• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शनिबार, फागुन ०९, २०८२
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

मुख्य याममा सौराहामा पर्यटक घटेपछि व्यवसायी निरास
  • १ दिन 

११ किलाे गाँजासहित त्रिभुवन विमानस्थलबाट ३ भारतीय पक्राउ
  • १ दिन 

निर्वाचन सामग्री र मतपत्र पुग्यो जिल्ला-जिल्लामा, यस्ता छन् आयोगका ‘प्रचार टुल्स’
  • १ दिन 

चुनावको पूर्वसन्ध्यामा मत सर्वेक्षण गर्न पाइँदैन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
  • ३ दिन 

पूर्वराजा ज्ञानेन्द्र शाहको आग्रह – राष्ट्रिय सहमति गरी निर्वाचन गरौँ
  • ३ दिन 

भारतीय राजदूतलाई भेटेर धनगढी पुगे रवि लामिछाने
  • ३ दिन 

अर्घाखाँचीमा पासोमा परेर घाइते भएको चितुवा मर्यो
  • ५ दिन 

आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो
  • ५ दिन 

मतपत्र छपाइ सकियो, १० दिनभित्र सबै जिल्लामा पुर्‍याइने
  • ५ दिन 

लोकप्रिय समाचार

  • १. मतपत्र छपाइ सकियो, १० दिनभित्र सबै जिल्लामा पुर्‍याइने

  • २. चुनावको पूर्वसन्ध्यामा मत सर्वेक्षण गर्न पाइँदैन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

  • ३. अर्घाखाँचीमा पासोमा परेर घाइते भएको चितुवा मर्यो

  • ४. आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

  • ५. भारतीय राजदूतलाई भेटेर धनगढी पुगे रवि लामिछाने

  • ६. पूर्वराजा ज्ञानेन्द्र शाहको आग्रह – राष्ट्रिय सहमति गरी निर्वाचन गरौँ

  • ७. निर्वाचन सामग्री र मतपत्र पुग्यो जिल्ला-जिल्लामा, यस्ता छन् आयोगका ‘प्रचार टुल्स’

  • ८. ११ किलाे गाँजासहित त्रिभुवन विमानस्थलबाट ३ भारतीय पक्राउ

  • ९. मुख्य याममा सौराहामा पर्यटक घटेपछि व्यवसायी निरास

६० हजारभन्दा बढी मुद्दाका फाइल जलेपछि सर्वोच्चले निकाल्यो ३ उपाय

  •   आइतबार, भदौ २९, २०८२ मा प्रकाशित
  • Tata box 1 सर्वोच्च अदालतमा हजारौं मुद्दाको फाइल जलेर खरानी भएपछि अहिले दुइटा प्रश्न उब्जिएको छ — एउटा, टुंगो लागिसकेका पुराना मुद्दाको फाइल फेरि कसरी प्राप्त गर्ने? दोस्रो, सुनुवाइ क्रममा रहेका मुद्दा कसरी अघि बढाउने? जेन–जी आन्दोलनपछि भदौ २४ गते सर्वोच्च अदालतमा आगजनी भएपछि अन्दाजी ६० हजारभन्दा बढी मुद्दाका मिसिल जलेको कर्मचारीहरू अनुमान गर्छन्। तीमध्ये कति पूर्ण रूपमा जलेको वा कति सुरक्षित रहेको यकिन तथ्यांक आइसकेको छैन। यस्तो अवस्थामा जलेका फाइल कसरी प्राप्त गर्ने र सुनुवाइमा रहेका मुद्दा कसरी बढाउने भन्नेमा सर्वोच्चका कर्मचारीहरूले तीन उपाय निकालेका छन् — पहिलो उपाय Laxmi bank सर्वोच्चले सुनुवाइ जारी रहेका मुद्दाका फाइल सेवाग्राही र तिनका वकिलहरूबाट फिर्ता लिने तयारी गरेको छ। हरेक मुद्दाको फाइल अदालत र सम्बन्धित सेवाग्राहीका वकिल दुवै पक्षले राखेको हुन्छ। अदालतमा रहेको फाइल जलेर नष्ट भए पनि सेवाग्राहीका वकिलबाट मगाएर अदालती प्रयोजनमा ल्याउन सकिने सर्वोच्चका कर्मचारी बताउँछन्। यसको निम्ति आइतबार तारेख धाउन आएका सेवाग्राहीसँग कर्मचारीहरूले सबै कागजात फिर्ता ल्याउन भनिरहेका थिए। ‘तपाईंहरूसँग भएका फाइल जे जति छन्, ती फाइल लिएर आउनुस्,’ ती कर्मचारीले तारिख लिन आएकाहरूलाई भनेका छन्। यसबाट कम्तिमा सुनुवाइ भइरहेका २४ हजार मुद्दाका मिसिल प्राप्त गर्न सकिने सर्वोच्चको अनुमान छ। सेवाग्राहीहरू आफैले ल्याएका फाइल फोटोकपी गरी सर्वोच्चमा राख्न सकिन्छ। यसलाई नै ‘डिजिटलाइज’ पनि गर्न सकिन्छ। दोस्रो उपाय सर्वोच्च अदालतले जलेका मुद्दा पुन: प्राप्त गर्न आन्तरिक इमेल प्रयोग गर्दैछ। सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेका अनुसार सर्वोच्चको आन्तरिक इमेलमा पनि थुप्रै मुद्दाका विवरण सेभ छन्। ‘म आफैले कतिपय मुद्दाका मिसिल इमेलमार्फत पठाउने गरेको छु,’ उनले भने, ‘कागजातमा राख्नुभन्दा इमेलमा राखेकाले कतिपय मिसिल सुरक्षित हुनसक्छन्। हेर्न भ्याइएको छैन।’ यसरी नै अन्य कर्मचारीले पनि इमेलमा फाइलहरू राख्न सक्ने भएकाले कतिपय सुरक्षित हुन सक्छन्। तेस्रो उपाय तेस्रो उपायका रूपमा सर्वोच्च अदालतले वकिलहरूसँग सहयोग मागेको छ। यसका लागि सर्वोच्च अदालतले शुक्रबार नेपाल बार एसोसिएसनका प्रतिनिधि तथा अन्य वकिलहरूसँग पनि छलफल गरेको थियो। वकिलहरूसँग पनि मुद्दाका मिसिल वा त्यसको फोटोकपी हुनसक्ने भएकाले पुन: प्राप्तिका लागि सहयोग माग गरिएको थियो। यी तीनैवटा उपायबाट मुद्दाका मिसिल प्राप्त गर्न सर्वोच्च अदालतका कर्मचारी गत बिहीबारदेखि नै व्यवस्थापनको काममा जुटेका छन्। अहिले कतिपय फैसला भइसकेका मुद्दाका मिसिल सर्वोच्च परिसरभित्र रहेको एनेक्स भवनमा छन्। त्यहाँको भवन र फाइलहरू जोगिएका छन्। तर चालू अवस्थामा रहेका फाइल अधिकांश नष्ट भएका छन्। सर्वोच्चले केही समयपछि यसको यकिन तथ्यांक निकाल्ने सूचना अधिकारी पाण्डेले बताए। उनका अनुसार भदौ २२ गतेसम्म २४ हजार २३४ वटा मुद्दा बाँकी छन्। ती मुद्दामध्ये दुई वर्ष नाघेका मात्र ७८ हजार ७६२ वटा मुद्दा छन् भने पाँच वर्ष नाघेका १२०२ वटा मुद्दा छन्। थुनुवासँग सम्बन्धित १ हजार ९०९ वटा र फुटकर निवेदन ५०९ वटा छन्।

    Advertisement

    आइतबार, भदौ २९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुख्य याममा सौराहामा पर्यटक घटेपछि व्यवसायी निरास
    ११ किलाे गाँजासहित त्रिभुवन विमानस्थलबाट ३ भारतीय पक्राउ
    निर्वाचन सामग्री र मतपत्र पुग्यो जिल्ला-जिल्लामा, यस्ता छन् आयोगका ‘प्रचार टुल्स’
    चुनावको पूर्वसन्ध्यामा मत सर्वेक्षण गर्न पाइँदैन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
    पूर्वराजा ज्ञानेन्द्र शाहको आग्रह – राष्ट्रिय सहमति गरी निर्वाचन गरौँ
    भारतीय राजदूतलाई भेटेर धनगढी पुगे रवि लामिछाने

    लोकप्रिय

    • १.
      मतपत्र छपाइ सकियो, १० दिनभित्र सबै जिल्लामा

    • २.
      चुनावको पूर्वसन्ध्यामा मत सर्वेक्षण गर्न पाइँदैन :

    • ३.
      अर्घाखाँचीमा पासोमा परेर घाइते भएको चितुवा मर्यो

    • ४.
      आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

    • ५.
      भारतीय राजदूतलाई भेटेर धनगढी पुगे रवि लामिछाने

    • ६.
      पूर्वराजा ज्ञानेन्द्र शाहको आग्रह – राष्ट्रिय सहमति

    भर्खरै

    • १.
      मुख्य याममा सौराहामा पर्यटक घटेपछि व्यवसायी निरास

    • २.
      ११ किलाे गाँजासहित त्रिभुवन विमानस्थलबाट ३ भारतीय पक्राउ

    • ३.
      निर्वाचन सामग्री र मतपत्र पुग्यो जिल्ला-जिल्लामा, यस्ता छन् आयोगका ‘प्रचार टुल्स’

    • ४.
      चुनावको पूर्वसन्ध्यामा मत सर्वेक्षण गर्न पाइँदैन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

    • ५.
      पूर्वराजा ज्ञानेन्द्र शाहको आग्रह – राष्ट्रिय सहमति गरी निर्वाचन गरौँ

    • ६.
      भारतीय राजदूतलाई भेटेर धनगढी पुगे रवि लामिछाने

    • ७.
      अर्घाखाँचीमा पासोमा परेर घाइते भएको चितुवा मर्यो

    • ८.
      आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation