Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शुक्रबार, असार २०, २०८२
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९ स्थानीय तहले ल्याएनन् बजेट!
  • १४ घण्टा 

‘अनलाइन यौन शोषण र दुर्व्यवहारबारे ८५ प्रतिशत अभिभावकले बालबालिकासँग कुराकानी गर्दैनन्’
  • १४ घण्टा 

अमेरिकी संसदबाट कर तथा खर्चसम्बन्धी विधेयक पारित
  • १४ घण्टा 

खुकुरी प्रहार गरी श्रीमतीको हत्या
  • ३ दिन 

आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव नेपाल
  • ३ दिन 

संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने
  • ३ दिन 

गण्डकीका आठ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा
  • ३ दिन 

विकास सहायतालाई पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आव्हान
  • ३ दिन 

दाउन्ने–दुम्कीबास सडकको वैकल्पिक मार्ग पनि अवरुद्ध
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव नेपाल

  • २. विकास सहायतालाई पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आव्हान

  • ३. गण्डकीका आठ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा

  • ४. संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने

  • ५. खुकुरी प्रहार गरी श्रीमतीको हत्या

  • ६. खुकुरी प्रहार गरी श्रीमतीको हत्या

आजको राशिफल 


  •   बिहिबार, मङि्सर १३, २०८१ मा प्रकाशित
  • २०८१ मंसिर १३ गते, बिहीवार, २८ नाेभेम्बर २०२४। मार्ग कृष्णपक्ष त्रयाेदशी तिथि। चित्रा नक्षत्र, ८ः१९ बजेपछि स्वाती। चन्द्रराशि तुला।

    मेष – Aries

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    समय लागे पनि काम बन्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। प्रियजनसँगको सान्निध्यले दिन रमाइलो रहनेछ। अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ। भौतिक साधन जुट्नेछन्। व्यापारमा आम्दानी बढाउन सकिनेछ।

    Advertisement

    वृष – Taurus

    इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

    स्रोतसाधन जुट्नाले मेहनतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने नयाँ काम प्रारम्भ हुनेछ। रोकिएका काम बन्नाले नयाँ काम गर्न सकिनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ।

    मिथुन – Gemini

    का, कि, कु, घ, ङ, छ, के, को, ह

    समयलाई पछ्याउन नसक्दा दुःख पाइनेछ। भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। पेटको खराबीले स्वास्थ्य कमजोर रहला। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि विचार पुर्याउनुहोला।

    कर्कट – Cancer

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ। बेसुरमा बोल्ने बानीले गोपनीयता भंग हुन सक्छ। विशेष योजना सार्वजनिक नगर्नुहोला। काम बिग्रने डरले सताउनेछ। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ। प्रगतिमा ईर्ष्या गर्नेहरूले पनि अवरोध पुर्याउन सक्छन्। नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला।

    सिंह – Leo

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    हिम्मत गर्दा काम बन्नेछ। लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। छोटो समयमा उपलब्धि हातलागी हुनेछ। स्रोत-साधन जुट्नाले कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ।

    कन्या – Virgo

    टो, प, पि, पु, ष, ण, ठ, पे, पो

    बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ। आत्तिने बानीले काम बिग्रनुका साथै हातमा आएको मौका गुमाउनुपर्ला। अध्ययनमा त्यति समय दिन नसकिएला। स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। विचार सम्प्रेषण गर्न केही समय पर्खनु बुद्धिमानी हुनेछ।

    तुला – Libra

    र, रि, रु, रे, रो, ता, ति, तु, ते

    चुनौतीपूर्ण कामको दायित्व लिनाले अलि दु:ख पाइनेछ। सम्भावना देखिए पनि न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला। अरूको फाइदाका लागि उपयोग भइएला। साथीभाइ टाढिनेछन् र काम बिग्रने डरले सताइरहनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। महत्त्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला।

    वृश्चिक – Scorpio

    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    समयमा होसियार बन्न नसक्दा खर्च बढ्नेछ। आकस्मिक समस्याले अर्थ अभाव देखापर्न सक्छ। आवश्यक परेका बेला शुभचिन्तकसमेत टाढा हुनेछन्। बेलैमा होस नपुर्याउँदा केही चुनौती झेल्नुपर्ला। समयको प्रतिकूलताले काम बिग्रन सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउला। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्।

    धनु – Sagittarius

    ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

    परिश्रम परे पनि कम प्रतिफल प्राप्त हुनेछ। मुस्किलले काम बने पनि उठ्नुपर्ने रकम अड्किन सक्छ। नियमित काम तथा व्यवसायमा सामान्य फाइदा भइरहनेछ। सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ। पछिका लागि लगानी गर्न सकिनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ।

    मकर – Capricorn

    भो, ज, जि, खि, खु, खे, खो, गा, गि

    तारिफयोग्य काम गर्दै अरूको उपकार गर्न सकिनेछ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। व्यापार बढ्नेछ। कृषि, पशुपालन तथा पेसा–व्यवसायमा लाभ हुनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुनेछ।

    कुम्भ – Aquarius

    गु, गे, गो, सा, सि, सु, से, सो, द

    आफ्ना कमजोरी बाहिरिनाले समस्या पर्ला। सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। नियमित कामलाई निरन्तरता दिन सकिनेछ। जीवनशैली व्यस्त रहनेछ र उपलब्धिहीन काममा समय बित्न सक्छ। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला। नयाँ योजनातर्फ लगानीमा जोखिम बढ्नेछ। अवसर प्राप्त भए पनि आफ्नैले काम बिगार्न सक्छन्।

    मीन – Pisces

    दि, दु, थ, झ, ञ, दे, दो, च, चि

    प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। सामान्य कामकै लागि दौडधुप गर्नुपर्नेछ। तापनि चुनौतीभित्र अवसर खोज्ने समय छ। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। समस्या दर्साउँदा सहयोगीहरूको साथ पाइनेछ। स्वास्थ्य कमजाेर रहनेछ, आहारविहारमा सजग रहनुहोला।

    बिहिबार, मङि्सर १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९ स्थानीय तहले ल्याएनन् बजेट!
    ‘अनलाइन यौन शोषण र दुर्व्यवहारबारे ८५ प्रतिशत अभिभावकले बालबालिकासँग कुराकानी गर्दैनन्’
    अमेरिकी संसदबाट कर तथा खर्चसम्बन्धी विधेयक पारित
    खुकुरी प्रहार गरी श्रीमतीको हत्या
    आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव नेपाल
    संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने

    लोकप्रिय

    • १.
      आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव

    • २.
      विकास सहायतालाई पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आव्हान

    • ३.
      कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९

    • ४.
      गण्डकीका आठ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा

    • ५.
      संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज

    • ६.
      खुकुरी प्रहार गरी श्रीमतीको हत्या

    भर्खरै

    • १.
      कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९ स्थानीय तहले ल्याएनन् बजेट!

    • २.
      ‘अनलाइन यौन शोषण र दुर्व्यवहारबारे ८५ प्रतिशत अभिभावकले बालबालिकासँग कुराकानी गर्दैनन्’

    • ३.
      अमेरिकी संसदबाट कर तथा खर्चसम्बन्धी विधेयक पारित

    • ४.
      खुकुरी प्रहार गरी श्रीमतीको हत्या

    • ५.
      आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव नेपाल

    • ६.
      संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने

    • ७.
      गण्डकीका आठ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा

    • ८.
      विकास सहायतालाई पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आव्हान

    Copyright ©2025 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation