Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
सोमबार, साउन १८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते
  • ७ घण्टा 

दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल छाड्न मा
  • ८ घण्टा 

‘गौँथली’को व्यापार साढे १३ करोडमाथि
  • ८ घण्टा 

सुनकोशी नदीमा कार खस्यो
  • ९ घण्टा 

निर्मल पुर्जासहित पर्वतारोहीको शव आज क्याम्प-१ मा ल्याउने तयारी
  • १ दिन 

जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ
  • १ दिन 

संसद्‌मा सम्बोधन गर्दै प्रचण्ड
  • ४ दिन 

जनकपुर बजार बन्द, गृहमन्त्रीको राजीनामा माग
  • ४ दिन 

फिर्केखोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता
  • ४ दिन 

लोकप्रिय समाचार

  • १. सुनसरी घटना छानबिन टोली विराटनगरमा

  • २. चितवनका अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा बन्द, बिरामी मर्कामा

  • ३. एमबीएसको प्रश्नपत्र आउट प्रकरणमा थप २ जना पक्राउ

  • ४. सिद्धबाबा सुरूङमार्गको ७० प्रतिशत काम सकियो, कात्तिकसम्म सञ्चालनमा ल्याउने तयारी

  • ५. असारमा तिरिएको भ्याट भदौको बिलमा समायोजन हुने

  • ६. स्वास्थ्य सेवामा अवरोध नगर्न आग्रह

  • ७. अशान्त बनेको कप्तानगञ्जमा पुग्यो छानबिन समिति

  • ८. कांग्रेसले विपद् व्यवस्थापनसम्बन्धी तीन दिने प्रशिक्षण आयोजना गर्ने

  • ९. एकै दिन विपद्का ४२ घटना, तीन जनाको मृत्यु

  • १०. फिर्केखोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता

लगानी सम्मेलनलाई लक्षित गर्दै १२ वटा कानुन संशोधनको प्रस्ताव


  •   बिहिबार, माघ २५, २०८० मा प्रकाशित
  • आउँदो वैशाख १६ र १७ गते हुने लगानी सम्मेलनलाई लक्षित गर्दै सरकारले १२ वटा कानुन संशोधनको प्रस्ताव गरेको छ ।

    Advertisement

    तेस्रो लगानी सम्मेलन निर्देशक समितिको आज बसेको बैठकले उद्योग, व्यवसाय एवम् लगानीमा देखिएका कानुनी तथा नीतिगत अवरोध हटाउने र निर्माण परियोजना कार्यान्वयनमा अनुभव गरिएका अप्ठ्यारा र ढिलासुस्ती हटाउने उद्देश्यले कानुन संशोधनको प्रस्ताव गरेको हो । बैठकले औद्योगिक व्यवसाय ऐन (२०७६), विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन (२०७५), विशेष आर्थिक क्षेत्र ऐन (२०७३), वन ऐन (२०७६), राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन (२०२९), भूमिसम्बन्धी ऐन (२०२१), जग्गा प्राप्ति ऐन (२०३४), वातावरण संरक्षण ऐन (२०७६), विद्युतीय कारोबार ऐन (२०६३), नेपाल नागरिक उड्ययन प्राधिकरण ऐन (२०५३), विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली (२०७७) र वन नियमावली (२०७९) का विभिन्न प्रावधानहरूमा संशोधन प्रस्ताव गरेको हो ।

    बैठकमा अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्ताहरूले चासो दिइरहेको बताउँदै गम्भीरताका साथ परियोजनाहरूको तयारी गर्न निर्देशन दिनुभयो । नेपालमा अभूतपूर्व अवसर भएको भन्दै उहाँले विदेशी लगानीकर्ताका साथै नेपाली लगानीकर्ता एवम् गैरआवासीय नेपालीलाई समेत आकर्षित गर्न कानुनी र नीतिगत सुधारमा सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभयो । लगानी सहजीकरण, परियोजना कार्यान्वयन र सञ्चालन तथा नाफा फिर्ता लैजान सरल व्यवस्था गरी नेपाल लगानीको उत्कृष्ट गन्तव्य हो भन्ने सन्देश विश्व समुदायमा पुर्‍याउने लगानी सम्मेलनको प्रमुख उदेश्य रहेको उहाँको भनाइ छ ।

    बैठकमा नीति, कानुन तथा संरचनागत सुधार कार्यदलका संयोजक एवम् प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव एकनारायण अर्यालले कानुनी तथा नीतिगत सुधार सम्बन्धमा तयार भएको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । निजी क्षेत्रसमेतको सहभागितामा प्रतिवेदन तयार भई मुख्य सचिव संयोजकत्वको लगानी सम्मेलन कार्यान्वयन समितिको बैठकमा प्राप्त पृष्ठपोषण समावेश गरी तयार भएको प्रतिवेदनमा आधारित रहेर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत लगानी सहजीकरण गर्न केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० मन्त्रिपरिषद्को स्वीकृतिपछि अनुमोदनका लागि संसदीय प्रक्रियामा प्रवेश गर्नेछ ।

    त्यस्तै बैठकमा तेस्रो लगानी सम्मेलनमा प्रस्तुत हुने परियोजनाहरूको तयारीका सम्बन्धमा प्राविधिक समितिका संयोजक उद्योग मन्त्रालयका सचिव मुकुन्द निरौलाले प्रस्तुतीकरण गर्नुभएको थियो ।

    बिहिबार, माघ २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते
    दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल छाड्न मा
    ‘गौँथली’को व्यापार साढे १३ करोडमाथि
    सुनकोशी नदीमा कार खस्यो
    निर्मल पुर्जासहित पर्वतारोहीको शव आज क्याम्प-१ मा ल्याउने तयारी
    जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ

    लोकप्रिय

    • १.
      सुनसरी घटना छानबिन टोली विराटनगरमा

    • २.
      चितवनका अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा बन्द, बिरामी

    • ३.
      एमबीएसको प्रश्नपत्र आउट प्रकरणमा थप २ जना

    • ४.
      सिद्धबाबा सुरूङमार्गको ७० प्रतिशत काम सकियो, कात्तिकसम्म

    • ५.
      असारमा तिरिएको भ्याट भदौको बिलमा समायोजन हुने

    • ६.
      स्वास्थ्य सेवामा अवरोध नगर्न आग्रह

    भर्खरै

    • १.
      गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते

    • २.
      दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल छाड्न मा

    • ३.
      ‘गौँथली’को व्यापार साढे १३ करोडमाथि

    • ४.
      सुनकोशी नदीमा कार खस्यो

    • ५.
      निर्मल पुर्जासहित पर्वतारोहीको शव आज क्याम्प-१ मा ल्याउने तयारी

    • ६.
      जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ

    • ७.
      संसद्‌मा सम्बोधन गर्दै प्रचण्ड

    • ८.
      जनकपुर बजार बन्द, गृहमन्त्रीको राजीनामा माग

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation