काठमाडौँ । राजसंस्था फर्काउने उद्देश्यले राजनीतिमा सक्रिय मेडिकल व्यवसायी दुर्गा प्रसाइँ भारतमा त्यहाँका सुरक्षा निकायको उच्च निगरानीमा रहेको खुलेको छ। भारतको नाम लिएर पटक–पटक आन्दोलनमा होमिएका प्रसाइँलाई भारत भ्रमणका क्रममा उच्च अधिकारीले भेट नदिएको र सुरक्षा अधिकारीले समेत उच्च निगरानीमा राखेको जनाइएको हो। नेपालमा दलहरूको विरुद्धमा कडा अभिव्यक्ति दिएर चर्चामा रहेका र आफूलाई भारत निकट घोषणा गरेका प्रसाइँले यसअघि राजाको स्वागतका लागि गरेको कार्यक्रममा भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको तस्बिर प्रदर्शन गरेका थिए। गत चैतमा राजसंस्था फर्काउन भएको आन्दोलनमा धनजनको क्षतिपछि उनी भागेर भारत पुगेको र त्यहाँ लुकेर बसेको बेला भारतीय सुरक्षाकर्मीको सहयोगमा नेपाल फर्काइएको थियो। नेपालमा हिन्दु राष्ट्र संस्था फर्काउन भारतको सहयोग रहेको बताउँदै आएका प्रसाइँ गत सोमबार उपचारका लागि भारत पुगेका थिए। मंसिर ७ गतेदेखि आन्दोलन गर्ने तयारीमा रहेका उनले सो आन्दोलनमा भारतको सहयोग रहेको देखाउन भारत पुगेका थिए। उनले त्यहाँका दलका नेता, मन्त्री र केही बुद्धिजीवीहरूलाई भेटेर आफूलाई भारतको सहयोग रहेको देखाउन खोजे पनि नेपालबाट उड्न लाग्दा नै भारतीय खुफिया एजेन्सी ‘रअ’ को निगरानीमा थिए। भारत जान लाग्दा नेपालस्थित भारतीय दूतावासले समेत परराष्ट्र मन्त्रालयमार्फत नेपाल सरकारसँग भ्रमणबारे चासो लिएको थियो। Nabil bank भारतले उनलाई नेपालबाट उड्न नै नदिने सोच बनाए पनि ‘अहिले रोके अर्को झमेला हुन्छ’ भन्दै गृहमन्त्रालयले विमानस्थलका प्रहरीलाई नरोक्न निर्देशन दिएको एक उच्च अधिकारीले बताए । दिल्ली रहँदा उनी भारतीय गुप्तचर संस्थाको निगरानीमा थिए एक अधिकारीले बताएका छन्। भारतमा प्रसाइँले विभिन्न व्यक्तिसँग भेट्न खोजे पनि रअले भेट्न नदिएको र सामान्य व्यक्तिले समेत उनलाई नभेटेको स्रोतको दावी छ। यसअघि नै भारतीय अधिकारीहरूले दिल्लीको उनको गतिविधिमा कुनै चासो वा संलग्नता नरहेकोमा जोड दिएका थिए । भारतले नेपालको निर्वाचित सरकारसँगको स्थिर सम्बन्धलाई प्राथमिकता दिँदै आन्तरिक मामिलामा हस्तक्षेप गरेको कुनै पनि धारणाबाट जोगिन चाहेको कूटनीतिक र सुरक्षा स्रोतहरूले बताएका थिए।
दिल्ली विमानस्थलमा दुर्गासँग केरकार
दिल्ली विमानस्थलमा दुर्गासँग केरकार
Advertisement
तपाईको प्रतिक्रिया