रभावकारी नियमन आवश्यक रहेको उनले उल्लेख गरिन् ।

    बुधबार, फागुन २७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनताका आशा–अपेक्षा फेरि टुट्न थालेः विप्लव
    इन्जिनियरिङ प्रवेश परीक्षामा विराटनगरका मनन श्रेष्ठ बने नेपाल प्रथम
    विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह
    धनुषामा सम्बन्धविच्छेदका घटना बढे
    पर्सामा २०७ किलो गाँजासहित एक जना पक्राउ
    नेपालमा ६० हजार एनजीओ र २५० आईएनजीओ

    लोकप्रिय

    • १.
      दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल

    • २.
      जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित

    • ३.
      विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा

    • ४.
      गोरखामा पहिरोले तीन तले पक्की घर बगायो,

    • ५.
      फरार प्रतिवादी पक्राउ

    • ६.
      धनुषामा सम्बन्धविच्छेदका घटना बढे

    भर्खरै

    • १.
      जनताका आशा–अपेक्षा फेरि टुट्न थालेः विप्लव

    • २.
      इन्जिनियरिङ प्रवेश परीक्षामा विराटनगरका मनन श्रेष्ठ बने नेपाल प्रथम

    • ३.
      विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह

    • ४.
      धनुषामा सम्बन्धविच्छेदका घटना बढे

    • ५.
      पर्सामा २०७ किलो गाँजासहित एक जना पक्राउ

    • ६.
      नेपालमा ६० हजार एनजीओ र २५० आईएनजीओ

    • ७.
      हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद

    • ८.
      फरार प्रतिवादी पक्राउ

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation