Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने
  • ८ घण्टा 

परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना
  • ९ घण्टा 

बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ
  • ९ घण्टा 

पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
  • १ दिन 

कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु
  • १ दिन 

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला
  • १ दिन 

स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
  • ३ दिन 

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
  • ३ दिन 

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. दास किराना पसललाई दुई लाख जरिवाना

  • ३. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

  • ४. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ५. बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

  • ६. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

  • ७. एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

  • ८. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

  • ९. रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

  • १०. सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

‘अनलाइन यौन शोषण र दुर्व्यवहारबारे ८५ प्रतिशत अभिभावकले बालबालिकासँग कुराकानी गर्दैनन्’


  •   शुक्रबार, असार २०, २०८२ मा प्रकाशित
  • काठमाण्डौ – नेपालका ८५ प्रतिशत अभिभावकले बालबालिकासँग अनलाइन यौन शोषण र दुर्व्यवहारबारे कुराकानी नगर्ने गरेका पाइएको छ । अनलाइन बाल सुरक्षाको लागि कार्यरत संस्था चाइल्ड सेफनेटले सार्वजनिक गरेको ‘नेपालमा अनलाइन यौन शोषण र दुर्व्यवहारबाट बालबालिकाको सुरक्षा सुनिश्चित गर्न अभिभावकको भूमिका अभिवृद्धि’ अनुसन्धान प्रतिवेदनले अभिभावक बालबालिकासँग नखुल्ने गरेका देखाएको हो ।

    Advertisement

    प्रतिवेदन राष्ट्रिय बालअधिकार परिषद्की सदस्य–सचिव इन्द्रादेवी ढकाल र चाइल्ड सेफनेटका संस्थापक तथा अध्यक्ष अनिल रघुवंशीले संयुक्त रूपमा सार्वजनिक गर्नुभएको हो । अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै ढकालले प्रविधिको तीव्र विकास र बालबालिकाको बढ्दो अनलाइन पहुँचले उनीहरू अनलाइन हिंसाको जोखिममा परेका बताउनुभयो ।

    सेफ अनलाइन फण्ड र टेक को–अलिशनको सहयोगमा सञ्चालित यो अध्ययनले काठमाण्डौ र ललितपुर जिल्लामा मिश्रित विधि (मिस्ड–मेथोड) प्रयोग गरिएको थियो । जसमा ६ देखि १७ वर्ष उमेरका बालबालिकाका नौ सय जना अभिभावकसँग सर्वेक्षण गरिएको थियो । साथै निर्धारित समूह छलफल (फोकस ग्रूप डिस्कोर्ष) र अभिभावक, बालबालिका, विज्ञहरू तथा सरोकारवालासँग विस्तृत अन्तर्वार्ता (की इन्फोर्म्यान्ट इन्टरभ्यू) गरिएको थियो ।

    अनुसन्धानका प्रमुख अनुसन्धानकर्ता र प्रतिवेदनका मुख्य लेखक अनिल रघुवंशीले यस अध्ययनले अभिभावकहरूले अनलाइन यौन शोषण र दुर्व्यवहारका सन्दर्भमा बालबालिकालाई कसरी सुरक्षित राख्ने गरेका छन् भन्ने बुझाइ, दृष्टिकोण र व्यवहारबारे जानकारी सङ्कलन गरिएको जानकारी दिनुभयो ।

    अध्ययनमा एकल आमाबुवा, अपाङ्गता भएका बालबालिकाका हेरचाहकर्ता जस्ता व्यक्तिहरुका धारणा पनि समावेश गरिएका छन् । रघुवंशीका अनुसार अभिभावकहरुमा अनलाइन जोखिमबारे चिन्ता त देखिन्छ तर धेरैले त्यस्ता जोखिमबाट बालबालिकालाई जोगाउन आवश्यक ज्ञान, जानकारी र सहयोगको अभाव महसुस गरेका छन् ।

    प्रतिवेदनका सह–लेखक तुलसा खड्काले धेरैजसो बालबालिकाले आफ्नै मोबाइल नभए तापनि, उनीहरूले परिवारका सदस्यहरूको मोबाइलबाट इन्टरनेट चलाउने गरेका अनुसन्धानमा देखिएको बताउनुभयाे ।  अध्ययनमा ४५ प्रतिशत बालबालिकाले आफ्नै उपकरण प्रयोग गर्ने गरेको जानकारी अभिभावकहरुले दिएका छन् । साथै, ३४ प्रतिशत बालबालिकासँग आफ्नै सामाजिक सञ्जाल खाता र २९ प्रतिशत बालबालिकाले परिवारका सदस्यहरुका खाताहरू प्रयोग गर्ने गरेको पाइएको छ ।

    अनुसन्धान प्रतिवेदनका अर्का सह–लेखक सुलभ रत्न बज्राचार्यले नेपालका ८५ प्रतिशत अभिभावकहरूले अनलाइन बाल यौन शोषण र दुर्व्यवहारसम्बन्धी विषयमा आफ्ना बच्चासँग कहिल्यै कुराकानी गर्ने नगरेको बताउनुभयाे ।

    त्यसैगरी लैङ्गिक अल्पसङ्ख्यक क्वेयर बालबालिकाले आफ्नै परिवारभित्रबाट समेत घृणा, भेदभाव र दुर्व्यवहार सहनुपर्ने अवस्था रहेको अनुसन्धानले देखाएको छ । अनुसन्धान प्रतिवेदनमा अभिभावकहरूद्वारा सुझाइएका डिजिटल सुरक्षासम्बन्धी शिक्षा तथा प्राविधिक समाधानका उपायहरु पनि समेटेका छन् । अध्ययनका अनुसार ७३ प्रतिशत अभिभावकहरूले अहिलेसम्म कुनै पनि अभिभावकीय संयन्त्र प्रयोग नगरेको पाइएको छ ।

    कार्यक्रममा अभिभावकीय शिक्षा प्रशिक्षक डिसु भण्डारी मानन्धर र बाल शल्य चिकित्सक डा. नृपेश राजभण्डीरीले बालबालिकालाई अनलाइन यौन शोषण र दुर्व्यवहारबाट सुरक्षित राख्न अभिभावकहरुको भूमिकाबारे रोचक र उत्प्रेरक फायरसाईड च्याट संवाद गर्नुभएकाे थियाे

    शुक्रबार, असार २०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने
    परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना
    बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ
    पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
    कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु
    चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ३.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई

    • ४.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ५.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री

    • ६.
      अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

    भर्खरै

    • १.
      नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने

    • २.
      परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना

    • ३.
      बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ

    • ४.
      पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना

    • ५.
      कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु

    • ६.
      चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

    • ७.
      स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

    • ८.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation