धेरैलाई थाहा छ, गायक तथा मोडल दुर्गेश थापाले आफ्नी पत्नीलाई औधी माया गर्छन् । केही समयअघि एउटा टेलिभिजन अन्तरवार्तामा पत्नीको बारेमा सोधिँदा भावविव्हल नै भएका थिए । गत सोमबार दुर्गेशकी पत्नी प्राचीको जन्मदिन थियो । त्यस अवसरमा उनले सानो पार्टी आयोजना गरे । दुर्गेशका अनुसार उक्त पार्टीमा पारिवारिक खालको मात्र थियो । जन्मदिनको केक काटेपछि उनले प्राचीलाई एउटा सुन्दर रानीहार उपहार दिए । श्रीमानबाट यस्तो उपहार पाउँदा प्राची दंग देखिइन् । अहिले सामाजिक सञ्जालमा दुर्गेशले पत्नीलाई ५० लाख हार उपहार दिएको हल्ला व्यापकरुपमा चलेको छ । यो विषयमा दुर्गेशसँगै जिज्ञासा राख्यौँ । उनले रानीहार महँगो भए पनि ५० लाखको नभएको प्रष्ट्याए । उनी भन्छन्, ‘कहाँ त्यत्रो महँगो हुनु उनीसँग रानीहार थिएन । सबैले तीज अनि चाडपर्वमा लगाएको देखेको थिएँ । तर उनले कहिल्यै लगाएकी थिइनन्। । त्यहीँ भएर दुई तोलाको रानीहार बनाएर उनलाई उपहार दिएको हुँ । ’दुर्गेशले रानीहारको मूल्य भने ठ्याक्कै खुलाउन चाहेनन् । तर उनको कुरा मान्ने हो भने उक्त हार करिब साढे ५ लाखको हो । यति महँगो उपहार प्राचीलाई आफूले पहिलेका जन्मदिनहरूमा कहिले नदिएको दुर्गेशको भनाइ छ । प्राचीको जन्मदिनमा नायिका पूजा शर्मा पनि आफ्ना श्रीमान् युद्ध बानियाको साथमा पुगेकी थिइन् । गायक प्रमोद खरेल, कमेडियन सागर लम्साल लगायत पनि थिए । पूजाबारे दुर्गेशले भने, ‘पूजा मभन्दा बढी प्राचीसँग नजिक छ । पूजाको मसँग भन्दा बढी प्राचीसँगै गफ भइरहेको हुन्छ । यही भएर पनि पूजालाई बोलाएको हो । तर त्यस्तो ठुलो समारोह थिएन । सानो पारिवारिक जमघट मात्र हो । यो क्षेत्रको नजिकका ३,४ जना साथीभाइहरू आउनुभएको थियो ।’
जन्मदिनमा पत्नीलाई दुर्गेशको उपहार : साढे ५ लाखको रानीहार
जन्मदिनमा पत्नीलाई दुर्गेशको उपहार : साढे ५ लाखको रानीहार
Advertisement
तपाईको प्रतिक्रिया
