चितवन पोष्ट चितवन पोष्ट भरतपुर । माडीको बसन्तपुरस्थित बघौंडा अस्पतालले अस्पताल परिसरमा विहीबार राती कुटपिट भएको घटनाबारे निष्पक्ष छानबिन गरी दोषीमाथि कानूनी कारबाही गर्न माग गरेको छ ।
Advertisement
इलाका प्रहरी कार्यालय माडीलाई शुक्रबार पत्राचार गर्दै अस्पतालले मंसिर १२ गते राति करिब १ः१५ बजे, माडी नगरपालिका–५ का २७ वर्षीय किरण खाती र वडा नं. ७ का २६ वर्षीय संगम भनिने (नाम नखुलेको) युवा सहित झन्डै ४–५ जनाको समूह अस्पताल परिसरमा आएर चिकित्सकहरुमाथि घाउचोट हुनेगरी कुटपीट गरेको भन्दै अस्पतालका निमित्त मेसु डा. धिरञ्जन प्रसाद साहले दोषीलाई पक्राउ र कारवाहीको माग गरेका हुन् ।
घटनामा चिकित्सक डा. दीपेन्द्र विश्वास, डा. देवेन्द्र विश्वास, हेल्थ असिस्टेन्ट अनुप सुवेदी, कविराज तिवारी घाइते भएको उल्लेख छ ।