माडी नगरपालिकाको आयोजना तथा जीवन विज्ञान प्रतिष्ठानको सहकार्यमा आज (वुधबार) पुर्ण स्वास्थ्यका लागि स्वजागरण कार्यक्रम हाेटल प्याराडाइजकाे सभाहलमा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रशिक्षक एवं मुख्य प्रवचक भानु गुरूदेव रहनुभएकाे थियाे । गुरूदेवले मानसिक स्वास्थ्य, उर्जाशिल जीवन जिउने तरिका, सकरात्मक साेच र सफल जीवन जिउने तरिका र याेग, ध्यान लगायतकाे विषयमा प्रशिक्षण दिनुभएकाे थियाे ।
Advertisement