Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
सोमबार, असार ०८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो
  • ८ घण्टा 

बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग सञ्चालन गर्ने सरकारको तयारी
  • ८ घण्टा 

विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
  • ८ घण्टा 

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो
  • १ दिन 

रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
  • १ दिन 

वडा नम्बर ५ को वडा भेला सम्पन्न, स्थानीय विकास तथा जनचासोका विषयमा छलफल
  • १ दिन 

उदयपुरमा स्कुल बस दुर्घटना, ३२ जना घाइते
  • २ दिन 

जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ : मन्त्री रावल
  • २ दिन 

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा
  • २ दिन 

लोकप्रिय समाचार

  • १. रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

  • २. मधेशमा ५ वर्षमा २१ हजारभन्दा बढी सडक दुर्घटना, २७०० बढीको मृत्यु

  • ३. राष्ट्रिय सभाबाट पनि चार अध्यादेश स्वीकृत

  • ४. राहदानी खरिद प्रकरण : अख्तियारले जर्मन कम्पनीका प्रतिनिधिलाई बयानमा बोलायो

  • ५. क्रोएसियाविरुद्ध इंग्ल्याण्ड विजयी, विश्वकपमा ह्यारीको गोल संख्या १० पुग्यो

  • ६. इरान र अमेरिकी राष्ट्रपतिबीच समझदारीपत्रमा हस्ताक्षर

  • ७. अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनिएको भन्दै कांग्रेसले उठायो प्रश्न

  • ८. राष्ट्रिय परिचयपत्र आफैँले डाउनलोड गर्न सकिने

  • ९. मन्त्रीको घरको पेटीमा उखु पेल्नेमाथि बुटवल नगर प्रहरीको ‘दादागिरी’

  • १०. संसद्‍मा जब विपक्षी सांसदले सभामुखको आचरणबारे प्रश्न उठाए…

कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९ स्थानीय तहले ल्याएनन् बजेट!


  •   शुक्रबार, असार २०, २०८२ मा प्रकाशित
  • काठमाडौं : स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा अन्तर–सरकार वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक वर्ष असार १० गतेभित्र आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँसभा/नगरसभामा पेश गर्नुपर्ने व्यवस्था छ।

    Advertisement

    स्थानीय तहले नीति, कार्यक्रम र बजेटसँगै आर्थिक ऐन र विनियोजित ऐनसमेत सभामा पेश गरी असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ। तर,ऐन अनुसार समयसीमा सकिएको १० दिन बितिसक्दा पनि सबै स्थानीय तहहरूले नीति तथा कार्यक्रम र बजेट हालसम्म सार्वजनिक गरि पेस गर्न सकेका छैनन्।

    ठूला स्थानीय तह स्वतन्त्र उम्मेदवार बालेन शाह नेतृत्वको काठमाडौं महानगरपालिका,स्वतन्त्र उम्मेदवार हर्कराज राई(हर्क साम्पाङ) नेतृत्वको धरान उपमहानगरपालिका लगायत स्थानीयहरूले निर्धारित समयमा बजेट ल्याएनन्।​

    साना ठूला  स्थानीय तहहरूले कानुनको धज्जी नै उडाएका छन्। तर,पनि ती स्थानीय तह विवाद सल्टाएर बजेट ल्याउनेतर्फ लागेको देखिँदैन। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवं प्रवक्ता काली प्रसाद पराजुलीका अनुसार हालसम्म ७५३ स्थानीय तहमध्ये ७०४ स्थानीय तहले मात्रै बजेट पेस गरेका छन्। अझै ४९ स्थानीय तहले बजेट पेस नगरेको उनले जानकारी दिए।

    कुन प्रदेशमा कतिले पेस गरे बजेट ?

    संघीय मन्त्रालयको तथ्यांक अनुसार कोशी प्रदेशका १३७ स्थानीय तहमध्ये १३० स्थानीय तहले बजेट पेस गरेका छन्। ७ स्थानीय तहले बजेट पेस गरेका छैनन्।
    मधेश प्रदेशको १३६ स्थानीय तहमध्ये ११४ स्थानीय तहले बजेट पेस गरेका छन्। २२ स्थानीय तहले अझै बजेट पेस गरेका छैनन्।

    यस्तै,बागमती प्रदेशमा रहेको ११९ स्थानीय तहमध्ये १११ स्थानीय तहलेमात्रै बजेट पेस गरेका छन्। ८ स्थानीय तहको बजेट अझै पेस हुन बाँकी छ। गण्डकी प्रदेशको ८५ स्थानीय तहमध्ये ८४ स्थानीय तहको बजेट पेस भएको र अब १ स्थानीय तहको मात्रै पेस हुन बाँकी छ।

    लुम्बिनी प्रदेशको १०९ स्थानीय तहमध्ये १०१ स्थानीय तहले बजेट पेस गरेका छन्। ८ स्थानीय तहको बाँकी छ। कर्णाली प्रदेशको ७९ स्थानीय तहहरूमध्ये  ७७ स्थानीय तहले बजेट पेस गरेको र अब २ स्थानीय तहले बजेट पेस गर्न बाँकी छ। सुदूरपश्चिम प्रदेशमा ८८ स्थानीय तहमध्ये ८७ स्थानीय तहले बजेट पेस गरेका छन्। अब एक स्थानीय तहले बजेट पेस गर्न बाँकी छ।

    पत्राचार गर्दा पनि स्थानीय तहको अटेर

    सङ्घीय मन्त्रालयका सहसचिव एवं प्रवक्ता पराजुलीका अनुसार यी बजेट पेस नगर्ने स्थानीय तहलाई छिटो पेस गर्न पत्राचार गरिएको छ। तर,पनि यी स्थानीय तहहरूले अटेर गर्ने गरेका छन्।

    ‘ऐन,कानुनअनुसार स्थानीय तहहरूले बजेट पेस नगरेपछि ती स्थानीय तहहरूलाई हामीले पत्राचार गरेका छौँ,बारम्बार फोन पनि गरिरहेका छौँ,तर,पेस गरेका छैनन्,’उनले भने।

    किन स्थानीय तहले बजेट पेस गरेनन् ?

    सङ्घीय मन्त्रालयका सहसचिव एवं प्रवक्ता पराजुलीले अधिकांश स्थानीय तहमा विवाद भएको कारण समयमा बजेट पेस हुन नसकेको जानकारी पाएको बताए। उनले भने,‘अधिकांश स्थानीय तहमा विवाद छ,कतै प्रमुख,उपप्रमुख,अध्यक्ष उपाध्यक्षबीच सहमति नमिलेको,कतै प्रमुख प्रशासकीय अधिकृत नभएको भन्दै समयमा बजेट पेश नहुने गरेको जानकारी आएको छ।’

    यी स्थानीय तहहरूमा छिटो विवाद समाधान गरि बजेट पेस गर्न भनिएको उनले बताए। सबैभन्दा चासो र चर्चामा रहेको काठमाडौं महानगरपालिका र धरान उपमहानगरपालिकामै पनि विवाद छ। काठमाडौं महानगरमै लामो समयदेखि ‘काठमाडौं भ्यूटावर’ विवाद छ।

    यही विवादका कारण ६ महिनाभन्दा बढी समयदेखि कार्यपालिका बैठक बस्न सकेको छैन। प्रमुख बालेन साह, उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँबीच भएको त्रिपक्षीय आन्तरिक द्वन्द्व कायमै छ। जसकारण हालसम्म बजेट नै ल्याउन सकेको छैन। धरान उपमहानगरमा यतिखेर ‘श्रमदानको भुक्तानी विवाद’ छ। जसकारण बजेट सार्वजनिक हुन सकेको छैन।

    शुक्रबार, असार २०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो
    बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग सञ्चालन गर्ने सरकारको तयारी
    विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
    ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
    वडा नम्बर ५ को वडा भेला सम्पन्न, स्थानीय विकास तथा जनचासोका विषयमा छलफल

    लोकप्रिय

    • १.
      रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान

    • २.
      मधेशमा ५ वर्षमा २१ हजारभन्दा बढी सडक

    • ३.
      राष्ट्रिय सभाबाट पनि चार अध्यादेश स्वीकृत

    • ४.
      राहदानी खरिद प्रकरण : अख्तियारले जर्मन कम्पनीका

    • ५.
      क्रोएसियाविरुद्ध इंग्ल्याण्ड विजयी, विश्वकपमा ह्यारीको गोल संख्या

    • ६.
      इरान र अमेरिकी राष्ट्रपतिबीच समझदारीपत्रमा हस्ताक्षर

    भर्खरै

    • १.
      राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो

    • २.
      बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग सञ्चालन गर्ने सरकारको तयारी

    • ३.
      विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित

    • ४.
      ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

    • ५.
      रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

    • ६.
      वडा नम्बर ५ को वडा भेला सम्पन्न, स्थानीय विकास तथा जनचासोका विषयमा छलफल

    • ७.
      उदयपुरमा स्कुल बस दुर्घटना, ३२ जना घाइते

    • ८.
      जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ : मन्त्री रावल

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation