Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
सोमबार, असार २३, २०८२
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९ स्थानीय तहले ल्याएनन् बजेट!
  • ३ दिन 

‘अनलाइन यौन शोषण र दुर्व्यवहारबारे ८५ प्रतिशत अभिभावकले बालबालिकासँग कुराकानी गर्दैनन्’
  • ३ दिन 

अमेरिकी संसदबाट कर तथा खर्चसम्बन्धी विधेयक पारित
  • ३ दिन 

खुकुरी प्रहार गरी श्रीमतीको हत्या
  • ६ दिन 

आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव नेपाल
  • ६ दिन 

संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने
  • ६ दिन 

गण्डकीका आठ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा
  • ६ दिन 

विकास सहायतालाई पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आव्हान
  • ६ दिन 

दाउन्ने–दुम्कीबास सडकको वैकल्पिक मार्ग पनि अवरुद्ध
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव नेपाल

  • २. विकास सहायतालाई पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आव्हान

  • ३. संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने

  • ४. खुकुरी प्रहार गरी श्रीमतीको हत्या

  • ५. गण्डकीका आठ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा

  • ६. कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९ स्थानीय तहले ल्याएनन् बजेट!

  • ७. अमेरिकी संसदबाट कर तथा खर्चसम्बन्धी विधेयक पारित

  • ८. ‘अनलाइन यौन शोषण र दुर्व्यवहारबारे ८५ प्रतिशत अभिभावकले बालबालिकासँग कुराकानी गर्दैनन्’

बझाङ र जाजरकोटको भूकम्प हेर्दा २०७२ को भूकम्पबाट केही पाठ नसिकेको जस्तो देखियो


  •   मङ्गलबार, माघ ०२, २०८० मा प्रकाशित
  • हामीले पश्चिम नेपालमा जुन महाभूकम्पको जोखिमको कुरा गरिरहेका छौँ, त्यसलाई अहिले गएको भूकम्पले कम गर्दैन भन्ने कुरा अहिलेसम्मको अध्ययनले देखाएको छ । तर, हाम्रो विडम्बना हो कि हामीले यति सानो भूकम्पले नै यति ठूलो क्षति बेहोर्नु परेको छ । हामी अप्ठेरो अवस्थामा छौँ । पोहोरदेखि नै आएका साना–साना मझौला भूकम्पले नै धेरै ठूलो क्षति गरेको छ । यसको अर्थ यो होइन कि हामीले यही भूकम्पका वा यस्तै बझाङ, डोटी वा जाजरकोटमा आएको भूकम्पको जोखिमको कुरा गरेको हो । अहिलेसम्म अध्ययनले देखाएको जोखिम भनेको ठूलो महाभूकम्प जानसक्ने सम्भावना हो । त्यसको अगाडि अहिले गएका भूकम्पहरु धेरै साना भूकम्पहरु हुन् । जसले त्यहाँ भइरहेको विद्यमान नेपाल–हिमालयमा जहाँ भूकम्पीय जोखिम छ त्यसलाई कम गर्दैन ।

    Advertisement

    नेपाल–हिमालय वा हिमालयमा भूकम्प जाने भनेको कारण चाहिँ हिमालय बन्ने प्रक्रिया अर्थात् दक्षिणमा रहेको इण्डियन प्लेट उत्तरमा रहेको युरेसियन प्लेटमुनि छिर्ने क्रममा हिमालय क्षेत्रमा शक्ति सञ्चित हुन्छ । दुई वटा प्लेट, एउटा प्लेटको मुनि अर्को प्लेट सरिरहेको अवस्थामा शक्ति सञ्चित हुन्छ । के कारणले हुन्छ भन्दा हिमालयले वा माथि भएको प्लेटले इण्डियन प्लेट भित्र छिर्दा अवरोध पुर्याउँछ । त्यो अवरोधले गर्दा इण्डियन प्लेट माथि सर्ने र माथि भएको युरेसियन प्लेट अर्थात् हिमालयले त्यसलाई छिर्न नदिने जसले गर्दा यो ठाउँमा शक्ति सञ्चित हुने वा तनाव सृजना हुने हुन्छ । जसलाई हामी भूकम्पीय शक्ति भन्छौँ । त्यस्तो शक्ति धेरै भएर कालान्तरमा त्यो शक्ति भूकम्पबाट मात्र बाहिर निस्कन्छ । त्यो शक्ति भूकम्पले मात्र बाहिर ल्याउँछ भन्ने अहिलेसम्मको अध्ययनले देखाएको छ । यसले गर्दा इण्डियन प्लेट र युरेसियन प्लेटको जुधाइ भएको ठाउँमा हामी छौँ । जुन जुधाइको कारणले शक्ति सञ्चित भइरहेको छ । त्यो सञ्चित भइरहेको शक्ति अहिलेसम्मको अध्ययनले ठूला भूकम्प जाँदाखेरि मात्र त्यो शक्ति क्षिण हुन्छ । र त्यो शक्ति सञ्चित हुने प्रक्रिया फेरि शुरु हुन्छ भन्ने कुरा अहिलेसम्मको अध्ययनले देखाएको छ । यसले गर्दा संसारमा भएका उच्च भूकम्पीय जोखिम क्षेत्रमध्येको एकमा हामी छौँ ।

    हामीले के बिर्सनु हुँदैन भने हामी नेपालमा जति भूकम्प गयो भन्छौँ एकै ठाउँमा त्यसरी ठूलाठूला भूकम्पहरु नियमित अन्तरालमा वा छोटो समयमा आएको होइन भन्ने हामीले सम्झिन जरुरी छ । किनकि १९९० सालमा गएको भूकम्प पूर्वमा गएको हो भने २०७२ सालमा गएको भूकम्प १९९० सालमा भूकम्प गएको ठाउँमा गएको होइन । अथवा त्यो ठाउँमा भएको सञ्चित शक्तिले गएको होइन भन्ने कुरा हामीले बुझ्नुपर्छ । १९९० सालमा गएको भूकम्पभन्दा पूर्वपट्टिको भागमा २०७२ सालमा गएको गोरखा भूकम्प हो । यसले गर्दा अर्को ठाउँमा भएको सञ्चित शक्तिले गोरखा भूकम्प गएको भन्ने कुरा हामीले बुझ्नुपर्ने भयो ।

    पश्चिममा सञ्चित शक्ति बराबरको भूकम्प गएको छैन 

    १९९० सालको भूकम्पको कुरा गर्दा त्यही ठाउँमा पहिले त्यत्रो ठूलो महाभूकम्प सन् १२५५ अर्थात विसं १३१२ मा आएको थियो । जुन बेला काठमाण्डौका राजा अभय मल्लको निधन भएको थियो । साढे छ सय वर्षभन्दा अगाडि ठूलो भूकम्प गएको त्यही ठाउँमा १९९० सालमा भूकम्प गएको हो । त्यसकारण २०७२ सालमा गएको त्यही ठाउँमा गएको होइन । १९९० सालमा भूकम्प गएको ठाउँमा फेरि शक्ति सञ्चित हुने क्रम जारी छ ।

    त्यसैगरी पश्चिमको कुरा गर्दा सन् १५०५ सबैभन्दा पछिल्लो पटक महाभूकम्प गएको भन्ने अहिलेसम्मको अध्ययनले देखाएको छ । त्योभन्दा पछि ठूलो भूकम्प जुन अवस्थामा अथवा जति शक्ति त्यहाँ सञ्चित छ त्यो शक्ति बराबरको भूकम्प अहिलेसम्म त्यहाँ गएको छैन । बझाङ, डोटी अथवा जाजरकोटमा गएको जस्ता ठूला भूकम्प गयो भने यो भूकम्पलाई हामीले कसरी बुझ्नुपर्छ त भन्दा त्यो भूकम्पले कति शक्ति लाने हो र त्यहाँ भूकम्प कति जान्छ भन्ने नबुझेसम्म साना भूकम्पलाई पनि यस्तो भूकम्प गयो अब शक्ति गयो होला भनेर गलतरुपमा बुझ्नुहुन्न । त्यसले गर्दा ठूलो भूकम्प जाने शक्ति त्यहाँ जम्मा भएको हो । त्यो बराबरको शक्ति साना भूकम्पले नजाने हुँदा भूकम्पीय जोखिम कायम रहन्छ ।

    हाम्रो विडम्बना नै भन्नुपर्यो अहिलेको जाजरकोटको भूकम्प वा डोटी बझाङ जस्ता ६ दशमलव ४ वा ६ दशमलव ६ का यति सानो भूकम्प जाँदा पनि मानवीय क्षति र ठूलो भौतिक क्षति बेहाेर्नु परेको छ । बझाङ र जाजरकोट भूकम्पको अवलोकन गर्ने क्रममा हामी कुन अवस्थामा छौँ भन्ने देखियो । २०७२ सालको भूकम्पले पनि ठूलो भूकम्प जाँदा हाम्रो तयारीदेखि धेरै कुराको उजागर गरेको थियो । त्योभन्दा पनि दयनीय अवस्था पश्चिम नेपालमा रहेछ भन्ने कुरा अवलोकनका क्रममा देखियो । डोटी, बझाङ र जाजरकोट भूकम्पले जुन क्षति गर्यो त्यो कल्पनाभन्दा टाढाको कुरा हो ।

    अझै पनि नसिकेको पाठ

    हामी महाभूकम्पको अवस्थामा बसिरहेको, त्यसको तयारीमा बसिरहेको, त्यस्ता भूकम्पको क्षति कसरी कम गर्ने भन्ने अवस्थामा रहेको बेला पश्चिम नेपालको भूकम्पले हाम्रो अवस्थाको बारेमा चित्रण गरिदिएको छ । २०७२ सालको भूकम्पले अनुभव दिएर बसेको अवस्थामा यति सानो भूकम्पले हाम्रो ठूलो धनजनको क्षति भयो । जाजरकोटमा ठूलो मानवीय र भौतिक क्षति भयो । बझाङमा मानवीय क्षति कम भए पनि भौतिक क्षति त्यहाँ पनि जाजरकोटको भन्दा कम भने छैन । यसरी हेर्दा हामीले भूकम्पीय जोखिम छ भन्ने थाहा पाउँदा पाउँदै पनि क्षति न्यूनीकरण गर्नका लागि हामीले अहिलेसम्म गरेका कार्यहरु त्यो ठाउँमा पटक्कै पुगेको छैन । र, अर्को भूकम्प जाँदा यो भन्दा धेरै भयावह अवस्थामा हुन्छौँ भन्ने कुरा जाजरकोट र बझाङको क्षति हेर्ने हो भने कल्पनाभन्दा बाहिरको हुन्छ ।

    त्यहाँका पुराना ३०/४० वर्ष अघि बनेका भवनहरु क्षति हुनुलाई चेतना थिएन, थाहा थिएन भनेर बुझ्न सक्छौँ । तर, त्यहाँ भने यसै वर्ष बनेका, अघिल्लो वर्ष बनेका र अहिले बन्दै गरेका भवनहरुलाई पनि हेर्ने हो भने त्यहाँका नागरिकलाई भूकम्प जान्छ भन्ने नै थाहा छैन । त्यहाँ ठूलो भूकम्प जान्छ अनि त्यसको जोखिम कम गर्नुपर्छ र त्यसै अनुसार संरचना बनाउनु पर्छ भन्ने नागरिकलाई थाहा भएको पाइएन । हामीले भूकम्प सम्बन्धी यति गर्यौँ र चेतना पुर्यायौँ भन्ने लागे पनि २०७२ सालपछि पनि हामीले नागरिकसम्म त्यो कुरा पुर्याउन सकेका छैनौँ र अवस्था दयनीय छ भन्ने देखिन्छ ।

    हामी सबैलाई थाहा छ, भन्ने पनि गर्छौँ भूकम्पले जनको क्षति नगरे पनि भौतिक संरचना भने भूकम्पले नै क्षति बनाउने हो । मानवीय क्षति भने भौतिक संरचनाले गर्दा नै हुने हो । यसकारण कत्ति ढिलो नगरि हामीले बनाउने संरचना भूकम्प प्रतिरोधी र जोखिम कम हुने गरी बनाउनु पर्ने व्यवस्था सुनिश्चित गर्नु नै सबैभन्दा ठूलो चुनौती छ । कम्तीमा दूरदराजका गाउँमा थाहा नहोला तर, सदरमूकाम जस्ता ठाउँहरुमा पनि भवन आचारसंहिता प्रयोग भएको छैन । बझाङ तथा जाजरकोटमा त्यो देखिएन । अहिले भइसकेको व्यवस्थालाई लागू गर्नुपर्ने टड्कारो अवस्था छ । बझाङ तथा जाजरकोटको भूकम्पलाई हेर्दा उद्धार कार्य तत्काल प्रभावकारीरुपमा भएको पाइयो । राहत र पुनःनिर्माणको काम भने हामीलाई कुनै पनि अनुभव नभएको देखिएको छ । ती ठाउँहरुमा हेर्दा २०७२ को भूकम्पबाट केही पाठ नसिकेको जस्तो देखिएको छ ।

    (राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूगर्भविद् अधिकारीसँगको कुराकानीमा आधारित)

    मङ्गलबार, माघ ०२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९ स्थानीय तहले ल्याएनन् बजेट!
    ‘अनलाइन यौन शोषण र दुर्व्यवहारबारे ८५ प्रतिशत अभिभावकले बालबालिकासँग कुराकानी गर्दैनन्’
    अमेरिकी संसदबाट कर तथा खर्चसम्बन्धी विधेयक पारित
    खुकुरी प्रहार गरी श्रीमतीको हत्या
    आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव नेपाल
    संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने

    लोकप्रिय

    • १.
      आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव

    • २.
      विकास सहायतालाई पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आव्हान

    • ३.
      गण्डकीका आठ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा

    • ४.
      संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज

    • ५.
      खुकुरी प्रहार गरी श्रीमतीको हत्या

    • ६.
      कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९

    भर्खरै

    • १.
      कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९ स्थानीय तहले ल्याएनन् बजेट!

    • २.
      ‘अनलाइन यौन शोषण र दुर्व्यवहारबारे ८५ प्रतिशत अभिभावकले बालबालिकासँग कुराकानी गर्दैनन्’

    • ३.
      अमेरिकी संसदबाट कर तथा खर्चसम्बन्धी विधेयक पारित

    • ४.
      खुकुरी प्रहार गरी श्रीमतीको हत्या

    • ५.
      आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव नेपाल

    • ६.
      संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने

    • ७.
      गण्डकीका आठ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा

    • ८.
      विकास सहायतालाई पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आव्हान

    Copyright ©2025 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation