• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शनिबार, फागुन ०९, २०८२
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

मुख्य याममा सौराहामा पर्यटक घटेपछि व्यवसायी निरास
  • १ दिन 

११ किलाे गाँजासहित त्रिभुवन विमानस्थलबाट ३ भारतीय पक्राउ
  • १ दिन 

निर्वाचन सामग्री र मतपत्र पुग्यो जिल्ला-जिल्लामा, यस्ता छन् आयोगका ‘प्रचार टुल्स’
  • १ दिन 

चुनावको पूर्वसन्ध्यामा मत सर्वेक्षण गर्न पाइँदैन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
  • ३ दिन 

पूर्वराजा ज्ञानेन्द्र शाहको आग्रह – राष्ट्रिय सहमति गरी निर्वाचन गरौँ
  • ३ दिन 

भारतीय राजदूतलाई भेटेर धनगढी पुगे रवि लामिछाने
  • ३ दिन 

अर्घाखाँचीमा पासोमा परेर घाइते भएको चितुवा मर्यो
  • ५ दिन 

आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो
  • ५ दिन 

मतपत्र छपाइ सकियो, १० दिनभित्र सबै जिल्लामा पुर्‍याइने
  • ५ दिन 

लोकप्रिय समाचार

  • १. मतपत्र छपाइ सकियो, १० दिनभित्र सबै जिल्लामा पुर्‍याइने

  • २. चुनावको पूर्वसन्ध्यामा मत सर्वेक्षण गर्न पाइँदैन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

  • ३. अर्घाखाँचीमा पासोमा परेर घाइते भएको चितुवा मर्यो

  • ४. आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

  • ५. भारतीय राजदूतलाई भेटेर धनगढी पुगे रवि लामिछाने

  • ६. पूर्वराजा ज्ञानेन्द्र शाहको आग्रह – राष्ट्रिय सहमति गरी निर्वाचन गरौँ

  • ७. निर्वाचन सामग्री र मतपत्र पुग्यो जिल्ला-जिल्लामा, यस्ता छन् आयोगका ‘प्रचार टुल्स’

  • ८. ११ किलाे गाँजासहित त्रिभुवन विमानस्थलबाट ३ भारतीय पक्राउ

  • ९. मुख्य याममा सौराहामा पर्यटक घटेपछि व्यवसायी निरास

जेनजी आन्दोलनमा मोटरसाइकल जलाइदिए, अहिले गल्ती स्वीकार्दै तिरे डेढ लाख


  •   शुक्रबार, असोज १०, २०८२ मा प्रकाशित
  • जेनजी आन्दोलनका क्रममा व्यक्तिगत मोटरसाइकलमा आगजनी गर्ने एक जनाले डेढ लाख रुपैयाँ तिरेका छन्। तुलसीपुर बस्ने २६ वर्षीय सञ्जय शर्माले बिहीबार पीडितलाई डेढ लाख रुपैयाँ नगद बुझाएका हुन्। रूकुम पश्चिमको चौरजहारी नगरपालिका–१३ का उनी भदौ २४ गते भएको प्रदर्शनमा सहभागी भएका थिए। त्यसक्रममा उनले तुलसीपुरका केशवराज भुसालको मोटरसाइकलमा आगजनी गरेको आरोप छ। भुसाल नेपाली कांग्रेस निकट नेपाल तरूण दलका तुलसीपुर नगर उपसभापति हुन्। उनको बा ८१ प ९३९६ नम्बरको बाइकमा आगजनी भएको थियो। भुसालले आफ्नो मोटरसाइकल तुलसीपुर उपमहानगरपालिकाको प्रशासनिक भवनको अन्डरग्राउन्डमा राखेका थिए। आफ्नो मोटरसाइकल नष्ट भएपछि भुसालले सिसिटिभी फुटेज र नगर प्रहरीसँगको सहकार्यबाट उनले आगजनीमा पाँच जना संलग्न रहेको पत्ता लगाए। Laxmi bank खोजी क्रममा सञ्जय शर्मालाई फेला पारेपछि भुसालले क्षतिपूर्ति माग गरेका थिए। सञ्जयविरूद्ध किटानी जाहेरी दिने तयारी गरेपछि आफ्नो भागमा पर्ने क्षतिपूर्ति दिन सहमत भएका हुन्। Ncell गल्ती स्वीकार गर्दै सञ्जयले भुसाललाई डेढ लाख क्षतिपूर्ति दिने सहमतिपछि दुवै पक्षबीच लेखापढी भएको थियो। पेसाले तुलसीपुरमा विद्युत वाइरिङ गर्ने सञ्जयले बिहीबार नगद डेढ लाख बुझाए। त्यसपछि कानुन व्यवसायी उपस्थितिमा भुसालले सही–छापसहित मेलमिलापको कागज बनाए। सहमति पत्रअनुसार अबदेखि भुसालले सञ्जयविरूद्ध कुनै किटानी जाहेरी वा उजुरी नदिने सहमति भएको छ। यो सहमति इलाका प्रहरी कार्यालय तुलसीपुर परिसरमै बिहीबार भएको थियो। यसैबारे शुक्रबार भुसालले आफ्नो मोटरसाइकलमा आगजनी गर्नेमध्ये अर्का युवा विशाल गुप्तालाई पनि पहिचान गरेका छन्। उनका विरूद्ध पनि इप्रका तुलसीपुरमा किटानी जाहेरी दिने अन्तिम तयारी भइरहेको छ। घटनाका प्रत्यक्षदर्शी नगर प्रहरी दिनेश चौधरी र डिल्ली न्यौपानेले सनाखत गरिदिएपछि शुक्रबार बिहान गुप्ता पक्राउ परेका हुन्। गुप्तासहित तीन जनाविरूद्ध किटानी जाहेरी दिने तयारी भइरहेको छ। तुलसीपुर उपमहानगरपालिकाका जिन्सी शाखा प्रमुख शिव शर्माका अनुसार अन्डरग्राउन्ड पार्किङमा राखिएका १३ वटा मोटरसाइकल र ६ वटा गाडी आगजनीमा नष्ट भएका छन्। पाँच वटा गाडी सरकारी, एउटा गाडी उपमहानगरपालिकाको लिफ्ट मर्मतका लागि आएको निजी गाडी हो। जलेका सवारी साधनमध्ये ६ वटा व्यक्तिका निजी गाडी हुन्—चार वटा कर्मचारीका मोटरसाइकल र दुई वटा सर्वसाधारणका मोटरसाइकल छन्। भदौ २४ गते जेनजी आन्दोलनका क्रममा उपमेयर श्यानी चौधरी चढ्ने गाडी, उपमहानगरको दमकल, पानी ट्यांकरमा पनि आगजनी भएको प्रमुख शर्माले बताए। टिपर, डोजरलगायत फोहर बोक्ने गाडी बाहिर रहेका कारण जोगिएका थिए। आगजनीबाट उपमहानगरपालिकाको दुई प्रशासनिक भवन ध्वस्त भएका छन्। नयाँ निर्माण गरिएको सात तले ‘तुलसी टावर’का सम्पूर्ण सिसा फुटेका छन्। प्रारम्भिक अनुसन्धानअनुसार यो भवन व्यावसायिक प्रयोजनका लागि टेन्डर दिन तयारी हुँदै थियो। दुई प्रशासनिक भवनमध्ये मेयर, उपमेयरसहित अधिकांश कर्मचारीको कार्यकक्ष रहेको झन्डै पाँच करोड ५० लाख लागतमा बनेको भवन समेत काम नलाग्ने भएको छ। प्राविधिक अनुसन्धानअनुसार भवन बस्न अयोग्य बनेको छ। लुम्बिनी प्रदेशका १२ जिल्लाका १०९ पालिकामध्ये सबैभन्दा बढी क्षति तुलसीपुर उपमहानगरपालिकामा भएको देखिन्छ।

    Advertisement

    शुक्रबार, असोज १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुख्य याममा सौराहामा पर्यटक घटेपछि व्यवसायी निरास
    ११ किलाे गाँजासहित त्रिभुवन विमानस्थलबाट ३ भारतीय पक्राउ
    निर्वाचन सामग्री र मतपत्र पुग्यो जिल्ला-जिल्लामा, यस्ता छन् आयोगका ‘प्रचार टुल्स’
    चुनावको पूर्वसन्ध्यामा मत सर्वेक्षण गर्न पाइँदैन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
    पूर्वराजा ज्ञानेन्द्र शाहको आग्रह – राष्ट्रिय सहमति गरी निर्वाचन गरौँ
    भारतीय राजदूतलाई भेटेर धनगढी पुगे रवि लामिछाने

    लोकप्रिय

    • १.
      मतपत्र छपाइ सकियो, १० दिनभित्र सबै जिल्लामा

    • २.
      चुनावको पूर्वसन्ध्यामा मत सर्वेक्षण गर्न पाइँदैन :

    • ३.
      अर्घाखाँचीमा पासोमा परेर घाइते भएको चितुवा मर्यो

    • ४.
      आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

    • ५.
      भारतीय राजदूतलाई भेटेर धनगढी पुगे रवि लामिछाने

    • ६.
      पूर्वराजा ज्ञानेन्द्र शाहको आग्रह – राष्ट्रिय सहमति

    भर्खरै

    • १.
      मुख्य याममा सौराहामा पर्यटक घटेपछि व्यवसायी निरास

    • २.
      ११ किलाे गाँजासहित त्रिभुवन विमानस्थलबाट ३ भारतीय पक्राउ

    • ३.
      निर्वाचन सामग्री र मतपत्र पुग्यो जिल्ला-जिल्लामा, यस्ता छन् आयोगका ‘प्रचार टुल्स’

    • ४.
      चुनावको पूर्वसन्ध्यामा मत सर्वेक्षण गर्न पाइँदैन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

    • ५.
      पूर्वराजा ज्ञानेन्द्र शाहको आग्रह – राष्ट्रिय सहमति गरी निर्वाचन गरौँ

    • ६.
      भारतीय राजदूतलाई भेटेर धनगढी पुगे रवि लामिछाने

    • ७.
      अर्घाखाँचीमा पासोमा परेर घाइते भएको चितुवा मर्यो

    • ८.
      आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation