• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शनिबार, फागुन ०९, २०८२
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

मुख्य याममा सौराहामा पर्यटक घटेपछि व्यवसायी निरास
  • १ दिन 

११ किलाे गाँजासहित त्रिभुवन विमानस्थलबाट ३ भारतीय पक्राउ
  • १ दिन 

निर्वाचन सामग्री र मतपत्र पुग्यो जिल्ला-जिल्लामा, यस्ता छन् आयोगका ‘प्रचार टुल्स’
  • १ दिन 

चुनावको पूर्वसन्ध्यामा मत सर्वेक्षण गर्न पाइँदैन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
  • २ दिन 

पूर्वराजा ज्ञानेन्द्र शाहको आग्रह – राष्ट्रिय सहमति गरी निर्वाचन गरौँ
  • २ दिन 

भारतीय राजदूतलाई भेटेर धनगढी पुगे रवि लामिछाने
  • २ दिन 

अर्घाखाँचीमा पासोमा परेर घाइते भएको चितुवा मर्यो
  • ४ दिन 

आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो
  • ४ दिन 

मतपत्र छपाइ सकियो, १० दिनभित्र सबै जिल्लामा पुर्‍याइने
  • ४ दिन 

लोकप्रिय समाचार

  • १. मतपत्र छपाइ सकियो, १० दिनभित्र सबै जिल्लामा पुर्‍याइने

  • २. चुनावको पूर्वसन्ध्यामा मत सर्वेक्षण गर्न पाइँदैन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

  • ३. अर्घाखाँचीमा पासोमा परेर घाइते भएको चितुवा मर्यो

  • ४. आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

  • ५. भारतीय राजदूतलाई भेटेर धनगढी पुगे रवि लामिछाने

  • ६. पूर्वराजा ज्ञानेन्द्र शाहको आग्रह – राष्ट्रिय सहमति गरी निर्वाचन गरौँ

  • ७. निर्वाचन सामग्री र मतपत्र पुग्यो जिल्ला-जिल्लामा, यस्ता छन् आयोगका ‘प्रचार टुल्स’

  • ८. ११ किलाे गाँजासहित त्रिभुवन विमानस्थलबाट ३ भारतीय पक्राउ

  • ९. मुख्य याममा सौराहामा पर्यटक घटेपछि व्यवसायी निरास

जलेका र हराएका लाइसेन्सको व्यवस्थापन कसरी हुन्छ ? पाँच प्रश्नोत्तरमा बुझ्नुहोस्


  •   बुधबार, असोज २९, २०८२ मा प्रकाशित
  • गत भदौमा प्रदर्शनका क्रममा यातायात व्यवस्था विभागमा आगजनी गरिएसँगै नयाँ सवारी चालक अनुमति पत्र (लाइसेन्स) को आवेदन दिने प्रक्रिया अहिले ठप्प छ .

    Advertisement

    आगजनीबाट २२ हजारमध्ये १८ हजार छपाइ भएर बसेका लाइसेन्स जलेको विभागको अनुमान छ । यसमध्ये ३ हजार लाइसेन्स मात्र सुरक्षित भेटिएको छ ।

    आश्विन २९, २०८२  यातायात व्यवस्था विभागमा आगजनी हुँदा हजारौं लाइसेन्स जलेर नष्ट भएका छन् र नयाँ लाइसेन्स छपाइ तथा वितरण प्रक्रिया ठप्प भएको छ। प्रिन्टर खरिद र सुरक्षण मुद्रण केन्द्रसँगको सम्झौतापछि तिहारपछि छपाइ कार्य सुरु गर्ने तयारी विभागले गरेको छ।

    प्रणाली सञ्चालनमा आएपछि मात्र नागरिक एपमा लाइसेन्स देखिने र सेवाग्राहीले नयाँ तथा नवीकरण लाइसेन्स पाउने व्यवस्था मिलाइने विभागले जनाएको छ। यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

    काठमाडौँ — गत भदौमा प्रदर्शनका क्रममा यातायात व्यवस्था विभागमा आगजनी गरिएसँगै नयाँ सवारी चालक अनुमति पत्र (लाइसेन्स) को आवेदन दिने प्रक्रिया अहिले ठप्प छ । आगजनीबाट २२ हजारमध्ये १८ हजार छपाइ भएर बसेका लाइसेन्स जलेको विभागको अनुमान छ । यसमध्ये ३ हजार लाइसेन्स मात्र सुरक्षित भेटिएको छ । लाइसेन्स छपाइ गर्न ल्याइएका करिब ६ लाख कार्ड सुरक्षित फेला परे पनि त्यो कार्डमा लाइसेन्स छपाइ गर्न मिल्ने/नमिल्ने प्रिन्टर नहुँदा जाँच हुन सकेको छैन । विभागको प्रणाली (सिस्टम) नचल्दासम्म कति लाइसेन्स छपाइ भएर बसेका थिए भन्ने यकिन नहुने विभागका निर्देशक केशव खतिवडा बताउँछन् । प्रदर्शनमा हराएका र जलेका लाइसेन्सबारे के गर्ने भन्नेबारे अहिलेसम्म विभाग प्रष्ट भइसकेको छैन ।

    यसबारे पाँच प्रश्नोत्तरमा सम्पूर्ण विवरण बुझ्नुहोस्। प्रदर्शनका क्रममा हराएका र जलेका लाइसेन्स फेरि कसरी दिइँदै छ ? विभागमा जलेका र हराएका लाइसेन्सको हकमा प्रणाली सञ्चालनमा आएपछि के कति छपाइ भएको थियो भनेर देखाउने छ ।

    प्रणालीमा देखाइसकेपछि त्यहीअनुसार क्षतिबारे यकिन हुने निर्देशक खतिवडा सुनाउँछन् । ‘जसमा केही भेटिएका छन्, त्यसलाई वितरण गरेर बाँकी हराएका र जलेका लाइसेन्सको हकमा प्रदेश मन्त्रालयहरुसंग समन्वय गर्छौ,’ उनले भने,‘ त्यसपछि छलफल गरेर यसलाई टुङ्ग्याउनेतर्फ लाग्छौँ ।’

    प्रणाली चलेपछि कुन मितिमा कति लाइसेन्स छपाइ भएको थियो ? थाहा हुने भएकाले त्यहीअनुसार क्षतिको यकिन हुने उनको भनाइ छ । विभागको डेटा सेन्टर पनि प्रदर्शनका क्रममा आगलागीबाट ध्वस्त भएको छ । विभिन्न यातायात कार्यालयमा पठाउन तयारी अवस्थामा राखिएका लाइसेन्स आगलागीबाट नष्ट भएका छन् । विभागबाट दुई किसिमका लाइसेन्स छपाइ हुँदै आएको थियो । विदेश जानेको हकमा निवेदन दिएको २४ घण्टामा लाइसेन्स छापेर दिइन्थ्यो । अन्य समयमा आवेदन दिएर बसेका २५ लाख सेवाग्राहीलाई आवश्यकताअनुसार छपाइ गरेर दिइने गरिएको थियो ।

    अहिले यो दुवै सेवा ठप्प छन् । पुरानो लाइसेन्स छपाइ टुङ्ग्याउनेबारे पनि विभागले छलफल चलाइरहेको र तिहारपछि केही निकास निकालिने जनाइएको छ । छपाइ हुन बाँकी २५ लाख लाइसेन्सको हकमा अब के हुन्छ ? विभागमा रहेको लाइसेन्स छपाइ गर्ने प्रिन्टर जलेर नष्ट भएको छ । तत्काल लाइसेन्स छपाइ गर्न मेशिन नभएको निर्देशक खतिवडाले बताए ।

    उनका अनुसार नयाँ प्रिन्टरका लागि टेन्डर गर्ने वा कुनै दातृ निकायसँग उपलब्ध गराइदिन आग्रह गर्ने कि भन्नेबारे पटक–पटक विभागमा छलफल भएको छ । छिटो सेवा दिनु पर्ने भएकाले मेशिन पनि छिटो चाहिएकाले तिहार पछि प्रिन्टरको व्यवस्था गर्ने पक्षमा लागिएको विभागले जनाएको छ ।

    प्रिन्टर आउनसाथ सबै पुरानो लाइसेन्स छपाइ गरेर वितरण गरिने उनले सुनाए । प्रिन्टर आए पनि सुरक्षण मुद्रण केन्द्रसँग पनि छपाइका लागि सम्झौता गरिएकाले कात्तिक १४ गतेदेखि छापेर दिने कुरा भएको उनको भनाइ छ । यसका लागि बुधवार केन्द्रसँग सम्झौता गरिँदै छ ।

    विभागमा मात्र होइन, कतिपयको सवारी नियम उल्लङ्घन गर्नेक्रममा लाइसेन्स ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो । ती लाइसेन्स पनि ट्राफिक प्रहरी कार्यालयहरूमा आगलागीका क्रममा जलेर नष्ट भएका छन् । ट्राफिक प्रहरीले नियन्त्रणमा लिने क्रममा जलेका लाइसेन्सबारे के गरिँदैछ ?

    जलेका लाइसेन्सबारे ट्राफिक प्रहरीले मुचुल्का तयार पार्ने काम गरिरहेको छ । कति क्षति भएको छ भनेर ट्राफिक प्रहरीले यातायात व्यवस्था विभागलाई जानकारी गराउने छ । त्यसपछि कति लाइसेन्स क्षति भए भन्नेबारे थप छलफल गरिने विभागका निर्देशक खतिवडाले बताए । उनका अनुसार त्यसपछि प्रदेश मन्त्रालय अन्तर्गतका यातायात व्यवस्था कार्यालयहरुसंग यस्ता लाइसेन्स पुनः छपाइ गरेर दिनका लागि राजश्वलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे छलफलको तयारी भइरहेको छ ।

    अहिले २५ लाख सेवाग्राहीले नवीकरण र नयाँ लाइसेन्स कालागि राजस्व तिरेको चिट कटो बोकेर हिँड्न बाध्य छन् । वर्षौँ बित्दा पनि लाइसेन्स हात पार्न सकेका छैनन् । राजस्व तिरेर वर्षौँदेखि रसिद बोकेर बसेकाहरूले कहिले लाइसेन्स पाउँलान् ?

    विभागका अनुसार २५ लाख सेवाग्राहीले लाइसेन्स पाउन बाँकी छ । यसका लागि तत्काल टेन्डर गरेर प्रिन्टर ल्याउने वा दातृ निकायसँग मागेर वा कुनै उपाय लगाएर प्रिन्टर खरिद गर्ने भन्नेबारे ठुँगिसकेको छैन । तर, तिहार अघि यो सबै कुरा टुङ्ग्याएर कात्तिक भित्र छपाइको काम सुरु गरिसकिने निर्देशक खतिवडाले बताए ।

    सुरक्षण मुद्रण केन्द्रसँग गत जेठ ९ गते पहिलो चरण र बुधवार दोस्रो चरणमा लाइसेन्स छाप्नेबारे समझदारी पत्रमा हस्ताक्षर गरिने उनले सुनाए । यता फेरी नागरिक एपमा लाइसेन्स देखाउँदैन । जसले गर्दा लाइसेन्स जलेका, हराएकाहरूले ट्राफिक प्रहरीले चेकजाँच गर्दा देखाउन पाएका छैनन् ।

    नागरिक एपमा लाइसेन्स कहिलेबाट देखाउँछ ? विभागको डेटा सेन्टर नै आगलागीबाट ध्वस्त बनेको छ । अहिले प्रणाली नचल्दा लाइसेन्स जारी गर्ने, नवीकरण गर्ने सबै काम प्रभावित बनेको छ । यसकालागि डेटा सेन्टर सञ्चालनमा ल्याउनु पर्ने र त्यसकालागि काम भइरहेको निर्देशक खतिवडाले बताए । तिहार र छठको बिचमा प्रणाली सञ्चालनमा ल्याइने दाबी उनको छ ।

    जुन सञ्चालनमा आएपछि नागरिक एपमा लाइसेन्स देखाउने छ । त्यसपछि सबै यातायात व्यवस्था कार्यालयहरूबाट नयाँ लाइसेन्स लिने र समय सकिएकाको नवीकरण गर्ने सेवा सुरु हुने उनले बताए । तर, अहिले प्रणाली नचल्दा ४२ वटा यातायात व्यवस्था कार्यालयहरूमा लाइसेन्ससम्बन्धी सबै सेवा ठप्प छ ।

    बुधबार, असोज २९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुख्य याममा सौराहामा पर्यटक घटेपछि व्यवसायी निरास
    ११ किलाे गाँजासहित त्रिभुवन विमानस्थलबाट ३ भारतीय पक्राउ
    निर्वाचन सामग्री र मतपत्र पुग्यो जिल्ला-जिल्लामा, यस्ता छन् आयोगका ‘प्रचार टुल्स’
    चुनावको पूर्वसन्ध्यामा मत सर्वेक्षण गर्न पाइँदैन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
    पूर्वराजा ज्ञानेन्द्र शाहको आग्रह – राष्ट्रिय सहमति गरी निर्वाचन गरौँ
    भारतीय राजदूतलाई भेटेर धनगढी पुगे रवि लामिछाने

    लोकप्रिय

    • १.
      मतपत्र छपाइ सकियो, १० दिनभित्र सबै जिल्लामा

    • २.
      चुनावको पूर्वसन्ध्यामा मत सर्वेक्षण गर्न पाइँदैन :

    • ३.
      अर्घाखाँचीमा पासोमा परेर घाइते भएको चितुवा मर्यो

    • ४.
      आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

    • ५.
      भारतीय राजदूतलाई भेटेर धनगढी पुगे रवि लामिछाने

    • ६.
      पूर्वराजा ज्ञानेन्द्र शाहको आग्रह – राष्ट्रिय सहमति

    भर्खरै

    • १.
      मुख्य याममा सौराहामा पर्यटक घटेपछि व्यवसायी निरास

    • २.
      ११ किलाे गाँजासहित त्रिभुवन विमानस्थलबाट ३ भारतीय पक्राउ

    • ३.
      निर्वाचन सामग्री र मतपत्र पुग्यो जिल्ला-जिल्लामा, यस्ता छन् आयोगका ‘प्रचार टुल्स’

    • ४.
      चुनावको पूर्वसन्ध्यामा मत सर्वेक्षण गर्न पाइँदैन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

    • ५.
      पूर्वराजा ज्ञानेन्द्र शाहको आग्रह – राष्ट्रिय सहमति गरी निर्वाचन गरौँ

    • ६.
      भारतीय राजदूतलाई भेटेर धनगढी पुगे रवि लामिछाने

    • ७.
      अर्घाखाँचीमा पासोमा परेर घाइते भएको चितुवा मर्यो

    • ८.
      आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation