Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
बिहिबार, साउन २१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

जनताका आशा–अपेक्षा फेरि टुट्न थालेः विप्लव
  • १ दिन 

इन्जिनियरिङ प्रवेश परीक्षामा विराटनगरका मनन श्रेष्ठ बने नेपाल प्रथम
  • १ दिन 

विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह
  • १ दिन 

धनुषामा सम्बन्धविच्छेदका घटना बढे
  • १ दिन 

पर्सामा २०७ किलो गाँजासहित एक जना पक्राउ
  • १ दिन 

नेपालमा ६० हजार एनजीओ र २५० आईएनजीओ
  • १ दिन 

हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद
  • १ दिन 

फरार प्रतिवादी पक्राउ
  • १ दिन 

गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह

  • २. दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल छाड्न मा

  • ३. जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ

  • ४. फरार प्रतिवादी पक्राउ

  • ५. धनुषामा सम्बन्धविच्छेदका घटना बढे

  • ६. निर्मल पुर्जासहित पर्वतारोहीको शव आज क्याम्प-१ मा ल्याउने तयारी

  • ७. इन्जिनियरिङ प्रवेश परीक्षामा विराटनगरका मनन श्रेष्ठ बने नेपाल प्रथम

  • ८. सुनकोशी नदीमा कार खस्यो

  • ९. जनताका आशा–अपेक्षा फेरि टुट्न थालेः विप्लव

  • १०. ‘गौँथली’को व्यापार साढे १३ करोडमाथि

सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति पुनमाथि पनि अनुसन्धान


  •   सोमबार, असोज २७, २०८२ मा प्रकाशित
  • २७ असोज, काठमाडौं । विद्युतीय चुरोट (भेप) मा सुन लुकाएर तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति एवम् माओवादी केन्द्रका उपाध्यक्ष नन्दबहादुर पुन (पासाङ) र उनका छोराहरूविरुद्ध पनि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

    Advertisement

    यही प्रकरणमा पूर्वसभामुख समेत रहेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले आइतबार पक्राउ गरिसकेको छ । उनीमाथि चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोपमा अनुसन्धान भइरहेको छ ।

    सुन तस्करी प्रकरणमा रोल्पाको राङ्सी घर भएका पूर्वउपराष्ट्रपति पुन पनि विवादमा मुछिएकाले उनीमाथि पनि अनुसन्धान अघि बढाइएको नेपाल प्रहरीका एक उच्च अधिकारीले बताए । दुई वर्षअघि उनका जेठा छोरा जितेन्द्रले शक्तिको दुरुपयोग गरी हुम्लाबासी भएको कागजात बनाई सीमा वारपार गर्ने परिचयपत्र गृह मन्त्रालयबाट बनाएका थिए ।

    त्यसपछि हुम्ला र चीनको सीमा क्षेत्र ताक्लाकोट पुगेर चिनियाँ टोलीसँग ‘तमसुक गरेर चार किलो सुन बुझेको’ समाचार सार्वजनिक भएको थियो । सुनको भुक्तानीबाफतको सावाँ–ब्याजको रकम चिनियाँ पक्षलाई नदिएपछि यो प्रकरण बाहिरिएको थियो । पुन दुई कार्यकाल उपराष्ट्रपति छँदा स्वकीय सचिव रहेका जितेन्द्र हाल अमेरिकामा रहेको पारिवारिक स्रोत बताउँछ ।

    पूर्वउपराष्ट्रपति पुनका कान्छा छोरा दीपेश पुन पनि सुन तस्करी प्रकरण, सहकारी ठगी र भुटानी शरणार्थी प्रकरण लगायतमा मुछिएपछि फरार रहेको प्रहरी अधिकृतहरु बताउँछन् । २०७९ सालमा भेपमा लुकाएर ल्याइएको करिब ९ किलो सुन र २०८० सालमा हङकङबाट ब्रेक सुमा लुकाएर ल्याइएको ६१ किलो सुन तस्करी प्रकरणमा दिपेश मुछिएका छन् ।

    सुन तस्करी प्रकरणमा गठन गरिएको जाँचबुझ आयोगले दीपेशको संलग्नता किटान गर्दै थप अनुसन्धान गर्न सरकारलाई सुझाव दिएको थियो । सहकारी ठगी प्रकरणमा पक्राउ समेत परेका दिपेश हाजिरी जमानीमा छुटेका थिए । हाल उनी भारतमा रहेको सूचना रहेको प्रहरी अधिकारीहरु बताउँछन् । यसैगरी तत्कालीन उपराष्ट्रपति पुनको सचिवालयमा ‘वैदेशिक मामिला विज्ञ’ पदको नियुक्ति लिएका जीवनकुमार गुरुङसमेत सुन तस्करी प्रकरणमा २०८० साल फागुनमा पक्राउ परेर धरौटीमा रिहा भएका थिए । यसैगरी पुनको आफन्त अमला रोका समेत सुन तस्करी प्रकरणमा जोडिएकी थिइन् ।

    ठमेलको ‘होटल भियना’समेत सञ्चालन गरेकी रोका गत असारमा दुई लाख धरौटीमा रिहा भएकी थिइन् । पूर्वउपराष्ट्रपति पुनका छोराहरु, आफन्त र उनको सचिवालयका सदस्य समेत सुन तस्करी प्रकरणमा मुछिएका र पुनको चिनियाँ टोलीसँग शंकास्पद सम्बन्ध रहेको भन्दै प्रहरीले उनीमाथि अनुसन्धान अघि बढाएको हो ।

    सोमबार, असोज २७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनताका आशा–अपेक्षा फेरि टुट्न थालेः विप्लव
    इन्जिनियरिङ प्रवेश परीक्षामा विराटनगरका मनन श्रेष्ठ बने नेपाल प्रथम
    विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह
    धनुषामा सम्बन्धविच्छेदका घटना बढे
    पर्सामा २०७ किलो गाँजासहित एक जना पक्राउ
    नेपालमा ६० हजार एनजीओ र २५० आईएनजीओ

    लोकप्रिय

    • १.
      विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा

    • २.
      दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल

    • ३.
      जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित

    • ४.
      फरार प्रतिवादी पक्राउ

    • ५.
      धनुषामा सम्बन्धविच्छेदका घटना बढे

    • ६.
      निर्मल पुर्जासहित पर्वतारोहीको शव आज क्याम्प-१ मा

    भर्खरै

    • १.
      जनताका आशा–अपेक्षा फेरि टुट्न थालेः विप्लव

    • २.
      इन्जिनियरिङ प्रवेश परीक्षामा विराटनगरका मनन श्रेष्ठ बने नेपाल प्रथम

    • ३.
      विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह

    • ४.
      धनुषामा सम्बन्धविच्छेदका घटना बढे

    • ५.
      पर्सामा २०७ किलो गाँजासहित एक जना पक्राउ

    • ६.
      नेपालमा ६० हजार एनजीओ र २५० आईएनजीओ

    • ७.
      हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद

    • ८.
      फरार प्रतिवादी पक्राउ

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation