Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
सोमबार, असार ०८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो
  • ७ घण्टा 

बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग सञ्चालन गर्ने सरकारको तयारी
  • ८ घण्टा 

विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
  • ८ घण्टा 

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो
  • १ दिन 

रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
  • १ दिन 

वडा नम्बर ५ को वडा भेला सम्पन्न, स्थानीय विकास तथा जनचासोका विषयमा छलफल
  • १ दिन 

उदयपुरमा स्कुल बस दुर्घटना, ३२ जना घाइते
  • २ दिन 

जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ : मन्त्री रावल
  • २ दिन 

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा
  • २ दिन 

लोकप्रिय समाचार

  • १. रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

  • २. मधेशमा ५ वर्षमा २१ हजारभन्दा बढी सडक दुर्घटना, २७०० बढीको मृत्यु

  • ३. राष्ट्रिय सभाबाट पनि चार अध्यादेश स्वीकृत

  • ४. राहदानी खरिद प्रकरण : अख्तियारले जर्मन कम्पनीका प्रतिनिधिलाई बयानमा बोलायो

  • ५. क्रोएसियाविरुद्ध इंग्ल्याण्ड विजयी, विश्वकपमा ह्यारीको गोल संख्या १० पुग्यो

  • ६. इरान र अमेरिकी राष्ट्रपतिबीच समझदारीपत्रमा हस्ताक्षर

  • ७. अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनिएको भन्दै कांग्रेसले उठायो प्रश्न

  • ८. राष्ट्रिय परिचयपत्र आफैँले डाउनलोड गर्न सकिने

  • ९. मन्त्रीको घरको पेटीमा उखु पेल्नेमाथि बुटवल नगर प्रहरीको ‘दादागिरी’

  • १०. संसद्‍मा जब विपक्षी सांसदले सभामुखको आचरणबारे प्रश्न उठाए…

माओवादीका सबै कमिटी विघटन !


  •   सोमबार, असोज ०६, २०८२ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय कमिटी विघटन (भंग) गरिँदै छ । केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला र पालिका कमिटीसमेत विघटन गरेर विशेष महाधिवेशनमा माओवादी केन्द्र जाँदै छ ।

    Advertisement

    विशेष महाधिवेशनमा जाने प्रचण्डको प्रस्ताव माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार बसेको पदाधिकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सबै तहका कमिटीहरू विघटन गरेर आउँदो मंसिरमा विशेष महाधिवेशन गर्न प्रस्ताव गरेका छन्

    । माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले अहिलेको मौजुदा सबै तहका कमिटी विघटन गरेर विशेष महाधिवेशनमा जाने प्रस्ताव बैठकमा आएको बताए । पदाधिकारी बैठकमा यस्तो प्रस्ताव अध्यक्ष प्रचण्डले गरेको र आउँदो ९ असोज (बिहीबार) बस्ने केन्द्रीय कमिटीमा छलफल हुने बताए । केन्द्रीय कमिटीमा अध्यक्ष प्रचण्डले गरेको प्रस्तावमा छलफल गर्दै पार्टी अब विशेष महाधिवेशनमा जाने उनले बताए । जेन–जी आन्दोलन र पार्टीमै उठिरहेका प्रश्नहरूका ’boutमा समेत विशेष महाधिवेशनमा छलफल गरिने ’boutमा पार्टीभित्र छलफल सुरु भएको छ । ‘केन्द्रीय कमिटीसहित सबै तहका कमिटी अब विघटन हुन्छ, लोकतान्त्रिक प्रक्रियाअनुसार कमिटीहरू गठन गरिने र युवाहरूलाई उम्मेदवार बनाउँदै अगाडि बढ्ने प्रस्ताव अध्यक्ष कमरेड प्रचण्डबाट आएको छ, विशेष महाधिवेशन गर्दै आउने निर्वाचनमा पनि युवाहरूलाई उम्मेदवार बनाउँदै अगाडि बढ्ने ’boutमा छलफल जारी छ,’ माओवादी केन्द्रका सचिव पौडेलले भने । पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डले नयाँ नेतृत्व निर्माणको प्रस्ताव गर्दै तत्काल केन्द्रीय समितिलाई आयोजक कमिटी बनाउने प्रस्ताव गरेका छन् । पदाधिकारी बैठकले सो प्रस्ताव केन्द्रीय समितिमा लैजाने निष्कर्ष निकालेको छ । जेन–जीको आन्दोलनपछि माओवादीमा पनि नेतृत्व परिवर्तनको बहस जोडतोडले उठेको छ।

    नेतृत्व परिवर्तन र विशेष महाधिवेशन नहुने नेपाली कांग्रेसभित्र नेतृत्व हस्तान्तरण र विशेष महाधिवेशनको आवाज उठेको छ । तर, नेतृत्व हस्तान्तरण र विशेष महाधिवेशनको आवाज उठाउनेलाई अस्वीकार गरिएको छ । कांग्रेसका पूर्वपदाधिकारीबीच पार्टीको आन्तरिक समीकरण, नेतृत्व परिवर्तन र आगामी महाधिवेशनका विषयमा आइतबार चाक्सीबारीस्थित पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवासमा छलफल भएको छ । छलफलमा पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्रीहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला तथा पूर्वसहमहामन्त्री एवं वर्तमान प्रवक्ता डा. प्रकाशशरण महत सहभागी थिए । पार्टीका पदाधिकारी तहका नेताले विशेष महाधिवेशन र नेतृत्व हस्तान्तरणको मुद्दा उठाएको विषयलाई लिएर कांग्रेसभित्र असन्तुष्टि देखिएको छ ।

    महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायतले बदलिँदो परिस्थितिमा विशेष महाधिवेशन गर्नुपर्ने धारणा राखेलगत्तै कतिपय नेताहरूले त्यसको प्रतिवाद गर्ने तयारी गरेका छन् । महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशनको प्रस्ताव अघि सारेपछि सभापति शेरबहादुर देउवा पक्षका नेताहरू एकठाउँमा भेला भएका हुन् । पार्टी नेतृत्व परिवर्तन’bout सुरु गरिएको बहसप्रति प्रवक्ता महतले आपत्ति जनाएका छन् । प्रवक्ता महतले पत्रकार सम्मेलन गर्दै महामन्त्रीहरूले अघि सारेको प्रस्तावमा विमति राखेका हुन् । पार्टी रूपान्तरणका लागि तत्काल महाधिवेशन गर्नुपर्ने लगायत माग महामन्त्री थापा र शर्माले राखेपछि कंग्रेसको आन्तरिक राजनीतिलाई तरंगित बनाएको छ । लोकतन्त्रविरुद्ध षड्यन्त्र भइरहेको भन्दै प्रवक्ता महतले पार्टीमा संयमित भएर अघि बढ्नुपर्ने बताए । यसअघि कांग्रेस महामन्त्री थापाले अबका दिनमा पार्टी रूपान्तरण र पुनर्गठनको कुनै विकल्प नभएको बताएका थिए । एमालेमा पनि नेतृत्व परिवर्तन नहुने नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा पनि नेतृत्व परिवर्तन नहुने भएको छ ।

    कांग्रेस र माओवादी केन्द्रजस्तै एमालेमा पनि नेतृत्व परिवर्तनको आवाज उठे पनि त्यसलाई अस्वीकार गरिएको छ । नेतृत्व पुस्तान्तरण र हस्तान्तरण हुनुपर्ने आवाज एमालेमा उठेको छ । तर, पार्टी अध्यक्ष केपी शर्मा ओलीनिकटका नेताहरूले त्यसलाई अस्वीकार गर्दै नेतृत्व परिवर्तन नहुने जवाफ फर्काउँदै आएका छन् । अहिले एमालेमा नेतृत्व पुस्तान्तरण र हस्तान्तरणको बहस जारी रहेको छ । कांग्रेस र माओवादी केन्द्रको बैठकले नेतृत्व पुस्तान्तरण र हस्तान्तरण ’boutमा गम्भीर छलफलमा जुटे पनि एमालेले कुनै तहको बैठक बोलाएको छ । पार्टी एकताको गृहकार्य प्रमुख दलहरूमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको बहससँगै पार्टी एकताको गृहकार्यसमेत जारी छ । माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, महेन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)सहितका दलबीच पार्टी एकताका लागि छलफल जारी नै रहेको छ । समाजवादी मोर्चामा रहेका यी दलले पार्टी एकता गर्ने र त्यसका लागि वार्ता समितिसमेत गठन गरेर छलफललाई निरन्तरता दिएका छन् । यसअघि ३ असोजमा पार्टी एकता गर्ने गृहकार्य भए पनि जेनजी आन्दोलन र बदलिएको पछिल्लो अवस्थाका कारण पार्टी एकता हुन सकेन । माओवादी केन्द्र, एकीकृत समाजवादी, नेकपा, नेसपासहितका दलहरूले २१ फागुनको निर्वाचनअघि नै पार्टी एकता गर्नेगरी छलफल थालेका छन् । पार्टीभित्र देखिएको आन्तरिक विवाद एवं पार्टी एकता गर्नुपर्ने दबाबका कारणले समेत शीर्ष नेताहरू पार्टी एकता गर्नुपर्ने निष्कर्षमा पुगेका हुन् । समाजवादी मोर्चामा रहेका पार्टी एकताका लागि एकताको ‘मोडालिटी’, सैद्धान्तिक अवधारणालाई अन्तिम रूप दिनेगरी शीर्ष नेता आन्तरिक गृहकार्यमा जुटेका छन् । तत्कालीन नेकपा मोडेलमा पार्टी एकता गर्ने सहमति भइसकेको छ । यी दलका बीचमा पार्टी एकतापछि दुई अध्यक्ष, सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी, प्रदेश कमिटी तत्कालीन नेकपा मोडेलमा हुनेछ । कमिटीमा हुने सदस्यहरूको संख्या भने पहिलाभन्दा बढ्नेछ ।

    सोमबार, असोज ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो
    बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग सञ्चालन गर्ने सरकारको तयारी
    विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
    ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
    वडा नम्बर ५ को वडा भेला सम्पन्न, स्थानीय विकास तथा जनचासोका विषयमा छलफल

    लोकप्रिय

    • १.
      रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान

    • २.
      मधेशमा ५ वर्षमा २१ हजारभन्दा बढी सडक

    • ३.
      राष्ट्रिय सभाबाट पनि चार अध्यादेश स्वीकृत

    • ४.
      राहदानी खरिद प्रकरण : अख्तियारले जर्मन कम्पनीका

    • ५.
      क्रोएसियाविरुद्ध इंग्ल्याण्ड विजयी, विश्वकपमा ह्यारीको गोल संख्या

    • ६.
      इरान र अमेरिकी राष्ट्रपतिबीच समझदारीपत्रमा हस्ताक्षर

    भर्खरै

    • १.
      राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो

    • २.
      बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग सञ्चालन गर्ने सरकारको तयारी

    • ३.
      विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित

    • ४.
      ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

    • ५.
      रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

    • ६.
      वडा नम्बर ५ को वडा भेला सम्पन्न, स्थानीय विकास तथा जनचासोका विषयमा छलफल

    • ७.
      उदयपुरमा स्कुल बस दुर्घटना, ३२ जना घाइते

    • ८.
      जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ : मन्त्री रावल

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation