Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
मङ्गलबार, पुष ०८, २०८२
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफल गर्ने
  • २ घण्टा 

राष्ट्रपतिले किन एकैपटक तीन शीर्ष नेता र प्रधानमन्त्रीलाई छलफलमा बोलाए
  • ३ घण्टा 

कक्षा १२ को परीक्षाका लागि आवेदन फाराम खुल्यो
  • ६ घण्टा 

सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
  • ६ घण्टा 

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर
  • ७ घण्टा 

सौराहामा हात्ती महोत्सवको तयारी अन्तिम चरणमा : पेनाल्टीको अभ्यासमा हात्ती
  • १ दिन 

भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु
  • १ दिन 

गगन थापाले सुनाए आफ्नो खाटमा चोर सुतेकोदेखि डेरा नपाएकोसम्म कथा
  • १ दिन 

सुन र चाँदीको मूल्य हालसम्मकै उच्च
  • १ दिन 

लोकप्रिय समाचार

  • १. निर्वाचनकाे लागि ७५ दिन बाँकीः देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम

  • २. कक्षा १२ को परीक्षाका लागि आवेदन फाराम खुल्यो

  • ३. गगन थापाले सुनाए आफ्नो खाटमा चोर सुतेकोदेखि डेरा नपाएकोसम्म कथा

  • ४. माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

  • ५. जन्मदिनमा पत्नीलाई दुर्गेशको उपहार : साढे ५ लाखको रानीहार

  • ६. डीभी कार्यक्रम स्थगित गर्ने ट्रम्प प्रशासनको घोषणा, के हो त कारण ?

  • ७. सुन र चाँदीको मूल्य हालसम्मकै उच्च

  • ८. राष्ट्रपतिले किन एकैपटक तीन शीर्ष नेता र प्रधानमन्त्रीलाई छलफलमा बोलाए

  • ९. राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफल गर्ने

  • १०. भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

निर्वाचनकाे लागि ७५ दिन बाँकीः देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम


  •   शनिबार, पुष ०५, २०८२ मा प्रकाशित
  • आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने भएको छ । निर्वाचन आयोगले सहज रूपमा मतदान गर्ने व्यवस्थाका लागि १६८ वटा मतदान स्थल थप गरेको छ । साविकमा दश हजार ८९२ मतदान स्थल रहेका थिए ।

    Advertisement

    यस्तै, प्रयोगमा नरहेका र समायोजित भएका ९३ वटा मतदानस्थल भने खारेज गरिएको छ । आम मतदातालाई सहज, सहज रूपमा मतदान गर्ने व्यवस्थाका लागि मतदानस्थल तय गरिएको आयोगले जनाएको छ । मतदातालाई अपायक परेका, प्रयोगका नरहेका मतदान केन्द्र खारेज गरी पायक पर्ने स्थानमा थप गरिएको हो । मतदानस्थल पुनरावलोकन गर्ने क्रममा मतदान स्थलको नाम, ठेगानामा रहेको त्रुटी सच्याउने, मतदातालाई पायक पर्ने स्थानमा आंशिक वा सबै मतदातालाई स्थानान्तरण गरिनेछ । यसैगरी, मतदातालाई साविककै अर्को मतदानस्थलमा समायोजनसमेत गरिएको छ ।

    आयोगले यसअघि नै सार्वजनिक सूचनामार्फत मतदानस्थल पुनरावलोकनका लागि सूचनामार्फत जानकारी गराएको थियो । पुनरावलोकनको क्रममा कुनै मतदाताको नाम सम्बन्धित मतदानस्थलमा सार्न वा समावेश हुन छुट भएको भए दावी विरोध गर्न आग्रह गरेको थियो । एउटै वडाभित्र रहेको कुनै एक मतदानस्थलबाट आफूलाई पायक पर्ने अर्को मतदानस्थलमा नाम सार्नका लागि निवेदन दिन सक्ने व्यवस्था गरिएको आयोगले उल्लेख गरेको थियो । यस्तै, प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी भएसँगै आसन्न निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ समावेशी समूहको प्रतिशत निर्धारण पनि सहज भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा शुक्रकार प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी गर्नुभएको हो । नेपाल सरकारले २०७८को जनगणनाको प्रतिवेदनबमोजिमको दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारू, मुस्लिमको जनसङ्ख्या प्रतिशतको आधारमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसूची १ लाई संशोधन गर्न सिफारिस गरेको थियो । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसूची–१ मा राष्ट्रिय जनगणना २०६८ अनुसार समावेशी समूहको प्रतिशत उल्लेख छ । प्रतिनिधिसभा सदस्यअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ राष्ट्रिय जनगणना २०७८को जनसङ्ख्याका आधारमा समावेशी आधार प्रतिशतका आधारमा दलहरूले उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने छ । उक्त प्रणालीका लागि आवेदन दिएका राजनीतिक दलले यही पुस १३ र १४ गते बिहान १०ः०० देखि अपराह्न ४ः०० बजेसम्म उम्मेदवारको बन्दसूची पेस गर्ने समयसीमा तोकिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।रासस

    शनिबार, पुष ०५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफल गर्ने
    राष्ट्रपतिले किन एकैपटक तीन शीर्ष नेता र प्रधानमन्त्रीलाई छलफलमा बोलाए
    कक्षा १२ को परीक्षाका लागि आवेदन फाराम खुल्यो
    सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
    माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर
    सौराहामा हात्ती महोत्सवको तयारी अन्तिम चरणमा : पेनाल्टीको अभ्यासमा हात्ती

    लोकप्रिय

    • १.
      निर्वाचनकाे लागि ७५ दिन बाँकीः देशभर १०

    • २.
      कक्षा १२ को परीक्षाका लागि आवेदन फाराम

    • ३.
      गगन थापाले सुनाए आफ्नो खाटमा चोर सुतेकोदेखि

    • ४.
      माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

    • ५.
      जन्मदिनमा पत्नीलाई दुर्गेशको उपहार : साढे ५

    • ६.
      डीभी कार्यक्रम स्थगित गर्ने ट्रम्प प्रशासनको घोषणा,

    भर्खरै

    • १.
      राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफल गर्ने

    • २.
      राष्ट्रपतिले किन एकैपटक तीन शीर्ष नेता र प्रधानमन्त्रीलाई छलफलमा बोलाए

    • ३.
      कक्षा १२ को परीक्षाका लागि आवेदन फाराम खुल्यो

    • ४.
      सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

    • ५.
      माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

    • ६.
      सौराहामा हात्ती महोत्सवको तयारी अन्तिम चरणमा : पेनाल्टीको अभ्यासमा हात्ती

    • ७.
      भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

    • ८.
      गगन थापाले सुनाए आफ्नो खाटमा चोर सुतेकोदेखि डेरा नपाएकोसम्म कथा

    Copyright ©2025 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation