Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
  • १ दिन 

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
  • २ दिन 

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
  • २ दिन 

सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
  • २ दिन 

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
  • ३ दिन 

एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित
  • ३ दिन 

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
  • ३ दिन 

१५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान
  • ३ दिन 

दास किराना पसललाई दुई लाख जरिवाना
  • ४ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

  • ३. नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

  • ४. रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

  • ५. दास किराना पसललाई दुई लाख जरिवाना

  • ६. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

  • ७. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ८. एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

  • ९. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • १०. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

मन्त्रालयमै शिक्षामन्त्रीको बास


  •   बुधबार, असोज ०८, २०८२ मा प्रकाशित
    • सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षक राख्न, विश्वविद्यालयलाई ९० दिनभित्र नतिजा प्रकाशन गर्न र त्रिभुवन विश्वविद्यालयको झाडी फाँडेर फुटपाथसहित बगैंचा बनाउन निर्देशन /
    • काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका कर्मचारीलाई मंगलबार ओढ्ने–ओछ्याउने कपडादेखि भाँडाकुँडा जोहो गर्न भ्याइनभ्याइ थियो । नवनियुक्त मन्त्री महावीर पुनले २४ सै घण्टा मन्त्रालयमै बस्ने बताएपछि उनका लागि ओछ्यान र खानपानका लागि सामग्री जुटाउन केही कर्मचारी व्यस्त देखिन्थे ।
    • बस्ने–खाने जोरजाम भएपछि मंगलबारदेखि मन्त्री पुन केशरमहलस्थित शिक्षा मन्त्रालयमै बस्न थालेका छन् । प्रवक्ता शिवकुमार सापकोटाले मन्त्रीको कार्यकक्ष सँगैको कोठामा खाने–बस्ने प्रबन्ध गरिएको बताए । ‘कार्यकक्ष सँगैका कोठा खाली गरेर सुत्ने, बस्ने र भान्सा बनाइएको छ ।
    • मन्त्रीज्यू त्यहीं बस्न थाल्नुभएको छ,’ उनले भने । २४ भदौको प्रदर्शनमा सिंहदरबारभित्रको शिक्षा मन्त्रालयमा आगजनी भएपछि मन्त्रालयलाई अस्थायी रूपमा ठमेलस्थित केशरमहलमा सारिएको छ । केशर पुस्तकालय सँगैको उक्त भवनको पहिलो तलामा शिक्षामन्त्रीको कार्यकक्ष स्थापना गरिएको छ ।
    • कार्यकक्षमा जोडिएकै कोठामा मन्त्रीको आवास व्यवस्था गरिएको हो । मन्त्री पुनले सोमबार शपथपछि कार्यकक्षमा पदभार ग्रहण गर्दै सचिव चुडामणि पौडेललाई आफ्ना लागि गाँस, बासको व्यवस्था पनि मन्त्रालयभित्रै मिलाइदिन आग्रह गरेका थिए ।
    • २४ सै घण्टा मन्त्रालयमा बसेर काम गर्ने उनले घोषणा गरेका थिए । ‘म जता गए पनि जहाँ काम गर्छु त्यहीं बास बस्ने बानी छ ।  राष्ट्रिय आविष्कार केन्द्रमा काम गर्दा पनि त्यहीं बस्थें । काम परे कीर्तिपुरबाट २ महिनामा मात्रै काठमाडौं निस्कन्थें । म वीरगन्ज गए पनि जहाँ काम गर्‍यो त्यहीं बस्ने हो,’ उनले भने, ‘मलाई एउटा सुत्ने खाट चाहियो । टेबल–कुर्सी चाहियो । किचन चाहियो । म आफैं पकाएर खान्छु ।’ मन्त्री नियुक्तिसँगै आविष्कार केन्द्रबाट अलग भएको उनले जनाए ।
    • सोमबार राति भने उनी बास बस्न कीर्तिपुर नै पुगेका थिए । मन्त्री पुनले मन्त्रालयभित्रै सुरक्षाकर्मीलाई पनि सँगै बस्ने प्रस्ताव गरेका छन् । मन्त्रालयको काममा मात्रै सरकारी गाडीको सुविधा लिने उनको भनाइ छ । ‘माथि रिपोर्ट गर्नु मन्त्रालयबाट बाहिर निस्केको बेला मेरो पछिपछि आउन पर्दैन,’ साथमा खटिएका सुरक्षाकर्मीलाई उनले भनेका थिए । मन्त्रालयका प्रवक्ता सापकोटाले सुरक्षाकर्मीलाई समेत मन्त्रालयभित्रै बस्ने ठाउँको प्रबन्ध मिलाइएको बताए । ‘कोठाहरू खाली गर्दै मन्त्रीज्यूको टिमलाई बस्ने ठाउँ बनाएका छौं,’ उनले भने, ‘१/२ दिनमा व्यवस्थित हुन्छ ।’ उनले खाना आफैं पकाउने भने पनि सहयोगका लागि एक जना कार्यालय सहयोगी खटाइएको मन्त्रालयले जनाएको छ ।
    • मंगलबार दिनभर मन्त्री पुन मन्त्रालयकै काममा व्यस्त थिए । कर्मचारीहरूसँग ब्रिफिङ र आगन्तुकहरूसँग भेटघाट गरेर बसेका थिए । त्यस क्रममा उठेका विषयलाई समेटेर उनले तीनबुँदे निर्देशनसमेत जारी गरेका छन् । सामाजिक सञ्जालमा सार्वजनिक गरिएको निर्देशनमा मन्त्री पुनले प्रत्येक सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षकको व्यवस्था गरिने प्रस्ताव गरेका छन् ।
    • सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरू कम्प्युटर शिक्षाबाट वञ्चित नहुन् भन्ने उद्देश्यले पठनपाठनका लागि हरेक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप्नुपर्ने उनले बताए ।
    • अर्थ मन्त्रालयबाट स्वीकृत लिएर मात्र शिक्षा तथा मानवस्रोत विकास केन्द्रले शिक्षक दरबन्दी थप गर्न सक्छ । २० वर्षदेखि सामुदायिक विद्यालयमा दरबन्दी थप भएको छैन । विद्यालय शिक्षा विधेयकले राहत, अस्थायीलगायत ४० हजार शिक्षकलाई स्वतः दरबन्दीमा रूपान्तरण गर्ने प्रस्ताव गरेको थियो । तर सरकार परिवर्तन र संसद् विघटनका कारण विधेयक निष्क्रिय बनेको छ । परीक्षाको नतिजा ३ महिनाभित्र सार्वजनिक गर्न पनि मन्त्री पुनले शिक्षण संस्थालाई निर्देशन दिएका छन् ।
    • ‘केही विश्वविद्यालयहरूले परीक्षा लिएर परीक्षाफल निकाल्न ८ महिनादेखि १ वर्षसम्म लगाउँदा रहेछन् । विद्यार्थीहरूका लागि त्यो अपूरणीय क्षति हो । त्यसैले विश्वविद्यालयलाई बढीमा ३ महिनाभित्र अनिवार्य रूपमा परीक्षाफल निकाल्न निर्देशन दिएको छु,’ सामाजिक सञ्जालमा मन्त्री पुनले लेखेका छन्, ‘समयमै परीक्षाफल ननिकाल्ने विश्वविद्यालयहरूको अनुदान रोक्का गरिनेछ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का ५ लाख विद्यार्थीको परीक्षाफल ३ महिनाभित्रै सार्वजनिक गर्दै आएको बताएका छन् । त्यस्तै, त्रिभुवन विश्वविद्यालयका सहकुलपतिसमेत रहेका मन्त्री पुनले कीर्तिपुरको हाताभित्रको झाडी फाँडेर बगैंचासहित फुटपाथ बनाएर विश्वविद्यालयलाई आकर्षक बनाउनसमेत निर्देशन दिएका छन् । ठूला रुख भने काट्न नमिल्ने उनको निर्देशनमा उल्लेख छ ।

    Advertisement

    बुधबार, असोज ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
    बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
    सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
    संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
    एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

    • ३.
      नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

    • ४.
      रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

    • ५.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ६.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई

    भर्खरै

    • १.
      स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

    • २.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    • ३.
      अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    • ४.
      सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

    • ५.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • ६.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ७.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ८.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation