Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
बुधबार, साउन २०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

जनताका आशा–अपेक्षा फेरि टुट्न थालेः विप्लव
  • १० घण्टा 

इन्जिनियरिङ प्रवेश परीक्षामा विराटनगरका मनन श्रेष्ठ बने नेपाल प्रथम
  • ११ घण्टा 

विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह
  • ११ घण्टा 

धनुषामा सम्बन्धविच्छेदका घटना बढे
  • १२ घण्टा 

पर्सामा २०७ किलो गाँजासहित एक जना पक्राउ
  • १३ घण्टा 

नेपालमा ६० हजार एनजीओ र २५० आईएनजीओ
  • १३ घण्टा 

हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद
  • १३ घण्टा 

फरार प्रतिवादी पक्राउ
  • १३ घण्टा 

गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते
  • २ दिन 

लोकप्रिय समाचार

  • १. फिर्केखोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता

  • २. विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह

  • ३. फरार प्रतिवादी पक्राउ

  • ४. सांसद थापाको प्रश्नः ‘नागरिकको मृत्युमा सरकार किन मौन ?’

  • ५. जनकपुर बजार बन्द, गृहमन्त्रीको राजीनामा माग

  • ६. संसद्‌मा सम्बोधन गर्दै प्रचण्ड

  • ७. जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ

  • ८. दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल छाड्न मा

  • ९. हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद

  • १०. नेपालमा ६० हजार एनजीओ र २५० आईएनजीओ

स्वार्थ बाझिने गरी क्यानको महाप्रबन्धक नियुक्ति भएको भन्दै असन्तुष्टि


  •   बुधबार, पुष २५, २०८० मा प्रकाशित
  • नेपाल क्रिकेट संघ (क्यान) को महाप्रबन्धक नियुक्ति गलत प्रक्रियाबाट भएको भन्दै असन्तुष्ट पक्षले आरोप लगाएको छ।

    Advertisement

    असन्तुष्ट पक्षका नवराज कोइरालाले बुधवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै यस्तो आरोप लगाएका हुन्। कोइराला पनि सो नियुक्त प्रक्रियाका क्रममा प्रतिष्पर्धीका रूपमा सहभागी थिए। तर सो पदमा नियुक्ति गर्दा ‘कन्फ्लिक्ट अफ इस्ट्रेस्ट’ (स्वार्थ बाझिने किसिम) बाट भएको आरोप कोइरालाले लगाए।

    महाप्रबन्धक छनोट समितिमा क्यानका अध्यक्ष चन्द, सचिव पारस खड्का, कोषाध्यक्ष पदम खड्का तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोखरेल थिए। उक्त नियुक्ति ७२ घण्टाभित्र नसच्याए क्यान र क्यान सचिव पारस खड्काविरुद्ध सर्वोच्च अदालत जाने धम्की कोइरालाले दिए।

    असन्तुष्ट कोइरालाले ‘बलियो नेपाल’मा रहेका सदस्यले नै नियुक्ति पाउँदा उनलाई छनोट गर्ने व्यक्तिमध्ये दुईजना नै सोही संस्थाको सदस्य रहेको दावी गरेका छन्।

    क्यानका सचिव पारस खड्का, पोखरेल दुवै बलियो नेपालको संस्थापक रहेको र त्यही संस्थामा आबद्ध व्यक्तिलाई नै महाप्रबन्धकमा छनोट गरिएको उनको आरोप छ।

    क्यानले सोमवार उत्सव ढुंगानालाई महाप्रबन्धक नियुक्त गरेको थियो। कोइरालाले सो संस्थामा काम गरेको यसअघि नै सार्वजनिक भइरहेको थियो। बलियो नेपालको सहकार्यमा पारसले नै बलियो कप क्रिकेट गर्दै आएका थिए।

    कोइरालाले महाप्रबन्धक छनोट प्रक्रिया नै शंकास्पद रहेको दावी पनि गरेका छन्। उनले शनिवारको दिन सरकारी संस्था क्यानको महाप्रबन्धक पदको अन्तरवार्ता लाजिम्पाटको होटलमा किन? क्यानको कार्यालय छैन? कार्यालय खुल्ने दिन किन नलिएको? लगायत प्रश्न गरेका छन्।

    उनले महाप्रबन्धकका लागि लिखितमा सोधेका प्रश्नको स्तर सामान्य कर्मचारीलाई सोधे जस्तो र जुन प्रश्नबाट महाप्रबन्धक कसरी छनोट हुन्छ भन्दै प्रश्न गरे।

    कुल ६१ आवेदनबाट सूची तयार गरी अन्तरवार्ता लिएर क्यानले ढुंगानालाई नियुक्त गरेको थियो। ६ महिनाअघि जनरल म्यानेजर वृत्तान्त खनालले राजीनामा दिएपछि सो पद रिक्त रहँदै आएको थियो।

    क्यानले महाप्रबन्धकका लागि दोस्रो पटक आवेदन मागेको थियो। क्यानमा नयाँ नेतृत्व आएसँगै पुरानो प्रक्रियाबाट छनोट भएकालाई रद्द गरेको थियो।

    तर विवादमा परेपछि पुरानोसहित कुल ६८ जनाले महाप्रबन्धकका लागि आवेदन दिएका थिए। तीमध्ये शर्ट लिस्टमा १४ जना परेका थिए र अन्तरवार्तामा क्यानले ७ जनालाई बोलाएको थियो।

    बुधबार, पुष २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनताका आशा–अपेक्षा फेरि टुट्न थालेः विप्लव
    इन्जिनियरिङ प्रवेश परीक्षामा विराटनगरका मनन श्रेष्ठ बने नेपाल प्रथम
    विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह
    धनुषामा सम्बन्धविच्छेदका घटना बढे
    पर्सामा २०७ किलो गाँजासहित एक जना पक्राउ
    नेपालमा ६० हजार एनजीओ र २५० आईएनजीओ

    लोकप्रिय

    • १.
      फिर्केखोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता

    • २.
      विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा

    • ३.
      फरार प्रतिवादी पक्राउ

    • ४.
      सांसद थापाको प्रश्नः ‘नागरिकको मृत्युमा सरकार किन

    • ५.
      जनकपुर बजार बन्द, गृहमन्त्रीको राजीनामा माग

    • ६.
      संसद्‌मा सम्बोधन गर्दै प्रचण्ड

    भर्खरै

    • १.
      जनताका आशा–अपेक्षा फेरि टुट्न थालेः विप्लव

    • २.
      इन्जिनियरिङ प्रवेश परीक्षामा विराटनगरका मनन श्रेष्ठ बने नेपाल प्रथम

    • ३.
      विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह

    • ४.
      धनुषामा सम्बन्धविच्छेदका घटना बढे

    • ५.
      पर्सामा २०७ किलो गाँजासहित एक जना पक्राउ

    • ६.
      नेपालमा ६० हजार एनजीओ र २५० आईएनजीओ

    • ७.
      हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद

    • ८.
      फरार प्रतिवादी पक्राउ

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation