Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
बिहिबार, साउन २१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

जनताका आशा–अपेक्षा फेरि टुट्न थालेः विप्लव
  • १ दिन 

इन्जिनियरिङ प्रवेश परीक्षामा विराटनगरका मनन श्रेष्ठ बने नेपाल प्रथम
  • १ दिन 

विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह
  • १ दिन 

धनुषामा सम्बन्धविच्छेदका घटना बढे
  • १ दिन 

पर्सामा २०७ किलो गाँजासहित एक जना पक्राउ
  • १ दिन 

नेपालमा ६० हजार एनजीओ र २५० आईएनजीओ
  • १ दिन 

हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद
  • १ दिन 

फरार प्रतिवादी पक्राउ
  • १ दिन 

गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह

  • २. दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल छाड्न मा

  • ३. जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ

  • ४. फरार प्रतिवादी पक्राउ

  • ५. धनुषामा सम्बन्धविच्छेदका घटना बढे

  • ६. निर्मल पुर्जासहित पर्वतारोहीको शव आज क्याम्प-१ मा ल्याउने तयारी

  • ७. इन्जिनियरिङ प्रवेश परीक्षामा विराटनगरका मनन श्रेष्ठ बने नेपाल प्रथम

  • ८. सुनकोशी नदीमा कार खस्यो

  • ९. जनताका आशा–अपेक्षा फेरि टुट्न थालेः विप्लव

  • १०. ‘गौँथली’को व्यापार साढे १३ करोडमाथि

जेनजी आन्दोलनले निजी क्षेत्रमा ८८ अर्बको क्षति, आफूहरूको सहभागितामा संयन्त्र बनाउन आग्रह


  •   शनिबार, कार्तिक २३, २०८२ मा प्रकाशित
  • काठमाडौं,कात्तिक २२- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेनजी आन्दोलनबाट निजी क्षेत्रमा ८८ अर्बको क्षति भएको बताएका छन् । शनिवार महासंघले आयोजना गरेको राष्ट्रिय आर्थिक बहस कार्यक्रममा अध्यक्ष ढकालले नयाँ सरकार बनेसँगै सुधारको संकेत देखिएको भन्दै अवस्था प्रतिकुल हुँदै जाँदा नोक्सानी बढ्ने बताए । पछिल्लो समय व्यवसायीले नाफा गर्नु अपराधको रुपमा चित्रित हुँदै आएको भन्दै उनले व्यवसायीले सेवा दिएर नाफा गरेको भएकाले त्यसरी बुझ्न नहुने बताए ।‘रोजगारी सिर्जना गरेर, उत्पादन गरेर अर्थतन्त्रमा टेवा दिनु अपराध हो ?,’ अध्यक्ष ढकालले भने, ‘पेसा व्यवसाय गर्नेले गरी खान पाउने वातावरण बनाउन सबैले योगदान गरौं भन्ने आवाजका लागि यो कार्यक्रम गरिएको हो ।’ निजी क्षेत्र संवेदनशील रहेको भन्दै उनले एक अर्कालाई उत्प्रेरणा दिन आफूहरु तत्पर रहेको बताए । ‘सरकारले दिएको विभिन्न सुविधा र छुटले पुनरुत्थानमा सहयोग गर्नेछ,’ उनले भने, ‘अब यस्तो हुन नदिन सुरक्षा संयन्त्रको मनोवल बढाउनु आवश्यक छ ।’ अध्यक्ष ढकालले लामो समयदेखि विवादित बनेको डेडिडेकेट ट्रंकलाइन विवाद समाधानका लागि आफ्नो प्रस्तावलाई समर्थन गरेर प्रधानमन्त्री, ऊर्जामन्त्री लगायतले गरेको पहल सराहनीय रहेको भन्दै विवाद अन्त्य हुने विश्वास लिएको बताए । विश्व बैंकले पूर्वप्रक्ष्येपण घटाएर २.१ प्रतिशतको मात्र आर्थिक वृद्धि हुने संशोधित अनुमान गरेको भन्दै अध्यक्ष ढकालले निजी क्षेत्रको मनोवल घट्ने हो भने यो अझ कम हुने उल्लेख गरे । निजी क्षेत्रमा कुनै पनि प्रकारको आक्रमण नहुने र क्षति परेको अवस्थामा निजी क्षेत्रलाई सार्वजनिक महत्वको क्षेत्र मान्ने प्रस्ताव सरकारले अघि बढाउनुपर्ने उनको भनाइ छ । सरकारले निजी क्षेत्र संरक्षण र प्रबद्र्धन योजना बनाउनुपर्ने उनको भनाइ छ । ‘हामी सरकारको खर्च नहुने तर व्यावासायिक वातावरण बन्ने केही थप कदमको अपेक्षा गर्दछौं,’ उनले भने, ‘सुशासन कायम गर्न निजी क्षेत्रसमेतको सहभागितामा संयन्त्र बनाउन प्रधानमन्त्रीसमक्ष आग्रह गर्दछु । सरकारी पक्षमात्र रहेको संयन्त्र प्रभावकारी हुन सक्दैन ।’ ढकालले शान्ति, स्थायित्वका र समृद्धिका लागि सहकार्य नाराका साथ महासंघले बहस चलाएको उल्लेख गरे । महासंघले दोस्रोपल्ट आर्थिक बहस गरेको हो । यसअघि कोरोना महामारीपछि यस्तै बहस चलाएको हो । सो बहसमार्फत् महासंघले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठनको माग गरेको थियो ।

    Advertisement

    शनिबार, कार्तिक २३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनताका आशा–अपेक्षा फेरि टुट्न थालेः विप्लव
    इन्जिनियरिङ प्रवेश परीक्षामा विराटनगरका मनन श्रेष्ठ बने नेपाल प्रथम
    विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह
    धनुषामा सम्बन्धविच्छेदका घटना बढे
    पर्सामा २०७ किलो गाँजासहित एक जना पक्राउ
    नेपालमा ६० हजार एनजीओ र २५० आईएनजीओ

    लोकप्रिय

    • १.
      विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा

    • २.
      दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल

    • ३.
      जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित

    • ४.
      फरार प्रतिवादी पक्राउ

    • ५.
      धनुषामा सम्बन्धविच्छेदका घटना बढे

    • ६.
      निर्मल पुर्जासहित पर्वतारोहीको शव आज क्याम्प-१ मा

    भर्खरै

    • १.
      जनताका आशा–अपेक्षा फेरि टुट्न थालेः विप्लव

    • २.
      इन्जिनियरिङ प्रवेश परीक्षामा विराटनगरका मनन श्रेष्ठ बने नेपाल प्रथम

    • ३.
      विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह

    • ४.
      धनुषामा सम्बन्धविच्छेदका घटना बढे

    • ५.
      पर्सामा २०७ किलो गाँजासहित एक जना पक्राउ

    • ६.
      नेपालमा ६० हजार एनजीओ र २५० आईएनजीओ

    • ७.
      हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद

    • ८.
      फरार प्रतिवादी पक्राउ

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation