Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
  • १ दिन 

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
  • २ दिन 

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
  • २ दिन 

सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
  • २ दिन 

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
  • ३ दिन 

एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित
  • ३ दिन 

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
  • ३ दिन 

१५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान
  • ४ दिन 

दास किराना पसललाई दुई लाख जरिवाना
  • ४ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

  • ३. नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

  • ४. रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

  • ५. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

  • ६. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

  • ७. दास किराना पसललाई दुई लाख जरिवाना

  • ८. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ९. एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

  • १०. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

माडीमा पत्रकारिता, व्यवसाय र कृषि कर्मको अद्वितीय संगम: पाठक बहुउद्देश्य कृषि फर्म


  •   आइतबार, मङि्सर १५, २०८२ मा प्रकाशित
  • – रेशम सापकोटा

    Advertisement

    माडी । माडी नगरपालिका–५ फेदीखोलामा अवस्थित पाठक बहुउद्देश्य कृषि फर्म आज माडीको सफल कृषि उद्यमको उत्कृष्ट उदाहरण बनेको छ।

    करिब पाँच बिघा क्षेत्रफलमा फैलिएको यो फर्म २०२४ सालमा फर्मका प्रो.सूर्य पाठकका बुवाआमाले पहाडबाट झरेपछि रोजिएको बसोबास स्थल हो। पछि बसोबास माडी–३ बसन्तपुरमा सरेसँगै, लामो समय खाली रहेको यो जमिन जङ्गलमा परिणत भएको थियो। तर कोभिड–१९ को कठोर समयले सूर्य पाठकलाई पुनः गाउँ फर्काएपछि यही झाडीमा नवीन कृषि सम्भावनाको बीउ रोपिएको हो।

    बसन्तपुर बजारमा बस्न चुनौती बढेपछि उहाँले पैतृक जग्गालाई व्यावसायिक कृषि फर्ममा रूपान्तरण गर्ने निर्णय गर्नुभयो। प्रारम्भमा ढुङ्गामय जमिन हुँदा खेती असम्भवजस्तै थियो। तर सूर्यले हार मान्नुभएन—खाडल खनेर मलिलो माटो भर्नुभयो र क्रमशः आप, लिची, ड्रागन फल, कागती तथा अन्य दीर्घकालीन बिरुवाहरू रोप्न थाल्नुभयो। पानी व्यवस्थापनका लागि सुरुमा बोलेरोमा हजार लिटरको ट्याङ्की राखेर सिँचाइ चलाइयो। पछि आधुनिक बोरिङबाट २०००० लिटर क्षमताको ट्याङ्की निर्माण गरी नवीन थोपा सिँचाइ प्रणाली पूर्ण रूपमा लागू भयो।

    आज फर्ममा १५० बोट आप, ६० बोट लिची, १००० बोट ड्रागन फल, १२० बोट कागती, साथै एभोकाडो बयरका बिरुवा, लोकल बाख्रा, र लोकल कुखुरा पालन भइरहेको छ। केही बहुवर्षीय बिरुवाले उत्पादन दिन सुरु गरिसकेका छन्।

    सूर्य पाठकका अनुसार, “सिजनका आप र लिची बारीमै बिक्री हुन्छन् भने कागतीबाट बनेका उत्पादनहरू स्थानीय बजारसम्म पुग्छन्। गुणस्तर र विविधताका कारण ग्राहकको विश्वास बढेको छ।” फर्म सञ्चालनका क्रममा प्रदेश सरकार तथा स्थानीय सरकारबाट व्यवसायिक अनुदान पनि प्राप्त भएको छ, जसले आरम्भिक चुनौती हटाउन महत्वपूर्ण भूमिका खेलेको छ।

    सूर्य पाठक स्वयं लामो समयदेखि पत्रकारितामा सक्रिय व्यक्तित्व हुन्। त्यसैगरी बसन्तपुर बजारमा क्याटिङ र साउन्ड सिस्टम व्यवसाय पनि सञ्चालन गर्नुहुन्छ। विभिन्न जिम्मेवारीबीच फर्म सञ्चालनमा उहाँकी श्रीमती लगातार संलग्न रहिरहनु भएको छ, जसले कृषि उद्यमलाई सन्तुलित र व्यवस्थित बनाउन मद्दत गरेको छ।

    पाठक बहुउद्देश्य कृषि फर्म अहिले उत्पादनमात्र होइन, स्थानीय युवा, विद्यार्थी र कृषि सिक्न चाहनेहरूका लागि प्रेरणास्थल बन्न सफल भएको छ। दैनिक रूपमा आगन्तुकहरू आउने, फर्म हेर्ने, फोटो खिच्ने, राय–सल्लाह लिने क्रम बढ्दै गएको छ। यसरी फर्म एक प्रकारको सामाजिक, शैक्षिक र अनुभव आदान–प्रदान केन्द्रका रूपमा विकसित भइरहेको छ।

    सूर्य पाठक भन्छन्, “कोभिडका कारण गाउँ फर्केर आफ्नै जमिनको झाडी फडानी गर्दै सफा गरें। गाउँलेहरूले पनि भन्न थाले—‘तपाईंको जग्गामा झाडी हुँदा हामीलाई घरमै बस्न डर लाग्थ्यो।’ त्यसैले व्यावसायिक सोचका साथ कृषि गर्ने निर्णय लिएँ।”

    केही समयअघि डेनमार्कबाट आएका डाक्टर भानेश्वर पोखरेल फर्ममा आइपुगे। भेटवार्तामा माडी कृषि शाखाका प्रमुख किरण पौडेल पनि सहभागी भए। डाक्टर पोखरेलले सुक्खा र ढुङ्गे जमिनमा समेत फलफुलका बिरुवा रोपेर राम्रो आम्दानी गर्न सकिने धारणा राखे, जसले सूर्यलाई थप उत्साहित बनायो।

    फर्ममा देखिने लगनशीलता, नवीनता, श्रमप्रतिको समर्पण र प्रविधिको उपयोगले माडीका युवाहरूलाई आधुनिक कृषि कर्मतर्फ आकर्षित गर्दैछ। पत्रकारिता, व्यवसाय र कृषि—तीनवटै क्षेत्रमा समान ऊर्जा बोकेर अघि बढिरहेका सूर्य पाठक अहिले माडीका लागि उदाहरणीय व्यक्तित्वका रूपमा चिनिन थालेका छन्।
    पाठक बहुउद्देश्य कृषि फर्मले कोभिडपछि सिर्जित चुनौतीलाई अवसरमा बदल्दै कृषि क्षेत्रमा नयाँ दृष्टिकोण स्थापित गरेको छ। यहाँ आउने आगन्तुकहरूले फोटो खिच्दै, घुम्दै, सिक्दै जाने वातावरणले माडीका युवामा नयाँ सोच, मेहनत र आधुनिक प्रविधि अपनाएर कृषिबाट स्थायी आयस्रोत बनाउन सकिने प्रेरणाको स्रोत बनेको छ।—00–

    आइतबार, मङि्सर १५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
    बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
    सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
    संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
    एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

    • ३.
      नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

    • ४.
      रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

    • ५.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई

    • ६.
      अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

    भर्खरै

    • १.
      स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

    • २.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    • ३.
      अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    • ४.
      सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

    • ५.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • ६.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ७.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ८.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation