Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने
  • १३ घण्टा 

परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना
  • १४ घण्टा 

बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ
  • १४ घण्टा 

पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
  • २ दिन 

कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु
  • २ दिन 

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला
  • २ दिन 

स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
  • ३ दिन 

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
  • ४ दिन 

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
  • ४ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. दास किराना पसललाई दुई लाख जरिवाना

  • ३. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

  • ४. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ५. बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

  • ६. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

  • ७. एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

  • ८. सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

  • ९. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

  • १०. चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

मतदाता नामावलीमा धमाधम नाम दर्ता गराउँदै जेनजी


  •   बुधबार, असोज २२, २०८२ मा प्रकाशित
  • विराटनगर । आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभा निर्वाचनको मिति तोकिएको छ । निर्वाचन आयोगले प्रारम्भिक निर्वाचन तालिकासमेत सार्वजनिक गरिसकेको छ ।

    Advertisement

    जिल्ला निर्वाचन कार्यालय, मोरङमा मतदाता नामावलीमा नाम दर्ता गराउन युवाहरू पुग्न थालेका छन् । विगतका चुनावप्रति खासै चासो नदेखाएका तर हालैका राजनीतिक घटनाक्रम र जेनजी आन्दोलनबाट प्रेरित भएका नयाँ मतदाताहरू आफ्नो मताधिकार सुनिश्चित गर्न उत्साहित देखिएका छन् ।

    निर्वाचन कार्यालयका अनुसार पछिल्ला केही दिन यता नामावली दर्ता गराउन आउनेमा अधिकांश १८ देखि २५ वर्ष उमेर समूहका छन् । कार्यालयका कम्प्युटर अपरेटर शंकर गिरीले आइतबार यता झन्डै तीन सय जना नयाँ मतदाता थपिएको जानकारी दिए ।  ‘बिदाको दिनमा पनि हामीले दर्ता खुला राखेका थियौँ । अहिले नयाँ नाम दर्ता गराउन आउनेहरू बढिरहेका छन् । धेरै चाप छैन, तर खाली पनि छैन,’ उनले भने ।  कार्यालयमा भेटिएका अधिकांश युवाले पुराना राजनीतिक दल र नेताहरूको कार्यशैलीप्रति वितृष्णा जागेको र अब नयाँ तथा सक्षम व्यक्तिलाई मतदान गर्नकै लागि नाम दर्ता गराउन आएको बताएका छन् ।

    विराटनगर–५ का २० वर्षीय प्रसन्न लुइँटेलले फागुनमै चुनाव हुने भएपछि आफू उत्साहित भएको बताए । स्नातक तेस्रो वर्षमा अध्ययनरत उनले भने, ‘सोचेको त दुई वर्षपछि चुनाव हुन्छ भन्ने थियो, तर छिटै हुने भएपछि उत्साहित छु ।’ जेनजी आन्दोलन र त्यसपछिको राजनीतिक घटनाक्रमबारे उनले भने, ‘जे भयो–भयो, अब अगाडि बढ्नुपर्छ, तर अब पुरानै दल र पुरानै अनुहार उठे भने केही हुन्न । कि जेनजी कि कोही काबिल मान्छे आउनुपर्छ ।’

    विगतमा मतदानप्रति उदासीन रहेका युवाहरू पनि यसपटक भने आशावादी देखिएका छन् । विराटनगर–३ का सौरभ बस्नेतले यसअघि भोट हालेर देश विकास नहुने सोचेर नामावलीमा नाम दर्ता नै नगरेको बताए । ‘पहिले जसलाई भोट दिए पनि केही हुँदैन भन्ने लाग्थ्यो, त्यसैले वास्ता गरिएन,’ उनले भने, ‘तर अब भोट दिनुपर्छ भनेर नाम दर्ता गर्न आएको हुँ ।

    आशा छ, अब नयाँ अनुहार आउँछ र उसैलाई भोट हाल्ने हो ।’ सोही वडाकी निष्ठा गौतमले पनि विगतमा आफू काठमाडौँमा बस्ने र उम्मेदवारहरू पनि चित्तबुझ्दो नभएकाले मतदानमा रुचि नभएको बताइन् । ‘हालैको आन्दोलन र परिवर्तनको माहोलले अब अलिकति चित्तबुझ्दो मान्छे उठ्नुहुन्छ कि भन्ने आशा छ,’ उनले भनिन्, ‘आफ्नो एउटा भोटले पनि फरक पार्छ भन्ने सोचेर आएकी हुँ ।’ उनले नयाँ स्वतन्त्र उम्मेदवार वा पुराना दलभित्रकै राम्रो काम गर्ने व्यक्तिलाई रोज्ने संकेत गरिन् । धनकुटा घर भई हाल विराटनगरमा रहेका विजय गुरागाईंले यसअघि राजनीतिक दलहरूप्रति आशा नभएरै नाम दर्ता नगराएको बताए । तर स्थानीय तहको चुनावमा स्वतन्त्र उम्मेदवारहरूको सफलताले आफूमा आशा पलाएको उनको भनाइ छ ।

    ‘पहिले कुनै पार्टीबाट आस थिएन, अहिले स्वतन्त्रको माहोल र उनीहरूले गरेको कामले सकारात्मक सन्देश दिएको छ,’ उनले भने, ‘अब पुराना पार्टीहरूको सिन्डिकेट तोडिएला र स्वतन्त्रले नै अगाडि बढाउलान् भन्ने आशाले भोट हाल्न चाहेर नाम दर्ता गर्न आएको हुँ ।’ विभिन्न कारणले छुटेकाहरू पनि अहिले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गर्न सक्रिय छन् ।

    बेलबारी–११ का जाकिरमान तामाङ विदेशमा भएका कारण यसअघि छुटेका थिए । ‘फागुन २१ मा चुनाव हुन्छ भन्ने सुनेपछि मत हाल्ने उद्देश्यले नै नाम दर्ता गराउन आएको हुँ,’ उनले भने । हालैको ‘जेनजी’ आन्दोलनले जगाएको राजनीतिक चेतना र स्वतन्त्र उम्मेदवारहरूको उदयले युवाहरूलाई आफ्नो एक मतको शक्तिबारे सोच्न बाध्य बनाएको देखिन्छ, जसको प्रभाव आगामी चुनावमा देखिने निश्चित छ ।

    बुधबार, असोज २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने
    परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना
    बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ
    पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
    कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु
    चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ३.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई

    • ४.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ५.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री

    • ६.
      अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

    भर्खरै

    • १.
      नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने

    • २.
      परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना

    • ३.
      बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ

    • ४.
      पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना

    • ५.
      कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु

    • ६.
      चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

    • ७.
      स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

    • ८.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation