Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने
  • ७ घण्टा 

परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना
  • ८ घण्टा 

बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ
  • ८ घण्टा 

पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
  • १ दिन 

कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु
  • १ दिन 

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला
  • १ दिन 

स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
  • ३ दिन 

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
  • ३ दिन 

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. दास किराना पसललाई दुई लाख जरिवाना

  • ३. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

  • ४. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ५. बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

  • ६. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

  • ७. एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

  • ८. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

  • ९. रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

  • १०. सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

भारत–पाकिस्तान तनाव : नेपाल अझै बाेलेन

  •   बिहिबार, बैशाख २५, २०८२ मा प्रकाशित
  • भारतले पाकिस्तानी भूमिमा आक्रमण गरेपछि बढिरहेको तनावमा विश्व समुदायले प्रतिक्रिया दिइरहे पनि खुला सीमा भएको नेपालले अझै आधिकारिक धारणा सार्वजनिक भएको छैन ।

    Advertisement

    हिजो गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा राष्ट्रिय सुरक्षा समिति र प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसे पनि आधिकारिक धारणा भने अझै सार्वजनिक नभएको हो ।

    राष्ट्रिय सुरक्षा समितिले सीमा क्षेत्र र विमानस्थलहरूमा सुरक्षा सतर्कता अपनाउने निर्णय गरेकाे छ । राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा भारत–पाकिस्तानबीच भएको घटनाक्रमबाट नेपालमा पर्नसक्ने विविध सुरक्षा चुनौती तथा असरहरूको सम्बन्धमा समीक्षा गरेको रक्षा मन्त्रालयका सचिव एवम् परिषद्का सदस्य–सचिव रामेश्वर दङ्गालले जानकारी दिनुभएको छ । तर आक्रमणबारे नेपालले मुख नखोलेको हो ।

    नेपाल सार्कको अध्यक्ष राष्ट्रसमेत भए पनि सार्कका दुई सदस्यबीचको तनावमा बोलेको छैन । भारतले पाकिस्तानमा आक्रमण गरेको विषयमा दलहरूबीच मत बाझिएको छ ।

    नेपाली कांग्रेसले भारतको समर्थन गर्नुपर्ने कुरा गरेको छ । आज प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस सांसद रामहरि खतिवडाले भारतले अहिले आतङ्कवादविरुद्ध लडाइँ लडिरहेको भन्दै आतङ्कवादविरुद्धको लडाइँमा नेपालले साथ दिनुपर्ने बताउनुभयो । यस्तै कांग्रेस प्रवक्ता प्रकाशशरण महतले पनि कूटनीतिक भाषामा मात्र नभई भारतको कमदप्रति समर्थन झल्कने गरी सरकारी धारणा आउनुपर्ने बताउनुहुन्छ ।

    तर सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले भने भारतको समर्थन नगरी युद्ध नचर्काउन दुवै पक्षलाई अनुरोध गर्नुपर्ने बताएको छ । एमालेको परराष्ट्र मामिला विभागका प्रमुखसमेत रहेका पूर्वपरराष्ट्रमन्त्री रघुवीर महासेठले बीबीसीसँग कुरा गर्दै पाकिस्तानमाथि आक्रमण गर्ने भारतीय कदमको समर्थन गर्न नसकिने बताउनुभयो ।

    यस्तै संसद्को तेस्रो ठूलो दल नेकपा माओवादीभित्र भने मत बाझिएको छ । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले सामाजिक सञ्जालमा लेख्दै पहलगामको आक्रमण कसले गरेको हाे भन्ने निश्चित नभई पाकिस्तानमाथि आक्रमण गर्नु न्यायोचित नहुने बताउनुभएको छ । यस्तै सामाजिक सञ्जालमै लेख्दै उपमहासचिव जनार्दन शर्माले भने आतङ्कवादविरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य हो भन्दै भारतले गरेको आक्रमणको समर्थन गर्नुभएको छ ।

    बिहिबार, बैशाख २५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने
    परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना
    बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ
    पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
    कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु
    चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ३.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई

    • ४.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ५.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री

    • ६.
      अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

    भर्खरै

    • १.
      नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने

    • २.
      परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना

    • ३.
      बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ

    • ४.
      पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना

    • ५.
      कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु

    • ६.
      चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

    • ७.
      स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

    • ८.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation