Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
बुधबार, बैशाख ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

गोरखा सहकारीका अध्यक्षसहित ४ जना पक्राउ
  • २ हप्ता 

गृहमन्त्री सुदन गुरुङका स्वकीय सचिव बने जेम्स कार्की
  • २ हप्ता 

आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अर्थ मन्त्रालयले मार्गदशन तयार पारेको छ
  • २ हप्ता 

सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान
  • २ हप्ता 

फेरि पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि (सूचीसहित)
  • ३ हप्ता 

नवनिर्वाचित सांसदको शपथ आज
  • ३ हप्ता 

यसपाली एसइई परीक्षा दिनेको संख्या झण्डै ११ हजारले बढ्यो
  • ३ हप्ता 

‘पश्चिम एसियाको तनावले रेमिट्यान्समा ठूलो धक्का, नेपालीहरू फर्किए व्यवस्थापनमा ठूलो चुनौती’
  • ३ हप्ता 

सुशासन र विकासमा रास्वपालाई पूर्ण साथ रहन्छ : थापा
  • ३ हप्ता 

लोकप्रिय समाचार

मुस्ताङमा ११ हजार ३२८ जना मतदाताः ३९ मतदान केन्द्र कायम


  •   सोमबार, माघ १३, २०८२ मा प्रकाशित
  • मुस्ताङ, माघ १२- आसन्न प्रतिनिधिसभा सदस्य पदको निर्वाचन तयारीका लागि यहाँको थासाङ गाउँपालिकास्थित पाँचवटा मतदानस्थल तथ मतदान केन्द्रको स्थलगत अनुगमन गरिएको छ । मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेल र प्रमुख जिल्ला अधिकारी अजिता शर्मा, जिल्ला सुरक्षा समिति, जिल्ला निर्वाचन कार्यालय प्रमुख लोकेन्द्र ज्ञवाली र स्थानीय सञ्चारकर्मी लगायतको संयुक्त टोलीले मुस्ताङको थासाङ गाउँपालिकामा रहेका आठवटा मतदान केन्द्र तथा मतदानस्थलमध्ये पाँच वटाको संयुक्त अनुगमन गरेको हो ।

    Advertisement

    निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नका लागि मतदान केन्द्रको शान्तिसुरक्षाको अवस्था तथा मतदान केन्द्र तथा मतदानस्थलको वस्तुगत अवस्था र मतदानदातालाई निर्भिकतापूवर्क मतदान गर्न पाउँने संवैधानिक हक अधिकारको सुनिश्चितता गराउने उद्देश्यले यहाँका मतदान केन्द्र तथा मतदानस्थलको स्थलगत अनुगमन गरिएको जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले जानकारी दिनुभयो ।

    जिल्लाको थासाङ गाउपालिकास्थित घाँसा, छयो, लेते, कोवाङ र कोवाङ मतदान केन्द्र तथा मतदानस्थलमा पुगेर प्रत्यक्ष अनुगमन गरिएको उहाँको भनाइ छ । यसैगरी थासाङमा बाँकी रहेका कालीगण्डकी पारीका सौरु, कुञ्जो र झिप्रा देउराली लगायतका मतदानस्थलको अर्को चरणमा अनुमगन गरिने निर्वाचन अधिकारी ज्ञवालीले बताउँनुभयो । मुस्ताङमा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार मनोनयपत्र दाखिला, दाबी विरोध, अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने लगायतका काम सकिएलगत्तै थासाङ गाउँपालिकामा मतदान केन्द्र तथा मतदानस्थलको अनुगमन सुरु गरिएको मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेलले बताउँनुभयो ।

    यसअघि जिल्ला सुरक्षा समिति जिल्लाले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी उपल्लो मुस्ताङका विभिन्न मतदान केन्द्र तथा मतदानस्थलको अनुमगन सम्पन्न गरेको थियो । प्रजिअ अजिता शर्मा नेतृत्वको जिल्ला सुरक्षा समिति लगायतको टोलीले लोमान्थाङ, लोघेकर दामोदरकुण्ड र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका– २८ मतदान केन्द्र तथा मतदानस्थलमध्ये २५ को स्थलगत अनुगमन सम्पन्न गरेको थियो ।

    माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्डस्थित ताङ्ग्या र ढी मतदानस्थल र बारागुङ मुक्तिक्षेत्रको साङ्ता मतदानस्थलको अनुमगन गर्न बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनका लागि जिल्लाका पाँच पालिकामा ३९ मतदान केन्द्रस्थल छन् ।

    यसअन्तर्गत माथिल्लो मुस्ताङको लोमान्थाङ—२ सम्जुङ मतदान केन्द्रलाई सोही वडाको दिव्यदीप माध्यमिक विद्यालय छोसेरमा ठाउँ सारी (मर्ज)गरिएको छ । लोघेकर दामोदरकुण्ड—४ मा यसअघिको मतदान केन्द्र रहेकोमा थप अर्को एक मतदान केन्द्रको व्यवस्था गरिएको जिल्ला निर्वाचन अधिकारी लोकेन्द्रबहादुर ज्ञवालीले जानकारी दिनुभयो । जिल्ला ११ हजार ३२८ जना मतदाता छन् । यहाँको घरपझोङमा दुई हजार ४९२, थासाङमा दुई हजार ९०७, वारागुङ मुक्तिक्षेत्रमा दुई हजार ३९, लोघेकर दामोदरकुण्डमा एक हजार ५४२ र लोमान्थाङ गाउँपालिकामा दुई हजार ११ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रासस

    सोमबार, माघ १३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गोरखा सहकारीका अध्यक्षसहित ४ जना पक्राउ
    गृहमन्त्री सुदन गुरुङका स्वकीय सचिव बने जेम्स कार्की
    आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अर्थ मन्त्रालयले मार्गदशन तयार पारेको छ
    सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान
    फेरि पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि (सूचीसहित)
    नवनिर्वाचित सांसदको शपथ आज

    लोकप्रिय

    भर्खरै

    • १.
      गोरखा सहकारीका अध्यक्षसहित ४ जना पक्राउ

    • २.
      गृहमन्त्री सुदन गुरुङका स्वकीय सचिव बने जेम्स कार्की

    • ३.
      आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अर्थ मन्त्रालयले मार्गदशन तयार पारेको छ

    • ४.
      सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान

    • ५.
      फेरि पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि (सूचीसहित)

    • ६.
      नवनिर्वाचित सांसदको शपथ आज

    • ७.
      यसपाली एसइई परीक्षा दिनेको संख्या झण्डै ११ हजारले बढ्यो

    • ८.
      ‘पश्चिम एसियाको तनावले रेमिट्यान्समा ठूलो धक्का, नेपालीहरू फर्किए व्यवस्थापनमा ठूलो चुनौती’

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation