Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
सोमबार, साउन १८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते
  • ३ घण्टा 

दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल छाड्न मा
  • ५ घण्टा 

‘गौँथली’को व्यापार साढे १३ करोडमाथि
  • ५ घण्टा 

सुनकोशी नदीमा कार खस्यो
  • ५ घण्टा 

निर्मल पुर्जासहित पर्वतारोहीको शव आज क्याम्प-१ मा ल्याउने तयारी
  • १ दिन 

जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ
  • १ दिन 

संसद्‌मा सम्बोधन गर्दै प्रचण्ड
  • ४ दिन 

जनकपुर बजार बन्द, गृहमन्त्रीको राजीनामा माग
  • ४ दिन 

फिर्केखोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता
  • ४ दिन 

लोकप्रिय समाचार

  • १. सुनसरी घटना छानबिन टोली विराटनगरमा

  • २. चितवनका अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा बन्द, बिरामी मर्कामा

  • ३. असारमा तिरिएको भ्याट भदौको बिलमा समायोजन हुने

  • ४. स्वास्थ्य सेवामा अवरोध नगर्न आग्रह

  • ५. एमबीएसको प्रश्नपत्र आउट प्रकरणमा थप २ जना पक्राउ

  • ६. सिद्धबाबा सुरूङमार्गको ७० प्रतिशत काम सकियो, कात्तिकसम्म सञ्चालनमा ल्याउने तयारी

  • ७. कांग्रेसले विपद् व्यवस्थापनसम्बन्धी तीन दिने प्रशिक्षण आयोजना गर्ने

  • ८. अशान्त बनेको कप्तानगञ्जमा पुग्यो छानबिन समिति

  • ९. एकै दिन विपद्का ४२ घटना, तीन जनाको मृत्यु

  • १०. फिर्केखोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता

सिद्धबाबा सुरूङमार्गको ७० प्रतिशत काम सकियो, कात्तिकसम्म सञ्चालनमा ल्याउने तयारी


  •   मङ्गलबार, साउन १२, २०८३ मा प्रकाशित
  • १२ साउन, पाल्पा । निर्माणाधीन सिद्धबाबा सुरूङ मार्गको काम ७० प्रतिशत सम्पन्न भएको छ । आयोजनाले दिएको जानकारी अनुसार सुरूङ मार्गको वित्तीय प्रगति ६३ प्रतिशत र भौतिक प्रगति ७० प्रतिशत रहेको छ।

    Advertisement

    सुरुङभित्र गर्नुपर्ने निर्माण र फिनिरसिङ्गको काम सकेर आगामी कात्तिक मसान्तसम्म सवारी संचालन गर्ने तयारी आयोजनाले गरेको छ । आयोजनाकी इन्जिनियर निशा बेल्वासेका अनुसार अहिले निर्माणको काम तीव्र बनाएर आउने कात्तिक मसान्तसम्म सवारी संचालन गर्ने तयारी छ ।

    आयोजनाले असोज मसान्तभित्रै सवारी संचालन गर्ने गरी काम गरिरहेको थियो । तर, मौसमका कारण निर्माण सामाग्री केरुङ्ग नाकामा रोकिंदा कामले गति लिन नसक्दा एक महिना थप गरी कात्तिक मसान्तभित्र सञ्चालनको तयारी गरिएको बेल्वासेले जानकारी दिइन् । पाँच वर्षमा निर्माण सक्नेगरी सिद्धार्थ राजमार्गको तानसेन बुटवल खण्डको दोभान सिद्धबाबा क्षेत्रमा सुरूङ मार्ग निर्माण सुरु भएको थियो ।

    २०७८ साल फागुनमा ठेक्का सम्झौता गरिएको सुरूङ मार्ग निर्माणको काम भने ७९ को अन्तिमतिर मात्र सुरू भएको थियो । २०८१ माघ ११ गते सुरूङ मार्गको ब्रेक थ्रु हुँदा ४० प्रतिशत काम सम्पन्न भएको थियो । आयोजनाका अनुसार निर्माण कम्पनीले २०८३ चैत्र मसान्तसम्म सुरूङ मार्ग निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको भएपनि सन २०२८ को जुन महिनाभित्र सम्पूर्ण कार्यहरु सम्पन्न गर्नेगरी १५ महिना म्याद थप गरेर निर्माणको काम गरिएको छ ।

    समयमा काम सम्पन्न नहुने भएपछि निर्माण कम्पनीको माग अनुसार १५ महिना म्याद थप गरि निर्माण कार्य जारी रहेको इन्जिनियर बेल्वासेले बताइन् । सुरूङ मार्गको निर्माणको ठेक्का पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले हालसम्म मुख्य सुरूङको सिभिलको काम पुरा गरी विद्युतीकरण र प्रवेशद्वारको काम गरेको छ । सुरूङ मार्गबाट सवारीसाधन सञ्चालन गरेपछि मात्र बाहिरी सडक स्तरोन्नति, बाइपास सुरूङ, रक सेट र स्लोप निर्माणको काम सुरू गरिने बताइएको छ ।

    निर्माण कम्पनीले सुरूङ मार्गसँगै दुवैतर्फको जोखिमयुक्त सडकमध्ये ७८० मिटर क्षेत्रमा डबल लेन, बाइपास सडक, सडकको माथिल्लो भागमा रक नेट, रक सेड, स्लोप प्रोटेक्सन लगायतका प्रविधिमार्फत साढे ३ किलोमिटर सडक सुरक्षित बनाउनुपर्ने सम्झौतामा उल्लेख छ। सुरूङभित्रबाट यातायात सञ्चालन भएपछि बाहिरको जोखिमयुक्त क्षेत्रमा पैदल यात्रीका लागि रक सेडभित्रको बाटो प्रयोगमा ल्याइने र बाहिरी भागबाट खानेपानीको व्यवस्थापन गरिने योजना छ।

    आपत्कालीन निकासका लागि तीन वटा बाइपास सुरूङ खनिएका छन्। आयोजनाका अनुसार दुवैतर्फको रिबसहित ११२६ मिटर लम्बाइको सुरूङ मार्ग निर्माणका लागि ७ अर्ब ३४ करोड २१ लाख ४० हजार रूपैयाँमा ठेक्का सम्झौता गरेको थियो। सिद्धार्थ राजमार्गको सबै भन्दा जोखिको क्षेत्र मानिने सिद्धबाबा क्षेत्रमा सुरूङमार्ग बनेपछि तराई र पहाड तथा लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लाहरूमा आवतजावत सहज र सुरक्षित हुने विश्वास गरिएको छ।

    मङ्गलबार, साउन १२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते
    दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल छाड्न मा
    ‘गौँथली’को व्यापार साढे १३ करोडमाथि
    सुनकोशी नदीमा कार खस्यो
    निर्मल पुर्जासहित पर्वतारोहीको शव आज क्याम्प-१ मा ल्याउने तयारी
    जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ

    लोकप्रिय

    • १.
      सुनसरी घटना छानबिन टोली विराटनगरमा

    • २.
      चितवनका अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा बन्द, बिरामी

    • ३.
      सिद्धबाबा सुरूङमार्गको ७० प्रतिशत काम सकियो, कात्तिकसम्म

    • ४.
      असारमा तिरिएको भ्याट भदौको बिलमा समायोजन हुने

    • ५.
      स्वास्थ्य सेवामा अवरोध नगर्न आग्रह

    • ६.
      एमबीएसको प्रश्नपत्र आउट प्रकरणमा थप २ जना

    भर्खरै

    • १.
      गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते

    • २.
      दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल छाड्न मा

    • ३.
      ‘गौँथली’को व्यापार साढे १३ करोडमाथि

    • ४.
      सुनकोशी नदीमा कार खस्यो

    • ५.
      निर्मल पुर्जासहित पर्वतारोहीको शव आज क्याम्प-१ मा ल्याउने तयारी

    • ६.
      जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ

    • ७.
      संसद्‌मा सम्बोधन गर्दै प्रचण्ड

    • ८.
      जनकपुर बजार बन्द, गृहमन्त्रीको राजीनामा माग

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation