• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शुक्रबार, फागुन ०८, २०८२
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

मुख्य याममा सौराहामा पर्यटक घटेपछि व्यवसायी निरास
  • ४ घण्टा 

११ किलाे गाँजासहित त्रिभुवन विमानस्थलबाट ३ भारतीय पक्राउ
  • ४ घण्टा 

निर्वाचन सामग्री र मतपत्र पुग्यो जिल्ला-जिल्लामा, यस्ता छन् आयोगका ‘प्रचार टुल्स’
  • ४ घण्टा 

चुनावको पूर्वसन्ध्यामा मत सर्वेक्षण गर्न पाइँदैन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
  • १ दिन 

पूर्वराजा ज्ञानेन्द्र शाहको आग्रह – राष्ट्रिय सहमति गरी निर्वाचन गरौँ
  • १ दिन 

भारतीय राजदूतलाई भेटेर धनगढी पुगे रवि लामिछाने
  • १ दिन 

अर्घाखाँचीमा पासोमा परेर घाइते भएको चितुवा मर्यो
  • ३ दिन 

आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो
  • ३ दिन 

मतपत्र छपाइ सकियो, १० दिनभित्र सबै जिल्लामा पुर्‍याइने
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. मतपत्र छपाइ सकियो, १० दिनभित्र सबै जिल्लामा पुर्‍याइने

  • २. चुनावको पूर्वसन्ध्यामा मत सर्वेक्षण गर्न पाइँदैन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

  • ३. आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

  • ४. अर्घाखाँचीमा पासोमा परेर घाइते भएको चितुवा मर्यो

  • ५. निर्वाचन सामग्री र मतपत्र पुग्यो जिल्ला-जिल्लामा, यस्ता छन् आयोगका ‘प्रचार टुल्स’

  • ६. ११ किलाे गाँजासहित त्रिभुवन विमानस्थलबाट ३ भारतीय पक्राउ

  • ७. मुख्य याममा सौराहामा पर्यटक घटेपछि व्यवसायी निरास

मध्यरातमा प्रहरीको भेषमा ‘चोर’

  •   मङ्गलबार, असोज २८, २०८२ मा प्रकाशित
  • २८ असोज, चितवन । चितवनको कालिका नगरपालिका-६ सिमलघारी टोलमा सोमबार मध्यराति प्रहरीले लगाउने जस्तै पोसाक लगाएर चोर्न आएको पाइएको छ ।

    Advertisement

    घरधनीसँग जम्काभेट भएपछि निजहरूले आफूहरू प्रहरी भएको र फरार कैदीबन्दी खोज्न आएको भन्दै उम्किएका थिए । घटना विवरणअनुसार नेपाल पत्रकार महासंघ बागमती प्रदेशका महासचिव राधेश्याम खतिवडाको घरमा चोरी गर्न आएको आफूलाई प्रहरी बताउने व्यक्तिहरू खतिवडासँग जम्का भेट भएपछि प्रहरी भन्दै उम्किएका थिए । खतिवडाले भने, ‘नजिकै रहेको काकाको घरमा क्रिकेट हेर्ने निधो भएपछि ढोका बन्द गर्न लागाएर बाहिरको बत्ती बालेर दाजुभाइ गयौं । रातको १२ बजे खेल सकिएपछि काकाको घरबाट घर फर्किंदा सडक पोलको बत्ती निभेको पाइयो ।

    घरअगाडि बालेको बत्ती पनि बन्द गरेको पाइयो । बत्ती बन्द गरिएकामा शंका लाग्यो ।’ ‘मेरो घरबाट चार घर पर अँधेरोमा केही चीज रोकेर राखेकोसम्म आँखा पुग्यो । जब आफ्नो घरअगाडि सडकमा पुगेँ अँध्यारोमा एक अपरिचित युवा मेरो घरको बरण्डाबाट आँगनमा निस्किए’, घटना विवरण सुनाउँदै उनले भने, ‘एक्कासि नयाँ मान्छे देख्दा म आत्तिए । चोर  भन्ने सम्झे । तर बोल्न सकिनँ ।’ ती व्यक्तिले यहाँ कारागारबाट भागेको कैदी लुकेको छ रे कहाँ छ ? भन्दै प्रश्न सोधेपछि आफू आत्तिएर काको घरतर्फ गएको खतिवडाले बताए । भाइ विवेक खतिवडा र आफू पुनः घरमा फर्किंदा ती व्यक्ति अगाडि मोटरसाइकलमा रहेका अर्का व्यक्तिसम्म पुगेको उनले बताए ।

    निजहरूले दाजुभाइलाई आफूहरु प्रहरी भएको र लोकेसनले फरार कैदीबन्दी यहाँ देखाएकाले खोज्दै आएको बताएको उनले सुनाए । घर आउँदा मोटरसाइकल राखेको ठाउँबाट अलि पर सारेको, जुत्ता, हेलमेट सडक किनारमा लगेर राखेको, झ्यालको पल्ला खोलेको पाएपछि बल्ल उनीहरू चोर हुन भन्ने यकिन भएको खतिवडाले बताए । राति नै प्रहरीलाई खबर गरी घटनाका विवरण सुनाएको उनले जानकारी दिए । मोटरसाइकलमा रहेका व्यक्तिले हतियारजस्तो वस्तु समेत बोकेको देखेको खतिवडाले बताए । उनका अनुसार नजिकै रहेको काका कालिदास खतिवडाको घरबाट पल्सर मोटरसाइकल राति नै चोरी भएको छ ।

    उनीहरू बत्ती निभाएर चोर्ने नियतले घरमा पसेको र जम्काभेट भएपछि आफूहरूलाई प्रहरी बताउँदै उम्किएको खतिवडाले बताए । इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायब उपरीक्षक सुवास भट्टले घटनाको जानकारी पाएसँगै राति प्रहरी परिचालन भएको र घटनाको अध्ययन थालिएको बताए । उनीहरू प्रहरी नभएको भन्दै चोरी गर्ने नियतले आएको हुन सक्ने उनले बताए ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्द पुरीले फरार कैदीबन्दी पनि हुन सक्ने आशङ्का बीच सोही कोणबाट समेत अनुसन्धान थालिएको बताए । उनले भने, ‘यसै भन्न सकिन्नँ, तर सबै कोणबाट अध्ययन थालेका छौँ ।’

    चितवनसहित देशका धेरै कारागारबाट ठूलो सङ्ख्यामा कैदीबन्दी फरार रहेका छन् ।

    मङ्गलबार, असोज २८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुख्य याममा सौराहामा पर्यटक घटेपछि व्यवसायी निरास
    ११ किलाे गाँजासहित त्रिभुवन विमानस्थलबाट ३ भारतीय पक्राउ
    निर्वाचन सामग्री र मतपत्र पुग्यो जिल्ला-जिल्लामा, यस्ता छन् आयोगका ‘प्रचार टुल्स’
    चुनावको पूर्वसन्ध्यामा मत सर्वेक्षण गर्न पाइँदैन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
    पूर्वराजा ज्ञानेन्द्र शाहको आग्रह – राष्ट्रिय सहमति गरी निर्वाचन गरौँ
    भारतीय राजदूतलाई भेटेर धनगढी पुगे रवि लामिछाने

    लोकप्रिय

    • १.
      मतपत्र छपाइ सकियो, १० दिनभित्र सबै जिल्लामा

    • २.
      चुनावको पूर्वसन्ध्यामा मत सर्वेक्षण गर्न पाइँदैन :

    • ३.
      आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

    • ४.
      अर्घाखाँचीमा पासोमा परेर घाइते भएको चितुवा मर्यो

    • ५.
      निर्वाचन सामग्री र मतपत्र पुग्यो जिल्ला-जिल्लामा, यस्ता

    • ६.
      ११ किलाे गाँजासहित त्रिभुवन विमानस्थलबाट ३ भारतीय

    भर्खरै

    • १.
      मुख्य याममा सौराहामा पर्यटक घटेपछि व्यवसायी निरास

    • २.
      ११ किलाे गाँजासहित त्रिभुवन विमानस्थलबाट ३ भारतीय पक्राउ

    • ३.
      निर्वाचन सामग्री र मतपत्र पुग्यो जिल्ला-जिल्लामा, यस्ता छन् आयोगका ‘प्रचार टुल्स’

    • ४.
      चुनावको पूर्वसन्ध्यामा मत सर्वेक्षण गर्न पाइँदैन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

    • ५.
      पूर्वराजा ज्ञानेन्द्र शाहको आग्रह – राष्ट्रिय सहमति गरी निर्वाचन गरौँ

    • ६.
      भारतीय राजदूतलाई भेटेर धनगढी पुगे रवि लामिछाने

    • ७.
      अर्घाखाँचीमा पासोमा परेर घाइते भएको चितुवा मर्यो

    • ८.
      आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation