Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
सोमबार, असार २३, २०८२
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९ स्थानीय तहले ल्याएनन् बजेट!
  • ३ दिन 

‘अनलाइन यौन शोषण र दुर्व्यवहारबारे ८५ प्रतिशत अभिभावकले बालबालिकासँग कुराकानी गर्दैनन्’
  • ३ दिन 

अमेरिकी संसदबाट कर तथा खर्चसम्बन्धी विधेयक पारित
  • ३ दिन 

खुकुरी प्रहार गरी श्रीमतीको हत्या
  • ५ दिन 

आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव नेपाल
  • ६ दिन 

संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने
  • ६ दिन 

गण्डकीका आठ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा
  • ६ दिन 

विकास सहायतालाई पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आव्हान
  • ६ दिन 

दाउन्ने–दुम्कीबास सडकको वैकल्पिक मार्ग पनि अवरुद्ध
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव नेपाल

  • २. विकास सहायतालाई पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आव्हान

  • ३. गण्डकीका आठ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा

  • ४. संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने

  • ५. खुकुरी प्रहार गरी श्रीमतीको हत्या

  • ६. कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९ स्थानीय तहले ल्याएनन् बजेट!

  • ७. अमेरिकी संसदबाट कर तथा खर्चसम्बन्धी विधेयक पारित

  • ८. ‘अनलाइन यौन शोषण र दुर्व्यवहारबारे ८५ प्रतिशत अभिभावकले बालबालिकासँग कुराकानी गर्दैनन्’

सामान्यतया रुघाखोकी आफैँ निको हुन्छ, अनावश्यक औषधिको प्रयोग नर्गन सुझाव


  •   मङ्गलबार, माघ ०९, २०८० मा प्रकाशित
  • रुघाखोकी जाडो मौसममा बढी हुने गर्छ । जाडो मौसममा नै किन रुघाखोकी धेरै हुन्छ भन्दा यो भाइरसबाट हुने रोग हो । भाइरसबाट हुने रोगहरु त्यो भाइरसलाई कुन तापक्रम मन पर्छ त्यस अनुसार निश्चित मौसममा तिनीहरुको फैलावट हुन्छ । अहिले रुघाखोकी भइरहेको भाइरस श्वासप्रश्वास सम्बन्धी भाइरसहरु हुन् । यसमा २० देखि ४०/५० थरी भाइरसहरु होलान् । जुन अहिले फैलिरहेका हुन्छन् । जसको हामी लेखाजोखा पनि गर्दैनौँ । जस्तो राइनो भाइरस, एडिनो भाइरस, विभिन्न थरी कोरोना भाइरसहरु । त्यसमध्ये हामी अहिले डराइरहेको सार्स कोरोना भाइरस–२ र अरु पुराना कोरोना भाइरसहरु तथा श्वास प्रश्वासको इन्फ्लुइन्जा भाइरस भने अलि कडा हुन्छ । आरएसभी भन्ने अर्को भाइरस छ । यस्ता विभिन्न भाइरसहरु फैलिरहेका छन् । यीमध्ये धेरैजसो भाइरसहरु जाडो महिनामा फैलने गर्छन् । यसकारण यी भाइरसहरुले जाडोमा धेरै रुघाखोकी लगाउँछ ।

    Advertisement

    कोरोना भाइरस भने जाडो, गर्मी जुनसुकै समयमा पनि हुनसक्छ । तर, अरु नै कारणले रुघाखोकी लागेको मान्छेले हाच्छ्युँ गर्दा, खोक्दा अरु व्यक्तिलाई कोरोना भाइरस सर्न सक्ने र उसले अरुलाई सार्ने सम्भावना पनि बढी हुन्छ । त्यसकारण कोरोना भाइरस जाडोमै सम्बन्धित नभए पनि यो जाडोको बेला फैलन सक्छ । तर, यो जाडो मौसममा यस्ता भाइरस तथा ब्याक्टेरिया जस्ले रुघाखोकी सार्छन तिनीहरु सक्रिय हुने कारणले पनि पनि रुघाखोकी बढी फैलन्छ ।

     

    रुघाखोकी भन्नाले कसैलाई खोकी लाग्ला, कसैलाई घाँटी दुख्ला, कसैलाई नाक बन्द होला, कसैलाई टाउको दुख्ने, कसैलाई श्वासप्रश्वासमा समस्या होला, कसैको आवाजमा परिवर्तन आउला तर, यी सबैलाई हामी रुघाखोकी भन्छौँ । सामान्यतया माथिल्लो श्वासप्रश्वास प्रणालीको समस्या हो । रुघाखोकीमा सङ्क्रमण बाहेक एलर्जी पनि हुन्छ । वायु प्रदूषणले हुने श्वासप्रश्वास सम्बन्धी समस्यामा पनि उस्तै लक्षण हुन्छ । धेरैजसोमा ज्वरो आउँदैन । तर, घाँटी दुख्ने, सिँगान आउने, नाक बन्द हुने, खोकी लाग्ने जस्ता लक्षण प्रदूषण तथा अरु एलर्जीको कारणले पनि हुनसक्छ । खासगरी जाडोको बेलामा पानी नपर्ने मौसममा काठमाण्डौमा वायु प्रदूषण बढी हुन्छ । वायु प्रदूषण बढी भएका कारण कति मान्छेलाई रुघाखोकीको लक्षण देखिएको हुनसक्छ ।

    रुघाखोकी निको हुन लामो समय लाग्ने भन्ने कुरा चाहिँ अनुमानको आधारमा मात्र भन्नुपर्ने हुन्छ । किनकि अहिले नेपालमा कस्ता भाइरस फैलिएका छन् त्यसको आँकडा छैन । यदि यी यी थरिका भाइरसहरु फैलिरहेका छन् र यो भाइरसको अनुपात यति प्रतिशत छ भन्ने आकडा भएको भए तथ्य पत्ता लाग्थ्यो । निश्चित भाइरसहरुको रिकभरी टाइम अलि बढी हुने हुन्थ्यो र त्यस अनुसार भन्न सकिन्थ्यो ।

    युरोप, अमेरिका, दक्षिण पूर्व एसिया तथा भारतको लहर हेर्दा अहिले कोरोना भाइरसको सङ्क्रमण फैलिरहेको छ । तर, हामीमा त्यस्तो सही परीक्षण गर्ने विधि नभएका कारण पनि यर्थार्थ कारण पत्ता लगाउन सकिँदैन । हामीकहाँ एन्टीजेन परीक्षणको मात्र व्यवस्था छ । एन्टीजेन परीक्षणमा कोरोना भाइरसको लक्षण शुरु भएको ३/४ दिनसम्म नेगेटिभ हुनसक्छ । अनि एक/दुई दिन पोजिटिभ भएर त्यसपछि फेरि नेगेटिभ भइहाल्छ । सही समयमा एन्टीजेन परीक्षण नगर्दा कोरोना भाइरस भएको मान्छेको पनि एन्टीजेन नेगेटिभ नै आउँछ । त्यस्तै, पीसीआरले अलि लामो समयसम्म पोजिटिभ देखाउँछ । तर, पीसीआर सबैतिर उपलब्ध छैन । अर्को कुरा भनेको हामीकहाँ परीक्षण नै कम हुने कारणले कोरोना भाइरस एकदमै कम पत्ता लगाइरहेका छौँ ।

    अस्पतालमा जसरी मान्छेहरु भर्ना भइरहेका छन्, एक्सरेमा जस्तो परिवर्तनहरु देखिन्छ त्यसको आधारमा कोरोना भाइरस हुनुपर्छ भन्ने हामीलाई शङ्का हुन्छ । अनि उपचार पनि त्यसै अनुसार गर्छौँ । यदि समुदायमा कोरोना भाइरस बढी भइरहेको छ भने त्यस्तो मान्छेलाई अलि लामो समय रुघाखोकी लाग्ने, निको हुन पनि बढी समय लाग्ने हुनसक्छ । महामारीको लहर अलि तीव्र भएको बेलामा पनि कति मान्छेलाई ज्वरो त निको भयो । तर, कमजोरी, थकान, रिँगटा लाग्ने, घाँटी दुख्ने, हप्तौँसम्म खोकी लाग्ने भइरहेको पाइयो । कोरोना भाइरसको निको हुने समय अलि बढी हुन्छ । इन्फ्लुएन्जाको पनि निको हुने समय अलि बढी हुन्छ । अलि लामो समयसम्म रुघाखोकी लाग्छ ।

    रोग प्रतिरोधात्मक प्रणाली कमजोर हुँदा धेरै रुघाखोकी

    अर्को चाहिँ रुघाखोकी नै लागिरह्यो भने वा एलर्जीबाट नै भयो भने के हुन्छ भने माथिल्लो श्वासप्रश्वास प्रणालीमा सामान्य रोगहरु लाग्दा रोग प्रतिरोधात्मक प्रणाली कमजोर हुन्छ । रोग प्रतिरोधात्मक प्रणाली कमजोर हुँदा जीवाणु अर्थात् ब्याक्टेरियाहरुले पनि मौका छोप्छन् । यी ब्याक्टेरियाहरुले झनै सङ्क्रमण थप्ने काम गर्छन् । यस्तोमा ज्वरो, रुघाखोकी लागेर शुरुको चार/पाँच दिन सुधार हुनथाल्ने हुन्छ । तर, नौ/दश दिनपछि फेरि ज्वरो आउन थाल्ने, खोकी बढ्ने, सिँगान आउने, टाउको दुख्ने हुन्छ । त्यो भनेको ब्याक्टेरियाको सङ्क्रमणले पिनास हुने, निमोनिया भएर दोस्रो हप्तातिर फेरि लक्षण शुरु हुने हुन्छ । यस्तोमा पनि लामो समयसम्म लक्षण देखिन सक्छ ।

    रुघाखोकी कति समयमा निको हुने भन्ने कुरा के कारणले लाग्यो भन्ने कुरामा भर पर्छ । किनकि रुघाखोकी विभिन्न थरी भाइरस, एलर्जी वा ब्याक्टेरियाको सङ्क्रमणको कारणले पनि हुनसक्छ । कसैको रोगसँग लड्ने क्षमता बलियो छ भने दुई/तीन दिनमा पनि निको हुनसक्छ । कसैलाई सात/आठ दिनदेखि १०/१२ दिनसम्म पनि लाग्न सक्छ । त्यो भनेको १०/१२ दिन ज्वरो आउने होइन एक/दुई दिन मात्र आउला, खोकी पनि बिस्तारै कम होला तर पुरै निको हुन भने दुई/तीन हप्तासम्म पनि लाग्न सक्छ । कसैलाई ब्याक्टेरियाको सङ्क्रमण भयो भने अझ एक/दुई हप्ता थप पनि हुनसक्छ।

    अनावश्यक औषधि नखाने

    यस्तो समस्यामा वा सङ्क्रमणको कुरा गर्दा धेरैजसो भाइरसको रोग आफैँ निको हुन्छ । कोरोना भाइरस पनि आफैँ निको हुन्छ । पटक पटक सङ्क्रमण भएका कारण रोगसँग लड्न सक्ने क्षमता बनिसकेको हुन्छ । तर, यस्तो बेलामा शरीरमा पानीको मात्रा कम हुन नदिनका लागि पानी बढी खाने, ज्वरो पनि आएको छ भने ज्वरोको औषधि खाने गर्नुपर्छ । त्यो भनेको लक्षण अनुसारको औषधि आवश्यक्ता अनुसार खाने गर्नुपर्छ । तर, अनावश्यकरुपमा एन्टीबायोटिक भने खानु हुँदेन । किनकि एन्टीबायोटिकले भाइरसहरु मर्न । त्यस्तै, एलर्जीको पनि उपचार एन्टीबायोटिक होइन । अर्को भनेको आफुबाट अरुलाई नसरोस भन्नका लागि मास्क लगाउने, दूरी कायम गर्ने गर्नुपर्छ ।

    बिरामी भएपछि केही दिन यसै पनि दुःख पाइने हुनाले लाग्नै नदिनका लागि भने भिडमा नजाने, अस्पताल वा यस्तै ठाउँमा जाँदा मास्क लगाउने अनि केही चिज छोएपछि साबुनले हात धुने, स्यानिटाइजरको प्रयोग गर्ने गर्नुपर्छ । घरबाट बाहिर जाँदा सबैले मास्क लगाउने र घरमा आउँदा भने त्यसपछि मास्क खोल्दा पनि हुन्छ । यसो गर्दा बाहिरबाट घरमा सङ्क्रमण लिएर आउने सम्भावना एकदमै कम हुन्छ । यसरी आफू पनि जोगिने र अरुलाई पनि जोगाउन सकिन्छ ।

    (डा. सुवेदीसँगको कुराकानीमा आधारित) 

    • जाडो मौसम
    मङ्गलबार, माघ ०९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गण्डकीका आठ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा
    वायु प्रदूषणले खतराको तह पार गर्‍यो, ‘मर्निङ वाक’ गरेर थप रोग ननिम्त्याऔँः डा.अजित श्रेष्ठ
    माडीको गोबिन्दबस्तिमा निशुल्क वृहत स्वास्थ्य तथा आँखा जाँच शिविर सञ्चालन हुने
    पाठेघरको मुखको क्यान्सर रोकथामका लागि फागुन महिनाभर परीक्षण हुने
    गाजामा बालबालिकालाई पोलियो खोप दिन तत्काल युद्धविराम गर्न इयूको आह्वान
    हालसालै नेपालमा पुष्टि भएकोे कोरोना भाइरसको नयाँ सब भेरियन्ट कडा नभएकाे विज्ञकाे भनाइ

    लोकप्रिय

    • १.
      आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव

    • २.
      विकास सहायतालाई पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आव्हान

    • ३.
      गण्डकीका आठ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा

    • ४.
      संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज

    • ५.
      खुकुरी प्रहार गरी श्रीमतीको हत्या

    • ६.
      कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९

    भर्खरै

    • १.
      कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९ स्थानीय तहले ल्याएनन् बजेट!

    • २.
      ‘अनलाइन यौन शोषण र दुर्व्यवहारबारे ८५ प्रतिशत अभिभावकले बालबालिकासँग कुराकानी गर्दैनन्’

    • ३.
      अमेरिकी संसदबाट कर तथा खर्चसम्बन्धी विधेयक पारित

    • ४.
      खुकुरी प्रहार गरी श्रीमतीको हत्या

    • ५.
      आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव नेपाल

    • ६.
      संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने

    • ७.
      गण्डकीका आठ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा

    • ८.
      विकास सहायतालाई पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आव्हान

    Copyright ©2025 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation